Connect with us
Advertisement

को हुन् आदिवासी जनजाति

Published

on

नेपाली बृहत शब्दकोषका अनुसार वंश परम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मानिसको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टिने वा चिनिने जातीय समूह अथवा वर्गलाई जाति भनिन्छ । यस्ता जातजातिले आ आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतः यस्ता जातजातिको छुट्टै भाषा, वेशभूषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न सयौं प्रकारका जातजातिहरूको बसोबास भएको छ । त्यसैले नेपाली समाजलाई बहुलभाषी समाजको रूपमा चिनिन्छ ।

आफ्नो पुर्खाको भूमि भएका र त्यस भूमिलाई आक्रमण गरी कब्जा गर्नुभन्दा पहिलेसम्म आफ्नो ऐतिहासिक निरन्तरता भएका, आफ्नै विशिष्ट संस्कृति भएका, आफ्नो अलग्गै भाषा भएका जातिलाई आदिवासी भन्ने गरिन्छ । आदिवासी जनजातिको जीवनशैली पहिलापहिला प्राकृतिक स्रोत साधनमै निर्भर रहेको थियोे । प्राकृतिक स्रोत र साधनमाथिको अधिकार त आदिवासी जनजातिको पहिलेदेखिकै हो ।

आदिम कालदेखि त्यही ठाउँमा बसेर त्यही ठाउँबाट हाल उनीहरु आधुनिक समाजको निर्माण गरिरहेका छन् । सृष्टिकालदेखि नै उनीहरुको गाँस, बास, कपास, औषधिमूलो लगायत सबै प्रकारको सेवा सुविधाहरु प्राकृतिक स्रोत साधनबाट लिने गरेको हुँदा उनीहरुको प्राकृतिक स्रोतसँग घनिष्ठ सम्बन्ध रहेको छ । पछिल्लो समयमा प्राकृतिक स्रोत साधन निजीकरण भइरहेको अवस्थामा आदिवासी जनजातिलाई अप्ठ्यारो परेको छ ।

नेपालको सन्दर्भमा सबै जनजाति आदिवासीको परिभाषाभित्र पर्दछन् तर सबै आदिवासीहरू जनजाति होइनन् । नेपालमा जनजाति शब्दलाई भ्रम र अन्योलको रुपमा व्याख्या गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको शब्दकोषमा जनजातिको परिभाषा यसरी दिइएको छ, ‘जंगल फाँडेर खनी खोस्री खाने आफ्नै रीतिरिवाज भएका, धर्मसंस्कृति भएका, निश्चित क्षेत्रमा बसोबास गर्ने मानिस’ भनेर जनाइएको छ । नेपाल सरकारले हाल ५९ जातिलाई जनजातिको सूचीमा राखेको छ । जनजाति अदिवासीहरुले आफ्नो संस्कार, संस्कृति, भाषा, भेषलाई अहिले सम्म जोगाइरहेका छन् ।

मूलतः जसको आफ्नो विशिष्ट पहिचान, सस्कृति, धर्म, भाषा र परम्परागत जीवन पद्दति छ । त्यही समुदायलाई आदिवासी जनजातिको पहिचानले चिन्न सकिन्छ । आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ ।’ आदिवासी जनजातिका विशेषताहरूलाई निम्न बुँदामा बुझ्न सकिन्छ ।

१. जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ ।
२. जसको परम्परागत भाषा, धर्म, रीतिरिवाज र संस्कृति छ ।
३. जसको परम्परागत सामाजिक संरचना समानतामा आधारित छ ।
४. जसको आफ्नो परम्परागत भौगोलिक क्षेत्र छ ।
५. जसको आफ्नो लिखित वा अलिखित इतिहास छ ।

साथै अन्तर्राष्ट्रिय कानुनका अनुसार पनि आइएलओ महासन्धि नं. १६९ को धारा १ को उपधारा १ मा आदिवासीलाई पहिचान गर्न ३ वटा समय अवस्थालाई आधार मानिएको छ ।

पहिलो अवस्था भनेको जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरु बसोबास गरिरहेका छन्, त्यो मुलुक या भौगोलिक क्षेत्रलाई अरुले विजयी गर्दाको समयमा या सो समय पूर्वदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ ।

दोस्रो अवस्था भनेको जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरु बसोबास गरिरहेका छन्, त्यो मुलुक या भौगोलिक क्षेत्र औपनिवेशीकरण भएको बेला या सो बेलाभन्दा अघिदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ ।

तेस्रो अवस्था भनेको वर्तमान राज्यको सिमाना निर्माण हुँदाको समय या सो समय पूर्वदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ ।

आदिवासीहरुले वर्षौंदेखि तिनको पहिचान, जीवनशैली र ती बसोबास गर्दै आएको परम्परागत जमिन, भूगोल र प्राकृतिक स्रोतमाथिको दाबीलाई अरू मानिसले पनि स्वीकारून् भन्ने चाहेका छन्  । तर, इतिहास हेर्ने हो भने तिनको अधिकार सधैँ हनन् भएको देखिन्छ । आज आदिवासी सम्भवतः विश्वका जोखिमपूर्ण समुदाय हुन्  । अहिले आएर विश्व समुदायले तिनको अधिकार, विशिष्ट संस्कृति र जीवनशैलीलाई संरक्षण गर्न विशेष कदम चाल्नुपर्ने आवश्यकता पनि महसुस गरेका छन्  ।

प्रत्येक वर्षको ९ अगष्टमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघले सन् १९९४ मा विश्व आदिवासी दिवस मनाउने घोषण गरेपछि संसारभरमा आदिवासी जनजातिले यो दिवस मनाउँदै आएका छन् । विश्वका ९० देशमा बसोवास गर्ने आदिवासी झन्डै ३७ करोडको हाराहारीमा रहेको अनुमान छ । पृथ्वीमा बोलिने कुल ७ हजार भाषामध्ये आदिवासीले नै धेरै भाषाहरु बोल्ने गर्दछन् साथै तिनले पाँच हजार विभिन्न सभ्यताको पनि प्रतिबिम्बित गर्ने गर्दछन् ।

खतरामा रहेका बहुसंख्यक भाषा आदिवासी जनताले नै बोल्ने गर्दछन् । एक अध्यानका अनुसार, प्रत्येक दुई महिनामा एउटा आदिवासी भाषा लोप भइरहेको छ  । यसरी भाषा लोप हुँदै गर्दा त्यससँग जोडिएको आदिवासी संस्कृति र ज्ञान प्रणाली जोखिममा पर्छ ।

यही कारणले यो अन्तर्राष्ट्रिय दिवसको लक्ष्य नै आदिवासी भाषाको डरलाग्दो रूपमा भइरहेको विनाशप्रति ध्यानाकर्षण गराउनु हो साथै उनीहरुको प्राकृतिप्रतिको घनिष्ठ सम्बन्धलाई जोगाइराखी बढ्दै गएको वातावरण प्रदूषण कम गरी स्वच्छ एवम् शान्त पृथ्वी बनाइराख्नु पनि हो । साथमा यसको संरक्षण, पुनः ताजगी, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा यस्ता कुराको प्रबद्र्धनप्रति ध्यान तान्नु पनि यसको अर्को उद्देश्यको रुपमा देखिन्छ  ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एकैपटक १५ वटा मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक

Published

on

सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गरेकाे छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।

वैशाखमा बसेका ९ र जेठमा बसेका ६ गरी १५ वटा बैठककाे निर्णय एकैपटक सार्वजनिक भएकाे हाे ।

पछिल्लो निर्णयअनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनोट प्रक्रिया रद्द गरेको छ । गएको जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनोट प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ ।

सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरेको छ । समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा. रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ ।

Continue Reading

Banner

आज बजेट पारित गरिँदै,

Published

on

प्रतिनिधिसभा बैठकले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्दैछ ।

त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ ।

सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हिजोदेखि विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।

यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयक माथि छलफल हुनेछ ।

Continue Reading

Banner

रास्वपा महाधिवेशन : सभापतिका लागि ५१ हजार, केन्द्रीय सदस्यमा उठ्न २१ हजार रुपैयाँ

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधि र उम्मेदवारहरूका लागि शुल्क निर्धारण गरेको छ । पार्टीका अनुसार प्रतिप्रतिनिधि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यस्तै पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारले समान शुल्क ४१ हजार रुपैयाँ बुझाउनुपर्छ । केन्द्रीय सदस्यहरूका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ ।

रास्वपाको विधान अनुसार उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री हुने व्यवस्था छ । यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता एक/एक जना र सहप्रवक्ता ३ जना मनोनीत गर्ने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २२ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । सात प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन् ।

रास्वपाले आउँदो सोमवारदेखि बुधवारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ । रास्वपाको  निर्वाचन आयोगका अनुसार प्रतिनिधिको सङ्ख्या झन्डै ३ हजार जना रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक