Banner
देशविदेशमा फैलँदै ‘माघी’
थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यस वर्ष पनि काठमाडौंमा विशेष रूपमा मनाइने भएको छ। तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौं उपत्यकावासीलाई पनि तान्दैछ। विगतमा जस्तै यस वर्ष पनि थारू अगुवाले टुँडिखेलमा थारू राष्ट्रिय माघ (माघी) महोत्सव–२०८० आयोजना गरेका छन्।
विशेष गरी थारू समुदायले मनाउने यो पर्वमा पछिल्लो समय जातजाति पनि आकर्षित भएको पाइन्छ। माघी पर्वमा पाक्ने परिकार र थारू पहिरनप्रति संस्कृतिप्रेमी पनि आकर्षित भएका छन्। माघीमा विशेषतः ढिक्री, घोंगी, माछा र गँगटा जस्ता परिकार खाने चलन छ।
यस वर्ष माघी पर्व यही पुस २९ र आगामी माघ १ गते मनाउन लागिएको थारू कल्याणकारीसभाका महामन्त्री प्रेमीलाल चौधरीले बताए। सो कार्यक्रमको उदघाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरेको जानकारी दिए।
टुँडिखेलमा माघीका अवसरमा खानाको स्टल करिब ११५ कक्ष रहेको महामन्त्री चौधरीले बताए। ‘सोमबार बिहान वसन्तपुरबाट झाँकी र्याली सुरु भइ टुँडिखेल आउनेछ। महोत्सवमा मेची–महाकालीको थारूको नाचगान प्रस्तुति रहने छ,’ उनले भने।
सरकारले २०६३ सालदेखि माघीलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिने निर्णय सकारात्मक भएको महामन्त्री चौधरीले बताए। उनले भने, ‘विसं २०५९ देखि २०६२ सालसम्म थारूलाई मात्र बिदा दिने गरिएकोमा २०६३ सालबाट राष्ट्रिय पर्वका रुपमै मनाउने गरिएको हो।’
लेखक तथा पत्रकार कृष्ण सर्वाहारी माघीका अवसरमा बरघर (गाउँको मुखिया) छान्ने प्रचलनलाई काठमाडौंमा पनि लागू गर्नुपर्ने धारणा राख्छन्। उनले भने, ‘माघी पर्वका अवसरमा बरघर छान्ने प्रचलनलाई काठमाडौंमा पनि आफ्नो गाउँघरका लागि के योगदान गर्न सकिन्छ भन्नेमा छलफल हुन जरुरी छ।’ उनले थारूका मुख्य परिकारहरु ढिक्री, घोँघी, महुवाको जाँडजस्ता परिकारलाई प्रवर्द्धन आवश्यक भएको पनि बताए।
पूर्वमन्त्री गोपाल दहितले २०५९ सालदेखि काठमाडौंका थारूलाई लक्षित गरी माघी पर्व महोत्सव गर्न लागिएको जानकारी दिए। उनले माघीमा ‘मघौटा नाच’ नाच्ने र चिसो मौसमबाट बच्न सकिने खानेकुरा खाने गरेको बताए। पहिले गाउँघरमा मात्रै सीमित माघी पर्व अहिले सहर हुँदै विदेशमा समेत पुगेकोमा उनले खुसी व्यक्त गरे।
पछिल्लो समय अमेरिका, अष्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, कतारजस्ता देशमा पनि त्यहाँ रहेका थारूले माघी पर्व मनाउन थालेको पूर्वमन्त्री दहितको भनाइ छ। उनले भने, ‘पहिला थारूहरूले घोंगी खान लाज मान्थे तर अहिले काठमाडौंको हरेक होटलमा घोंगी परिकार राखिएको हुन्छ, यो सबैभन्दा धेरै बेचिने परिकार बनेको छ, यसको मुख्य कारण माघी महोत्सवको आयोजना नै हो।’
तराईमा बस्ने थारूहरूले पौष्टिक खानाका रूपमा प्रयोग गर्दै आएको गँगटो, माछा, घोंगीजस्ता परिकार अहिले लोकप्रिय भएको दहितले बताए। उनले खाना मात्रै नभइ थारूका पहिरनको लोकप्रियता बढेको बताए।
काठमाडौंमा थारुहरुको बसोबास बढ्न थालेसँगै खुल्ला मञ्च हुँदै टुँडिखेलमा माघी पर्व मनाउन थालिएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका पदाधिकारी सीताराम थारूको भनाइ छ। उनका अनुसार पहिले एक महिनासम्म माघी मनाउने गरिएकोमा पछिल्लो समय पुस २९ र माघ १ गते मात्रै मनाउने गरिएको छ।
कसरी मनाइन्छ माघी ?
अधिकांश थारू कृषि पेसामा आबद्ध भएका र उनीहरू पहिले माघ महिनामा बाली भित्राउने गर्थे। माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो। जसका कारण थारू समुदायले प्रमुख चाडका रूपमा मनाउँदै आएको माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको छ। थारू समुदायले माघी माघ महिनाभर मनाउँछन्।
शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ।
थारू समुदायमा पुसको अन्तिम दिन गाउँभरिका मानिस मिलेर सुँगुर काट्ने चलन छ। त्यस दिनलाई ‘जिता मरना दिन’ भनिन्छ। पुस मसान्तमा सुँगुरको मासु, ढिक्री, रोटी, माछा आदि परिकार तयार गरिन्छ। त्यस रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ। विशेषगरी यस पर्वमा छोक्रा नाच (मघौटा नाच) र ढुमरु गाउने गरिन्छ।
माघीको दिन बिहानै भाले बासेको पहिलो प्रहरमा सम्पूर्ण गाउँका मानिस सामूहिक रूपमा नदीमा नुहाउन जान्छन् र घरमा आएर आ–आफ्ना दिदीबहिनीलाई उपहार दिने गर्छन्। जसलाई ‘निसराउ’ भनिन्छ।
त्यसपछि गाउँभरि ढोगसलाम गर्छन्, आशीर्वाद थाप्छन् र नाचगान गर्दै रमाउँछन्। यस पर्वमा उनीहरू वर्षभरिका सुखदुःखका कुरा साटासाट गर्छन् र घरपरिवारभित्र कामको बाँडफाँट गर्छन्। त्यही दिन सबै जना जम्मा भएर गाउँको महटावाँ (बरघर) र चौकीदार चुन्ने काम पनि हुन्छ।
केही समय पहिले कमैया र कम्लहरीलाई छुटाउने, फुकाउने काम पनि यसै दिन गरिन्थ्यो। अहिले यस्तो प्रथा हटिसकेको छ।
गाउँमा कामकाजको बाँडफाँट, गएको वर्षभरिको कामको समीक्षा र नयाँ नीतिनियम बनाउने जस्ता विविध काम पनि यही दिन गरिन्छ।
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login