Connect with us
Advertisement

युरोपमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण बढ्दो : डब्ल्यूएचओ

Published

on

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले युरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

डब्ल्यूएचओका युरोप क्षेत्रीय निर्देशक हान्स हेनरी पी क्लुजले कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा इन्फ्लुएन्जाको सङ्क्रमण र अस्पताल भर्ना हुनेको सङ्ख्यामा वृद्धि भएको उल्लेख गर्दै आगामी हप्ताहरूमा सम्भावित वृद्धिको सामनाका लागि तयारी गर्न अस्पताल तथा स्वास्थ्य केन्द्रसहित संम्वद्ध सङ्घसंस्थालाई आग्रह गर्नुभयो ।

‘नेसनल इन्स्टिच्युट फर पब्लिक हेल्थ एन्ड द इन्भाइरोमेन्ट (आरआईभीएम)’ का अनुसार नेदरल्याण्ड्सले अहिले श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणमा भइरहेको वृद्धिलाई कम गर्न सम्भावित प्रयासहरूलाई अगाडि बढाएको छ ।

इन्फ्लुएन्जा भाइरस र कोरोना भाइरसलगायत चिसोबाट हुने विभिन्न सङ्क्रमणहरू अहिले नेदरल्याण्ड्सको जनसङ्ख्यामा ‘सामान्य’ भएको आरआईभीएमले जनवरी १० सम्मको आफ्नो पछिल्लो अपडेटमा जनाएको छ । आरआईभीएमले चियोजन्य समस्याका कारण सङ्क्रमण भएकोजस्ता लक्षण देखिएका व्यक्तिको सङ्ख्या बढ्दो क्रममा रहेको बताएको छ ।

दुई हप्ता पहिले प्रति एक लाखमा २७ जनाले चियोजन्य सङ्क्रमणको गुनासो लिई चिकित्सकीय सेवाका लागि अस्पताल वा स्वास्थ्य केन्द्रमा अनुरोध गरेकोमा गत हप्ता प्रति एक लाखमध्ये ४४ मा यो समस्या देखिएको रिपोर्टमा उल्लेख छ ।

आरआईभीएमका अनुसार हालैको तथ्याङ्कले इन्फ्लुएन्जा भाइरसको घटनामा पनि वृद्धि भएको देखाएको छ । तथ्याङ्कमा फ्लुजस्ता लक्षण देखिएका व्यक्तिहरूको लगभग ३५ प्रतिशत नमुनाहरूमा सङ्क्रमणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । अघिल्लो हप्ता यो दर १३ प्रतिशत रहेको थियो ।

इटालीका स्वास्थ्यकर्मीहरूले गत शुक्रबार इटालीमा कम्तीमा १५ वर्षयताकै सबैभन्दा खराब फ्लु लहरका कारण अस्पतालहरू चर्को दबाबमा रहेको बताएका छन् । इटालियन फेडेरेसन अफ हेल्थ अथोरिटीज एन्ड हस्पिटल्स (एफआईएएसओ) का अनुसार गत साता आपत्कालीन कक्षमा भर्ना हुनेको सङ्ख्या २० देखि ३० प्रतिशतले बढेको छ ।

नयाँ वर्षको सुरुवातदेखि नै कोभिड–१९ र फ्लुको सङ्क्रमण तीव्र रूपमा बढेपछि स्पेन सरकारले जनवरी १० देखि अस्पताल र स्वास्थ्य केन्द्रहरूमा मास्कको अनिवार्य प्रयोगलाई पुनः लागू गरेको छ । स्पेनमा श्वासप्रश्वाससम्बन्धी रोगहरूमा तीव्र वृद्धि भएको छ र बासिन्दाहरूमा सङ्क्रमण दर प्रति एक लाखमा ९५२ भन्दा बढी पुगेको छ । स्वास्थ्यमन्त्री मोनिका गार्सियाले गत हप्ता ‘चियोजन्य सङ्क्रमण अत्यधिक भएको चेतावनी दिनुभएको थियो ।

मङ्गलबार कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा क्लुजले जोखिममा रहेको जनसङ्ख्यालाई कोभिड–१९ र इन्फ्लुएन्जाको खोपमा अद्यावधिक राख्नुपर्ने बताउनुभएको थियो । उहाँले सन् २०२० को डिसेम्बरमा कोभिड–१९ विरुद्धको खोप सार्वजनिक भएयताको महत्त्वपूर्ण सफलता मिलेको पनि बताउनुभयो ।

“डब्ल्यूएचओ युरोपको नेतृत्वमा गरिएको नयाँ अध्ययनले सुरक्षित र प्रभावकारी कोभिड–१९ खोपका कारण हाम्रो क्षेत्रमा कम्तीमा १४ लाख मानिसको ज्यान जोगिएको देखाएको छ,” डब्ल्यूएचओका अर्का अधिकारीले भने ।

डब्ल्यूएचओेको अध्ययनअनुसार ६० वर्षमाथिका व्यक्तिका लागि यो खोप प्रभावकारी देखिएको छ, खोपले ९० प्रतिशतभन्दा बढी ज्यान बचाएको छ । सन् २०२० को डिसेम्बरमा खोप प्रयोग सुरु भएयता डब्ल्यूएचओेको युरोपेली क्षेत्रमा कोभिड–१९ का कारण हुने मृत्युमा ५७ प्रतिशतले कमी आएको छ र पहिलो बुस्टर डोजले मात्र अनुमानित सात लाख मानिसको ज्यान जोगाएको छ ।

यद्यपि, क्लुजले कोभिड–१९ जेएन–१ संस्करणको तीव्र फैलावटप्रति चिन्ता व्यक्त गर्नुभयो ।

क्लुजले भन्नुभयो, “गम्भीरता बढेको सङ्केत गर्ने प्रमाणको अभावका बाबजुद, जेएन–१ संस्करणको अनिश्चितताको लागि निरन्तर निगरानीको आवश्यकता छ । “हाम्रो क्षेत्रका १३ देशले गत साता श्वासप्रश्वाससम्बन्धी भाइरससम्बन्धी कुनै तथ्याङ्क सार्वजनिक गरेका थिएनन् । ‘उत्परिवर्तन होस् वा नयाँ भाइरस, श्वासप्रश्वाससम्बन्धी अप्रत्याशित जीवाणुको नियन्त्रणका लागि निगरानी हाम्रो पहिलो प्रतिरक्षा प्रणाली हो,” उहाँले भन्नुभयो । रासस (gorkhapatra)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक