Banner
बार्सिलोना फाइनलमा
साबिक विजेता बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ।
गएराति भएको सेमिफाइनलमा बार्साले ओसासुनालाई दुई–शून्य गोलले पराजित गरेको हो। साउदी अरेबियाको रियादमा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पोसेसनमा दबाब बनाए पनि बार्साले ब्रेक अघि ओसासुनाविरुद्ध डेडलक तोड्न सकेन।
छैटौँ मिनेटमा बार्साका आन्द्रियस क्रिस्टेन्सनले गरेको प्रहार अरेराले बचाए। आठौँ मिनेटमा फरान टोरेसको गरेको प्रहारले पनि पोस्टको दिशा लिएन। ओसासुनाका आन्ते बुदिमिरले सुनौलो मौका गुमाएका थिए। बार्सा गोलकिपर इनाकी पेनाले त्यति धेरै चुनौतीको सामना गर्नु परेन। ५९ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सालाई अग्रता दिलाए।
इन्जुरी समयमा लमिल यामनले गोल गरेपछि बार्सा सेमिफाइनलमा दुई–शून्यको जित हात पार्दै उपाधि नजिक पुग्यो। आगामी सोमबार राति हुने फाइनलमा बार्सा र रियाल मड्रिड आमने सामने हुनेछन्।
रियालले सेमिफाइनलमा सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई पराजित गरेको थियो। गत सिजन बार्साले रियाललाई तीन एक गोलले हराउँदै १४ औँ पटक स्पेनिस सुपर कपको उपाधि जितेको थियो।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login