Banner
युरोपमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण बढ्दो : डब्ल्यूएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक प्रमुख अधिकारीले युरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
डब्ल्यूएचओका युरोप क्षेत्रीय निर्देशक हान्स हेनरी पी क्लुजले कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा इन्फ्लुएन्जाको सङ्क्रमण र अस्पताल भर्ना हुनेको सङ्ख्यामा वृद्धि भएको उल्लेख गर्दै आगामी हप्ताहरूमा सम्भावित वृद्धिको सामनाका लागि तयारी गर्न अस्पताल तथा स्वास्थ्य केन्द्रसहित संम्वद्ध सङ्घसंस्थालाई आग्रह गर्नुभयो ।
‘नेसनल इन्स्टिच्युट फर पब्लिक हेल्थ एन्ड द इन्भाइरोमेन्ट (आरआईभीएम)’ का अनुसार नेदरल्याण्ड्सले अहिले श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणमा भइरहेको वृद्धिलाई कम गर्न सम्भावित प्रयासहरूलाई अगाडि बढाएको छ ।
इन्फ्लुएन्जा भाइरस र कोरोना भाइरसलगायत चिसोबाट हुने विभिन्न सङ्क्रमणहरू अहिले नेदरल्याण्ड्सको जनसङ्ख्यामा ‘सामान्य’ भएको आरआईभीएमले जनवरी १० सम्मको आफ्नो पछिल्लो अपडेटमा जनाएको छ । आरआईभीएमले चियोजन्य समस्याका कारण सङ्क्रमण भएकोजस्ता लक्षण देखिएका व्यक्तिको सङ्ख्या बढ्दो क्रममा रहेको बताएको छ ।
दुई हप्ता पहिले प्रति एक लाखमा २७ जनाले चियोजन्य सङ्क्रमणको गुनासो लिई चिकित्सकीय सेवाका लागि अस्पताल वा स्वास्थ्य केन्द्रमा अनुरोध गरेकोमा गत हप्ता प्रति एक लाखमध्ये ४४ मा यो समस्या देखिएको रिपोर्टमा उल्लेख छ ।
आरआईभीएमका अनुसार हालैको तथ्याङ्कले इन्फ्लुएन्जा भाइरसको घटनामा पनि वृद्धि भएको देखाएको छ । तथ्याङ्कमा फ्लुजस्ता लक्षण देखिएका व्यक्तिहरूको लगभग ३५ प्रतिशत नमुनाहरूमा सङ्क्रमणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । अघिल्लो हप्ता यो दर १३ प्रतिशत रहेको थियो ।
इटालीका स्वास्थ्यकर्मीहरूले गत शुक्रबार इटालीमा कम्तीमा १५ वर्षयताकै सबैभन्दा खराब फ्लु लहरका कारण अस्पतालहरू चर्को दबाबमा रहेको बताएका छन् । इटालियन फेडेरेसन अफ हेल्थ अथोरिटीज एन्ड हस्पिटल्स (एफआईएएसओ) का अनुसार गत साता आपत्कालीन कक्षमा भर्ना हुनेको सङ्ख्या २० देखि ३० प्रतिशतले बढेको छ ।
नयाँ वर्षको सुरुवातदेखि नै कोभिड–१९ र फ्लुको सङ्क्रमण तीव्र रूपमा बढेपछि स्पेन सरकारले जनवरी १० देखि अस्पताल र स्वास्थ्य केन्द्रहरूमा मास्कको अनिवार्य प्रयोगलाई पुनः लागू गरेको छ । स्पेनमा श्वासप्रश्वाससम्बन्धी रोगहरूमा तीव्र वृद्धि भएको छ र बासिन्दाहरूमा सङ्क्रमण दर प्रति एक लाखमा ९५२ भन्दा बढी पुगेको छ । स्वास्थ्यमन्त्री मोनिका गार्सियाले गत हप्ता ‘चियोजन्य सङ्क्रमण अत्यधिक भएको चेतावनी दिनुभएको थियो ।
मङ्गलबार कोपनहेगनमा आयोजित पत्रकार सम्मेलनमा क्लुजले जोखिममा रहेको जनसङ्ख्यालाई कोभिड–१९ र इन्फ्लुएन्जाको खोपमा अद्यावधिक राख्नुपर्ने बताउनुभएको थियो । उहाँले सन् २०२० को डिसेम्बरमा कोभिड–१९ विरुद्धको खोप सार्वजनिक भएयताको महत्त्वपूर्ण सफलता मिलेको पनि बताउनुभयो ।
“डब्ल्यूएचओ युरोपको नेतृत्वमा गरिएको नयाँ अध्ययनले सुरक्षित र प्रभावकारी कोभिड–१९ खोपका कारण हाम्रो क्षेत्रमा कम्तीमा १४ लाख मानिसको ज्यान जोगिएको देखाएको छ,” डब्ल्यूएचओका अर्का अधिकारीले भने ।
डब्ल्यूएचओेको अध्ययनअनुसार ६० वर्षमाथिका व्यक्तिका लागि यो खोप प्रभावकारी देखिएको छ, खोपले ९० प्रतिशतभन्दा बढी ज्यान बचाएको छ । सन् २०२० को डिसेम्बरमा खोप प्रयोग सुरु भएयता डब्ल्यूएचओेको युरोपेली क्षेत्रमा कोभिड–१९ का कारण हुने मृत्युमा ५७ प्रतिशतले कमी आएको छ र पहिलो बुस्टर डोजले मात्र अनुमानित सात लाख मानिसको ज्यान जोगाएको छ ।
यद्यपि, क्लुजले कोभिड–१९ जेएन–१ संस्करणको तीव्र फैलावटप्रति चिन्ता व्यक्त गर्नुभयो ।
क्लुजले भन्नुभयो, “गम्भीरता बढेको सङ्केत गर्ने प्रमाणको अभावका बाबजुद, जेएन–१ संस्करणको अनिश्चितताको लागि निरन्तर निगरानीको आवश्यकता छ । “हाम्रो क्षेत्रका १३ देशले गत साता श्वासप्रश्वाससम्बन्धी भाइरससम्बन्धी कुनै तथ्याङ्क सार्वजनिक गरेका थिएनन् । ‘उत्परिवर्तन होस् वा नयाँ भाइरस, श्वासप्रश्वाससम्बन्धी अप्रत्याशित जीवाणुको नियन्त्रणका लागि निगरानी हाम्रो पहिलो प्रतिरक्षा प्रणाली हो,” उहाँले भन्नुभयो । रासस (gorkhapatra)
Facebook Comment
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
Banner
जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।
पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।
‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’
ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।
नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।
हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login