Banner
इटहरीमा ‘सांस्कृतिक तथा साहित्यिक जागरण’बारे बहस
इटहरी : इटहरीमा साहित्यिक तथा सांस्कृतिक जागरण कार्यक्रमको आयोजना गरिएको छ ।
लायन्स र लियो क्लब अफ इटहरी मनकामनाको आयोजनामा बुधबार बिहान इटहरीस्थित कस्तुरी कलेजको सभाहलमा ‘सांस्कृतिक तथा साहित्यिक जागरण अन्तर्गत लेखन, समाज र जीवनमा सञ्चारको प्रभाव’ विषयक बहस आयोजना गरिएको हो ।
बहस कार्यक्रममा वक्ताहरूले मानिस फैलिएर जहाँ पुगेपनि आफ्नो इतिहास भुल्न नहुने तर्क गरे । कार्यक्रमका वक्ता, प्रसिद्व सञ्चारकर्मी टीकाराम यात्रीले मानिस जुन संगत र पर्यावरणमा हुर्कन्छ, त्यही क्षेत्रमा स्थापित बन्न सहज हुने बताए । उनले भने, ‘हामी फैलिएर जहाँ पुगेपनि हामीले हाम्रो इतिहास भुल्नु हुँदैन । जिन्दगी गम्भीर पनि छ र सरल पनि छ ।’
मानिसहरू शून्यबाट फैलिएर कहाँकहाँ पुगेपनि आफ्नो इतिहास भुलिरहेकोप्रति उनको चिन्ता थियो । समाजमा हरेक मानिसले जीवनलाई राजनीतिक र समसामयिक मात्रै बनाइरहेकाले त्यो भन्दा पृथक हुनुपर्ने उनको तर्क छ ।
‘जीवन राजनीतिक र समसामयिक मात्रै होइन । आजको पत्रकारितामा पक्षधरता छ,’ उनले वर्तमान नेपाली पत्रकारिताको अवस्थाबारे इङ्गित गर्दै भने, ‘यताका कुरा उता र उताको यता ल्याउनेजस्तो मात्रै पत्रकारिता भएको छ । हामीले अनेक मान्छेहरूलाई नायक बनाउन खोजिरहेका छौँ ।’
‘संसारमा जुन कुरा टिकाउ हुन्छ, त्यो कुरा मात्रै गर्नुपर्ने भएपनि मानिसहरू बिकाउ कुराको पछाडि लागिरहेका छन्,’ बहस कार्यक्रममा यात्रीले भने, ‘संसारमा कुनै पनि पेशा न अब्बल छन्, न कमजोर छन् । तर, निरन्तरता र सम्पूर्णता दिन सक्नुपर्छ । त्यो टिकाउ हुन्छ ।’
महाभारतको नारद पात्रजस्तो पत्रकारिता भएको उनको टिप्पणी छ ।
उनले वर्तमान राजनीतिक व्यवस्थामा बालेन, हर्क र रविहरूको उदाहरण दिदैँ समाजले नै उचालेर ठूलो मान्छे बनाएपनि उनीहरू नै तल्लो तहसम्म ‘गिराउन’ लागिपर्ने भएकाले सचेत हुनुपर्ने बताए ।
उनले ती उदाहरण दिदैँ भने, ‘घरहरू औसत हुन्छन्, हामीले धरहरा बनाउन खोज्यौँ ।’
राजनीति नीतिहरूको पनि मूल नीति रहेको उदृत गर्दै आफूलाई पनि पक्षधरताको ‘ट्याग’ लागेपनि आफू स्वतन्त्र रहेको उनको दाबी छ । ‘मैले कहिल्यै मताधिकार प्रयोग गर्न पाएको छैन । त्यसैले म कतैपट्टी ढल्केको छैन । पत्रकारिता भित्र पनि दलकारिता छ । म त्यो दलकारितामा छैन,’ उनले भने, ‘कहिले कांग्रेस, कहिले एमाले, कहिले राजावादीको आरोप लाग्छ । म कतैपट्टी पनि छैन, त्यसैले पनि राजनीतिकभन्दा भिन्न कार्यक्रमको आयोजना गर्न रुचाउँछु ।’
संसार आलोचकहरूले घेरिएको उनको विश्लेषण छ । संसारमा एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु र हरेक मानिसलाई अनुदार आँखाले हेर्नुलेपनि आलोचना मात्रै गर्नेहरू बढेको उनले बताए ।
मान्छे सिर्जनशील बन्नुपर्ने र त्यसका लागि साधना चाहिने यात्री बताउँछन् । ‘संसारमा जुन कुरा टिकाउ हुन्छ, त्यो कुरा मात्रै गर्नुपर्ने भएपनि मानिसहरू बिकाउ कुराको पछाडि लागिरहेका छन्,’ बहस कार्यक्रममा यात्रीले भने, ‘संसारमा कुनै पनि पेशा न अब्बल छन्, न कमजोर छन् । तर, निरन्तरता र सम्पूर्णता दिन सक्नुपर्छ । त्यो टिकाउ हुन्छ ।’
उनकाअनुसार माध्यम साधन हो, साध्य होइन । साध्य सिर्जना हो । मानिस सिर्जनशील बन्नुपर्ने उनको भनाइ छ ।
पछिल्लो समय संसारमा आएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रसङ्गमा यात्रीले एआईलाई असल शिष्य बनाउनुपर्ने बताए । उनले भने, ‘एआईलाई असल शिष्य बनाउनुपर्छ, खराब गुरु बनाउनु हुँदैन ।’
अर्का वक्ता, लेखक शिव प्रकाशले मानिस जहाँ बसेपनि असल भएर बाँच्नुपर्ने तर्क राखे । उनी आफू अमेरिकामा बसोबास गरेपनि आफ्नो पुस्तक र साहित्य लेखनमा नेपालीपन रहेको र आफू पनि नेपाली नै भएर बाँच्ने बताए ।
‘म को हुँ, के हुँ भन्ने कुरा जान्न शास्त्र पढ्नुपर्छ,’ उनले भने, ‘हामी जहाँ बसेपनि असल मान्छे भएर बाँच्नुपर्छ ।’
उनले आफू स्कुले जीवनदेखि नै साहित्य लेखनमा रुचि भएका कारण यही क्षेत्रमा स्थापित हुन निरन्तर साहित्यकर्म गरिरहेको सुनाए । पूर्वीय शास्त्रमा अध्ययन गरेको र सोही कुरामा केन्द्रीत भइरहेको उनको भनाइ थियो ।
‘निरन्तरता दियो भने साहित्ये लेखनबाटै पनि बाँच्न सकिन्छ,’ उनले भने, ‘गणितीय प्रश्नको उत्तर सधैं एकै भएपनि सांस्कृतिक प्रश्नको उत्तर एकै हुँदैन । त्यसका लागि पनि अध्ययन गर्न आवश्यक छ ।’

कार्यक्रमलाई प्रविण अधिकारीले सहजीकरण गरे । उनले सांस्कृतिक, साहित्यिक, समसामयिक राजनीतिक, प्रविधिको विकाससँगै देशमा युवाहरूलाई अध्ययनशील बनाउन गर्नुपर्ने कार्यबारे प्रश्नहरू गरेका थिए ।
साहित्यिक, सांस्कृतिक र सामयिक विषयमा सञ्चार क्षेत्रले पारेको प्रभावबारे उनले प्रश्नोत्तर गरे ।
खासगरी इटहरीमा नयाँ पुस्तालाई पढ्नका निम्ति प्रेरित गर्ने उदेश्यले उक्त ‘जागरण’ कार्यक्रमको आयोजना गरिएको अभियन्ता युवराज काफ्लेले बताए ।
Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login