Connect with us
Advertisement

अफगानिस्तानमाथि ऐतिहासिक विजयसँगै नेपाल सुपर सिक्समा

Published

on

अफगानिस्तानमाथि १ विकेटको ऐतिहासिक विजय हात पार्दै नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ । आकाश चन्दले बलिङ र कप्तान देव खनालले ब्याटिङमा सानदार प्रदर्शन गरेपछि समूहचरणको निर्णायक खेलमा नेपालले अफगानिस्तानको चुनौतीलाई पन्छाउँदै दोस्रो चरण पुगेको हो ।

आकाशले ५ विकेट लिएपछि पहिला ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले ४०.१ ओभरमा अलआउट गरेको थियो । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा देवले ५८ रन बनाएपछि नेपालले ४४.४ ओभरमा विजय लक्ष्य पूरा गरेको हो । नेपालले सन् २०११ यता पहिलो पटक अफगानिस्तानलाई पराजित गरेको हो ।

यस नतिजापछि नेपाल तेस्रो पटक यू–१९ विश्वकपको दोस्रो चरणमा पुगेको हो । यसअघि श्रीलंकामा सन् २००० मा र बंगलादेशमा २०१६ मा भएको यू–१९ विश्वकपमा पनि नेपालले पहिलो चरण पार गरेको थियो ।

समूह ‘डी’ बाट यसअघि नै पहिलो दुई खेल जितेर न्युजिल्यान्ड र पाकिस्तानले सुपर सिक्समा स्थान सुरक्षित गरेका थिए । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तानले सबै तीन खेलमा पराजय भोगेको हो ।

नेपालको सुरुआत राम्रो थिएन । अर्जुन कुमाल १० रन बनाई बोल्ड भए । अर्का ओपनर विपिन रावल पनि २ रन बनाई एलबीडब्लु आउट भए । तेस्रो नम्बरमा पठाइएका गुल्शन झाले १ रनमात्र जोड्न सके । देव र आकाश त्रिपाठीले चौथो विकेटमा ४९ रनको साझेदारी गरे । आकाशले ३९ बल खेली १ चौका प्रहार गर्दै १६ रन बनाए ।

दीपक डुम्रे ५ र दीपेश कँडेल ४ रनमा आउट भएपछि नेपाल ९१–६ को स्थितिमा पुगेको थियो । यहाँबाट देव र दीपक बोहराले ३६ रनको निर्णायक साझेदारी गरे । देवले ८९ बल खेली ७ चौका प्रहार गरे । नेपाललाई विजय भन्दा ६ रनमात्र टाढा भएको समयमा दीपक बोल्ड भए । उनले ४२ बल खेली ४ चौका प्रहार गर्दै २७ रन बनाए । आकाश चन्द पनि १ रनमा आउट भएपछि स्कोर बराबर भएको निकै रोमाञ्चक स्थितिमा सुवास भण्डारीले चौका प्रहार गरे । उनी ९ रन बनाई अविजित रहे ।

आकाशको सानदार बलिङपछि यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान धरासायी भएको थियो । गुल्शनसँग नयाँ बल लिएर आएका उनले आफ्नो पहिलो स्पेलमै ५ विकेट लिएका थिए । आकाशले ८ ओभरमा ३५ रन खर्चदै आफ्नो ओपनिङ स्पेलमा एकपछि अर्को विकेट लिएका थिए ।

गुल्शनले पहिलो ओभरमै नुमन शाहलाई शुन्यमा आउट गरि नेपाललाई पहिलो सफलता दिलाएपछि आकाशले चम्किलो बलिङ गरेका थिए । दीपेशले तल्लोक्रममा दुई विकेट लिए । उनले ८ ओभरमा एक मेडन राख्दै १७ रन खर्चे । गुल्शनसहित सुवास र तिलक भण्डारीले १–१ विकेट लिए ।

नुमनसहित अफगानिस्तानबाट खालिद तानिवाल, अलि अहमद र अरव गुल शुन्यमा आउट भए । माथिल्लोक्रममा हसन इसाखिलले २२ रन बनाएका थिए भने अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । तल्लोक्रममा एम घाजनफारले ३७, कप्तान नासिर खानले ३१ र फारिदुन दावुदजाईले २९ रन बनाए । घाजनफारले २१ बल खेली ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक