Connect with us
Advertisement

देउसीमा सङ्कलित रकम जनगायकका छोराको उपचारमा

Published

on

इटहरीः गीतको माध्यमबाट राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएका जनगायक जीवन शर्माका छोरा अमृत आचार्यको उपचारका लागि इटहरीका युवाले ३० हजार सहयोग गरेका छन् ।

उनको उपचारमा रकम अपुग भएको समाचार सार्वजनिक भएकाले देउसी खेली सो रकम उपलब्ध गराएको देउसीमा सहभागी सुनिल कार्कीले बताए ।

साहित्यकार जीबी गजलका अनुसार शर्माका अर्का छोरा अर्जुन आचार्यको ग्लोबल आईएमई बैंकको खाता नम्बर ०१०७०१००४६७८७ मा कात्तिक १७ गते रकम जम्मा गरिएको हो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आचार्यको घाँटीको जटिल समस्याको उपचार भइरहेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

क्यान्सर पीडित उमा खड्कालाई एनआरएनए बहराइनद्वारा आर्थिक सहयोग

Published

on

सुन्दरहरैँचा, मोरङ — एनआरएनए बहराइनको पहलमा क्यान्सर पीडित तथा विगतमा बहराइनमा बसोबास गर्दै आउनु भएकी उमा खड्कालाई आर्थिक सहयोग प्रदान गरिएको छ।

शनिबार  सुन्दरहरैँचा नगरपालिका–१२ स्थित उहाँकै निवासमा आयोजित एक कार्यक्रमबीच  रु १०१,४६०  (एक लाख एक हजार चार सय साठी रुपैयाँ)  उक्त सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा कुल  बराबरको रकम सहयोगस्वरूप प्रदान गरिएको जानकारी दिइएको छ।

सहयोग रकम एनआरएनए बहराइनकी महिला संयोजक सरु लामा गुरुङको हातबाट हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाअध्यक्ष रोशन प्रसाद ढकाल, पत्रकार ज्ञाननाथ ढकाल लगायत स्थानीय बासिन्दा र परिवारजनको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले मानवीय सहयोग अभियानमा योगदान पुर्‍याउने सम्पूर्ण दाताहरू तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन्। साथै, क्यान्सरसँग संघर्षरत उमा खड्काको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

Continue Reading

Banner

सुन्दरहरैँचामा बैशाख १ देखि अन्तर्राष्ट्रिय धार्मिक महोत्सव

Published

on

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर सेवा आश्रममा नयाँ वर्षसँगै बैशाख १ गतेदेखि ७ गतेसम्म अन्तर्राष्ट्रिय धार्मिक महोत्सव आयोजना हुने भएको छ।

आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार मन्दिर स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा “स्वर्ण महोत्सव”का रूपमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिनेछ।

श्रीकृष्ण प्रणामी संरक्षण सेवा समितिको आयोजनामा हुने श्रीमद्भागवत पाठ पारायण तथा श्रीकृष्णकथा साप्ताहिक ज्ञान महायज्ञका निर्देशक समितिका संयोजक रामप्रसाद गजुरेलका अनुसार महोत्सवमा देश–विदेशबाट हजारौँ भक्तजन, सन्त–महात्मा, धर्माचार्य तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

महोत्सवमा १०८ श्रीमत तारतम सागर पाठ पारायण, वाणी चर्चा, श्रीमद्भागवत कृष्णकथा ज्ञान महायज्ञ, सन्त सम्मेलन लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछन्।

महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम रहेको छ। महोत्सव अवधिभर दैनिक पूजापाठ, योग, ध्यान, चिन्तन, भजन–कीर्तन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्।

पत्रकार सम्मेलनमा मन्दिर संरक्षण सेवा समितिका अध्यक्ष कृष्णप्रसाद वास्तोला, कार्यक्रम निर्देशक रामप्रसाद गजुरेल, सुन्दरहरैँचा नगरपालिकाका पूर्व नगर प्रमुख शिवप्रसाद ढकाल, सन्त महाराज मोहनानन्द शास्त्रीलगायतले महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

महोत्सव सञ्चालनका लागि करिब २ करोड १३ लाख रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ। साथै, महोत्सवमार्फत संस्कृत शिक्षा सञ्चालन गर्न गुरुकुल निर्माण गर्ने दीर्घकालीन लक्ष्यसमेत राखिएको प्रचारप्रसार संयोजक शरण भट्टराईले जानकारी दिए।

पत्रकार सम्मेलनको सञ्चालन मूल समारोह समितिका महासचिव युवराज पौडेलले गरेका थिए।

महायज्ञमा भागवत कथावाचन नौतनपुर धामका विख्यात कथाकार स्वामी लक्ष्मणदेवजी महाराजले गर्नेछन्। साथै, नौतनपुरी धामका जगतगुरु कृष्णमणिजी महाराज, महामंगलापुरी धाम सुरताका गादिपति सूर्यनारायण दासजी महाराज, पद्मावातिपुरी धामका परमहंस सदानन्दजी महाराजलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्त, विद्वान तथा धर्माचार्यहरूको उपस्थिति रहने जनाइएको छ।

Continue Reading

Banner

कानूनविपरीत लिइएको भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

Published

on

शिक्षा मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क र निर्देशिकाले तोकेको बाहेक अन्य शुल्क फिर्ता गराउन सबै पालिकाहरुलाई निर्देशन दिएको हो ।

नयाँ शैक्षिक सत्र अगावै विद्यार्थी भर्ना नगर्न सर्वाेच्च अदालतले दिएको आदेशको कार्यान्वयन गराउन पनि मन्त्रालयले भनेको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति निकालेर शैक्षिकसत्र शुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन तथा शुल्क मापदण्ड विपरीत शुल्क नलिने व्यवस्था मिलाउन र गैह्रकानुनीरुपमा लिइएको पाइए शुल्क फिर्ता नगर्ने विद्यालयलाई कारवाही हुन सक्नेतर्फ समेत सचेत गराएको छ ।

सर्वाेच्च अदालतको गएको शुक्रबारको आदेशको उल्लङ्घन गरी शैक्षिकसत्र अगावै विद्यार्थी भर्ना गर्ने कार्य पनि दण्डनीय हुनेतर्फ मन्त्रालयले सचेत गराएको छ  ।

आउँदो वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु हुँदैछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक