Banner
वर्षदिनको कमाइ बाटोमै लुटियो
दैलेख दुल्लुका रेशम खत्री एक वर्षअघि कामको खोजीमा भारत पसेका थिए । भारतको उत्तराखण्डमा काम गर्ने ३९ वर्षीय खत्री माघी मनाउन घर फर्किरहेका बेला वर्षभरिको सबै कमाइ बाटोमै लुटिएको छ ।
अल्मोडामा ज्यालादारीको काम गर्ने उनी शनिबार त्यहाँबाट हिँडेका थिए । हल्द्वानीबाट बनबासासम्म आउने बस खोजी गर्दा ४/५ जना आएर लुटपाट गरेर भागेको उनले बताए । १ लाख २० हजार भारु, दुई वटा मोबाइल र घरका लागि ल्याएका लुगाफाटो लुटेर लगेको उनले सनाए ।
‘बसले बसपार्क भन्दा अलि परै छाडिदियो, हिंडेर आउँदा चार/पाँच जनाले घेरेर कुटपिट गर्न थाले,’ उनले भने, ‘जे जे छ सबै देउ भने, पैसा, मोबाइल र नयाँ कपडा सबै लगेर भागे ।’
हल्द्वानी बसपार्कमा अलपत्र परेर बसेका बेला जिल्लाकै बासिन्दा भेटिएपछि बनबासासम्मको टिकट दिएको खत्रीले बताए । सीमावर्ती बजार बनबासाबाट पैदल हिँडेर आइतबार दिउँसो गड्डाचौकी पुगेका उनलाई नागरिक सहायता कक्षले घरसम्म पुग्ने व्यवस्था गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको सहायता कक्षले लुटिएर वा विभिन्न कारणले अलपत्र परेकालाई घरसम्म पुर्याउने व्यवस्थापन गर्दै आएको छ । खत्री सुरुमा उत्तराखण्डको बागेश्वरमा काम गर्थे । खानीबाट बाटोसम्म चुनढुंगाको बोरा बोक्नुपर्ने काम थियो । दिनमा ६ सय भारु ज्याला पाउँथे ।
भदौ अन्तिमतिर पहिरोमा पुरिएर एक कामदारको मृत्यु भएपछि काम बन्द भयो । बागेश्वरबाट काम खोज्दै खत्री अल्मोडा पुगे । त्यहाँ घरनिर्माणका लागि गिट्टीबालुवा बोक्ने काम गर्न थाले । अल्मोडामा पनि ६ सय नै ज्याला पाउँथे । शनिबार माघीका लागि घर आउने क्रममा वर्षभरिको कमाइसँगै साथीभाइले घरका लागि पठाएको रकमसमेत लुटिएको उनले बताए ।
खत्रीको गाउँमा सामान्य किराना पसल पनि छ । अल्मोडामा रहेका गाउँले किरानाको उधारो समेत दिएका थिए । काम गरेको ज्याला र पसलको असुली सबै लुटिएको उनले बताए । भारतमा ज्यालादारी गरेर घर फर्किने नेपाली कामदारलाई बाटोमै नशालु पदार्थ खुवाइ बेहोस बनाएर वा कुटपिट गरेर डराइ धम्काइ लुटपाट गर्ने गरिएको छ ।
अहिले पनि सातामा दुई/तीन जनासम्म लुटिएर अलपत्र परेकाहरू आउने गरेको नागरिक सहायता कक्षका नासु दानसिंह बोहराले बताए । उनका अनुसार अलपत्र परेर आएकालाई सहायता कक्षाले घरसम्म यातायात खर्च दिएर पठाउने गरेको छ ।
(kantipur)
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login