Banner
हराउँदै तराईको घुुर ताप्ने चलन
केही वर्षअघिसम्म तराईमा साँझ बिहान मानिस घुर ताप्न जम्मा हुन्थे । बिचमा घुर हुन्थ्यो र मानिस घुरको वरिपरि बस्थे । घुर न्यानोका लागि मात्रै नभई गाउँ समाजका महत्त्वपूर्ण सरसल्लाह र निर्णय गर्ने थलोका रूपमा पनि हुने गथ्र्यो ।
तर तराई मधेशमा जाडोयाममा तापिने घुरको चलन अचेल देखिँदैन । जाडोयाम सुरु हुनेबित्तिकै चोक चोकमा र घरआँगनमा बालिने घुर व्रmमशः लोप हुँदै गएको छ । घुर ताप्ने क्रममा घरपरिवार र समाजको समस्यादेखि राष्ट्रिय राजनीतिका कुरा गरिन्थे । समाजका कतिपय झगडा र विवादको समाधान गरिन्थ्यो । त्यसका लागि गाउँघरमा पहिला समाजका अगुवा, महाजन (साहु), पञ्चमुखियाको घरदैलोमा ठुुलो घुर लाग्थ्यो । साना घर र टोलका घुर आगो ताप्नकै लागि मात्र हुन्थे ।
सिम्रौनगढ–८, कचोर्वाका ७५ वर्षीय सुखारी राउतले खास गरी दीपावलीदेखि फागुन पूर्णिमासम्म घुर तापिने गरेको स्मरण गर्दै कमजोर बन्दै गएको सामाजिक सद्भाव र आधुनिकताको प्रवेशसँगै घुर ताप्ने परम्परा हराउँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “घुर ताप्न बालबालिका, युवादेखि बुढापाकासम्म भेला हुन्थे । एकले अर्कासँग सुखदुःखका कुरा सटासाट गर्थे । गाउँघरका ठुुला ठुुला समस्याको टुङ्गो लाग्थ्यो । कतिपयको त बिहेबारीसमेत तय हुन्थ्यो । हिजोआज समाजमा त्यस्तो मेलमिलाप पनि छैन र एकले अर्कासँग खुलेर बोल्दैन पनि । सँगै बसेर घुर ताप्ने अवस्था कहाँबाट आओस् ?”
मधेश प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष तथा संस्कृतिविद् रामभरोस कापडीले बिजुलीबत्तीको प्रवेश र घुरका लागि चाहिने गोबरको गुइँठा, धानको दाइँ हुँदा निस्किने भुुस तथा काठलगायतका सामग्रीको अभाव हुनुका साथै समाजमा पहिले जस्तै मेलमिलापको कमीले समेत घुर संस्कृति हराउँदै गएको बताउनुभयो । बढ्दो आधुनिकतासँगै घरमै बसेर हिटर ताप्ने, मोबाइल चलाएर बस्ने, टिभी हेर्ने, एफएम सुनेर बस्ने कारणले पनि सामूहिक रूपमा भेटघाट गर्ने माध्यमका रूपमा रहेको घुर परम्परा हराउँदै गएको उहाँको भनाइ छ ।
सामाजिक विश्लेषक तथा पत्रकार चन्द्रकिशोर झाले भन्नुभयो, “घुर सामूहिक संवाद, सूचनाको केन्द्र र गाउँघरको न्यायालयसमेत थियो, जहाँ विभिन्न पुस्ताका मानिस घुरको तातोको आनन्द लिँदै छलफल गर्थे । गाउँघरका विभिन्न सूचना त्यहाँ पाइन्थ्यो, समाजका कतिपय विवाद मिलाइन्थे ।”
उहाँका अनुसार राति जाग्राम बस्नसमेत घुर लगाइन्थ्यो, जसबाट गाउँघरमा रातमा हुने चोरीडकैतीबाट बचाउन पहरेदारीको समेत काम गर्दथ्यो । घुर ताप्ने क्रममा गोठबाट गाईगोरुलगायतका पशुधन चोरी हुनबाट समेत जोगिन्थ्यो ।
घुरको सम्बन्ध समाज र संस्कृतिसँग जोडिएको बताउँदै उहाँले घुर ताप्ने परम्परा हराउँदै गएपछि गाउँघरमा गरिने साना साना सामूहिक विकास योजना, छोराछोरीको बिहेलगायतका कामसमेत प्रभावित हुँदै गएको बताउनुभयो । विगतमा तराईमा भएका विभिन्न सशस्त्र द्वन्द्व, युवाको विदेश पलायन र घुरका लागि चाहिने आवश्यक काठ, दाउरा, भुुसलगायत सामग्री अभावमा समेत घुर परम्परा हराउँदै गएको उहाँको भनाइ छ ।
सिम्रौनगढ निवासी तथा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले मानव विकासका क्रममा कतिपय नयाँ कुराको प्राप्ति हुन्छ भने कतिपय लोप हुँदै जाने हुँदा घुर परम्परा पनि लोप हुँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जुन बेला घुर तापिन्थ्यो त्यस बेला प्रशस्त मात्रामा काठ, दाउरा पाइन्थ्यो । गाईवस्तु पालिन्थ्यो त्यसको गोबरबाट गुइँठा, चिपरिइ हुन्थ्यो । धानको दाइँ हुँदा भुुस र पोगटा हुन्थ्यो तर हिजोआज घुरका लागि चाहिने वस्तुमा व्यापक कमी आएको छ । जसले गर्दा घुर संस्कृति हराउँदै गएको छ ।”
Facebook Comment
Banner
नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै
नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।
त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।
यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
Banner
आज विश्वकर्मा मनाइँदै
कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।
आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।
यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login