Connect with us
Advertisement

सुन्दरहरैँचा नगरपालिकाद्वारा विद्यार्थी, शिक्षक, कर्मचारीलगायतलाई सम्मान

Published

on

विराटचोकः लोपोन्मुख किसान जातिको डाँटा नृत्य प्रस्तुत गरी राष्ट्रिय लोक नृत्य प्रतियोगितामा प्रथम भएको विद्यालयलाई सुन्दरहरैंचा नगरपालिकाले सम्मान गरेको छ । राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधी जित्न सफल मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० मा रहेको सिद्धार्थ सेकेण्डरी स्कुललाई सुन्दरहरैँचा नगरपालिकाको बाह्रौ नगरसभाको अवसरमा सम्मान गरिएको हो ।

प्रतियोगिताको प्रमुख अतिथि भएर गत भदौमा पोखरा पुगेका नगर प्रमुख केदारप्रसाद गुरागाईले सुन्दरहरैंचाको विद्यालय प्रथम भएमा २ लाख नगदसहित सम्मान गर्ने घोषणा गरेका थिए । आइतबार नगरसभाको अवसर पारेर विद्यालयलाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो । सो अवसरमा नृत्यमा सहभागी भएका १६ जना विद्यार्थीले सोे नृत्य समेत प्रस्तुत गरेका थिए ।

नगरसभामा नगरप्रमुख गुरागाई, उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले सो विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

विद्यालयको सो नृत्य नगरस्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम, जिल्लास्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम, प्रदेश नं. १ स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा प्रथम हुँदै पोखरामा भएको प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगितामा भाग लिएको थियो । सो प्रतियोगितामा पनि सो नृत्य पहिलो भएको थियो ।

यस्तै, नगरसभाको अवसरमा विभिन्न पदकबाट कर्मचारीलाई समेत सम्मान गरिएको थियो । दीर्घ सेवा पदकबाट स्वास्थ्य शाखा प्रमुख मचिन्द्र बस्नेत, सामुदायिक विद्यालयतर्फ उत्कृष्ट भएको शिक्षा निकेतन माविका प्रधानाध्यापक ठाकुर सुवेदी, नगर अस्पतालमा कार्यरत नर्सिङ स्टाफ ममता सुवेदी, प्राविधिक कर्मचारी सुनिल तिम्सिना, वडा नम्बर ३ राजस्व शाखामा कार्यरत कर्मचारी तिलक खनाल, वडा नम्बर ९ की कार्यालय सहयोगी एलिसा बोहोरा थापा, वडा नम्बर ५ की वडा सचिव लक्ष्मी भट्टराईलाई सम्मान गरिएको थियो ।

यस्तै सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने वडा नम्बर ४ लाई पनि सम्मान गरिने बताइएको छ । नगरसभाको दोस्रो बैठक असार १५ गते बस्ने भएको छ । सो बैठकमा वडा नम्बर ४ लाई बढी कर सङ्कलन गर्ने वडाको रुपमा सम्मान गरिने भएको हो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading

Banner

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

Published

on

विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

Continue Reading

Banner

सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी

Published

on

नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।

ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।

सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।

नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक