स्थानीय तह
सुन्दरहरैंचाका लागि नमुना युवा संसदले ल्यायो १ अर्ब ६ करोडको बजेट
विराटचोकः अहिले देशभरका स्थानीय तहहरु बजेट निर्माणको क्रममा छन् । स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीले आगामी आर्थिक वर्षको बजेटमा समेट्ने विषय र विनियोजन गरिने बजेटको आकारको विषयमा ध्यान केन्द्रित गरिरहँदा सुन्दरहरैंचा नगरपालिकामा भने नमुना युवा संसद अभ्यासका सहभागीले बजेट प्रस्तुत गरेका छन् ।
जेठ ३० गतेदेखि शुरु संसद अभ्यासको अन्तिम दिन असार १ गते सुन्दरहरैंचा नगरपालिकाकी नमुना युवा उपप्रमुख सञ्जु भण्डारीले १ अर्ब ६ करोड २ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । उनले बजेट प्रस्तुत गरिरहँदा तथा सहभागी अन्य नमूना युवा नगरसभाका सदस्यले गरेको प्रस्तुति देखेर कार्यक्रमका प्रमुख अतिथि मुसुमुसु हाँसिरहेका देखिन्थे । बजेट भाषणको क्रममा राम्रा विषय उठान हुँदा उनीहरु संसदमा जस्तै ताली बजाउँथे ।
नमूना युवा संसद अभ्यास कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोशी प्रदेश सभाका सदस्य ज्ञानेन्द्र सुवेदीले सहभागीले राम्रो प्रस्तुति दिएको टिप्पणी गरे ।
सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईँले युवा नेतृत्वको विकास गर्न यस्ता कार्यक्रम सहायक हुने बताए । यो नमुना युवा संसद अभ्यासमा पाएको ज्ञानलाई निखार्दै व्यवहारमा उतार्न कार्यक्रमका सहभागीले ध्यान दिनुपर्ने उनको भनाइ थियो । परिणाममुखी यस्ता कार्यक्रमको निरन्तरताको लागि नगरपालिका सदैव लाग्ने उनले प्रतिबद्धता जनाए ।
नेकपा एमाले सुन्दरहरैंचा नगर अध्यक्ष मातृका ढकालले कार्यपालिका सदस्य र प्रदेश तथा संघीय सांसदले नमूना युवा संसदबाट धेरै कुरा सिक्न सक्ने बताए ।
नमूना युवा संसद अभ्यासका सहभागीले बजेट प्रस्तुत गर्नुका साथै अन्य विभिन्न विधेयक प्रस्तुत गरेका थिए भने ती विधेयक र बजेटमाथि छलफल गरी सर्वसम्मत पारित गरेका थिए ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login