Banner
आफूखुसी भाडा असुल्दै विद्युतीय गाडी व्यवसायी
अहिले नेपालमा विद्युतीय सवारीको आयात बढ्दो छ । सडकमा विद्युतीय गाडीको सवारी बाक्लो नै देखिन्छ । तर सार्वजनिक रूपमा सञ्चालनमा आएको विद्युतीय सवारी साधनले आफूखुसी भाडा असुल्ने गरेको पाइएको छ ।
लामो दूरीमा समेत सञ्चालन हुँदै आएको विद्युतीय सवारीले पेट्रोलियम गाडीको भन्दा महँगो भाडादर असुल्ने गरेको सेवाग्राहीको गुनासो छ । यात्राका क्रममा पेट्रोलियम गाडीको भन्दा दुई हजार गुणासम्म सस्तो भएर गुड्ने गरे पनि भाडादरमा भने कमी आउन सकेको छैन । यता सरकारले विद्युतीय सवारीको आयातमा भन्सार सहुलियत दिएपछि आयात बढेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा तीन हजार ३८६ विद्युतीय कार,जिप र भ्यान आयात भएको छ । तथ्याङ्क अनुसार पेट्रोल र डिजेलबाट चल्ने दुई हजार ४४१ सवारी साधन तथा इन्जिन र पार्टस आयात भएको छ । तर यातायात व्यवस्था विभाग र अन्य सम्बन्धित निकायले समेत भाडादर कायम गर्न सकेको छैन । यसरी निकायहरू मौन हुँदा व्यवसायीहरूले आफूखुसी भाडादर असुल्दै आएका हुन् ।
पेट्रोलियम गाडीको तुलनामा विद्युतीय गाडीको आयातमा भन्सार शुल्क थोरै छ । पेट्रोलबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडीको सञ्चालन खर्च पनि सस्तो छ ।
विद्युतीय गाडीको एक पटक चार्ज गर्दा थोरै पैसा लाग्दछ । तर, पेट्रोलियम गाडी र विद्युतीय गाडीको भाडादर भने समान छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीको तुलनामा विद्युतीय सवारीको भाडादर घट्नुपर्ने माग उठ्दै आएका छन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल पेट्रोलियम पदार्थबाट चल्ने र विद्युतीय गाडीको भाडादर फरक बनाउनका लागि छलफल भइरहेको बनाउनुहुन्छ । उहाँले भन्नुभयो, “पेट्रोलियम गाडी र विद्युतीय गाडीको भाडादर फरक बनाउने विषयमा विभागमा छलफल भइरहेको छ । तर कति फरक पर्छ भन्ने कुरा भने अहिले भनिहाल्न सकिन्नन् ।’ उहाँका अनुसार भाडादर कायम गर्दा धेरै कुरालाई विचार गर्नुपर्ने भएकाले एउटा मात्र फ्याक्टरले भाडादर घट्ने वा बढ्ने हुँदैन ।
महानिर्देशक रिजालले भन्नुभयो, “विद्युतीय गाडी र पेट्रोलियम गाडीको भाडादर निर्धारण गर्दा एउटा मात्र फ्याक्टरलाई आधार मानेर गर्न मिल्दैन । यसमा सवारीको लागत, आयु, बिग्रँदाको मर्मत खर्च र इन्जिनको अवस्थाको बारेमा अध्ययन गरेर मात्र भाडादर निर्धारण गर्नुपर्दछ ।”
नेपालमा भर्खर मात्र विद्युतीय सवारीको प्रवेश भएकाले चार÷पाँच वर्ष पुगेपछि मात्र यसको अवस्था कस्तो हुन्छ भन्न सकिने उहाँ बताउनुहुन्छ । नेपाल जस्तो भौगोलिक विकटता भएको देशमा विद्युतीय सवारीको भविष्य राम्रो देखिएको छ । यस्तै यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर विद्युतीय र पेट्रोलियम पदार्थबाट चल्ने सवारीको भाडादर कायम गरे पनि त्यति ठुलो फरक नपर्ने बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “विद्युतीय सवारी र पेट्रोलियम पदार्थबाट चल्ने सवारीको भाडादर अध्ययन गरेर परिवर्तन गर्दा पनि खासै फरक पर्दैन । विद्युतको चार्ज कम हुँदैमा मात्र भाडादर धेरै कम हुनुपर्छ भन्ने सोच्नुहुँदैन ।”
विद्युतीय सवारीको ब्याट्री पाँच लाख किलोमिटर गुडेपछि बिग्रिने भएकाले यसको मर्मत वा नयाँ किन्नुपर्छ ग्यारेन्टी हुँदैन । त्यसैले मर्मत हुने वा नयाँ किन्नुपर्ने निश्चित नहुँदा यसको लागत पेट्रोलियम गाडीको तुलनामा धेरै पर्न जाने उहाँको भनाइ छ ।
पेट्रोलियम पदार्थबाट चल्ने गाडीको भाडादरमा ३५ प्रतिशत मात्र पेट्रोलको कारण हुने बाँकी ६५ प्रतिशत गाडीको स्थितिले निर्धारण गर्ने उहाँको भनाइ छ ।
त्यसैले भाडादर नयाँ कायम भए पनि बिजुलीबाट चल्ने सवारीको भने धेरै घट्ने सम्भावना नरहेको उहाँ बताउनुहुन्छ ।
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login