Connect with us
Advertisement

प्याब्सन स्पोर्टस मिट, चार स्वर्ण पदक सहित पूर्वाञ्चलको अग्रता कायमै

Published

on

विराटनगरमा जारी १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त प्रतियोगितामा शनिबार पनि पूर्वाञ्चलले चार स्वर्ण, १ रजत पदक सहित २३ अंकको साथ अग्रता कायमै राखेको हो । पूर्वाञ्चललाई सुन्दरहरैचामा रहेको सिद्धार्थ स्कुलले १ स्वर्ण, २ रजक पदक सहित ११ अंक ल्याएर पछ्याइरहेको छ । विराटनगरको एभरेष्ट स्कुलले १ स्वर्ण र दुई कास्य पदक ९ अंक सहित तेस्रो स्थानमा रहेको छ । यसैगरी रतुवामाइको मुनाल आर्दश, विराटनगरको मदरटेरेसा र ग्रामथानको सारदा स्कुलले समान ८–८ अंक ल्याएर चौथो स्थानमा रहेका छन् । शनिबार भएको हाइजम छात्रातर्फ पूर्वाञ्चल एकेडमीकी सितल मगरले स्वर्ण पदक जितेकी छिन् । यसैगरी रंगेलीको मिनील्याण्ड स्कुलकी जिसिका विष्टले रजत पदक र विराटनगर एभरेष्ट स्कुलकी प्रिन्सि बर्माले कास्य पदक जितेकी छिन् । यसैगरी हाइजम छात्रतर्फ ग्रामथानको सारदा स्कुलका भिम ऋषिदेवले स्वर्ण पदक जितेका छन् । पूर्वाञ्चल एकाडेमीका संगम बोहोराले रजत पदक र जनक मेमोरियल स्कुलका प्रभास चौधरीले रजत पदक जितेका छन् ।
८ सय मिटर छात्रातर्फ पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क.ले स्वर्ण पदक जितेकी छिन् । सिद्धार्थ स्कुलकी मियोङ्सा राईले रजत पदक र पथरीको एभरेष्ट स्कुलकी युनिषा बुढाथोकीले कास्य पदक जितेकी छिन् । यसैगरी सटपुट छात्रातर्फ रंगेलीको मुनाल आर्दशकी अमिसा ताजपुरियाले स्वर्ण पदक जितेकी छिन् । यस्तै विराटनगरको मदर टेरेसा स्कुलकी ज्योती महतोले रजक र इन्द्रपुर नमुना स्कुलकी आयूषमा राईले कास्य पदक जितेकी छिन् ।

फुटबलमा चार स्कुल फाइनलमा

प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा चार स्कुल फाइनलमा पुगेका छन् । मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल, सिद्धार्थ स्कुल, हरैचा मोडल स्कुल फाइनलमा पुगेको हो । सनरे र सिद्धार्थ स्कुल जुनियरतर्फबाट र हरैचा मोडल सिनियर तर्फबाट फाइनलमा पुगेको हो । जुनियरतर्फ विराटनगर जुटमिलको खेदमैदानमा शनिबार भएको पहिलो समेफिाइनल खेलमा ग्रामथान गाउँपालिकाको जनक मेमोरियल स्कुललाई २–० गोलले हराउँदै सनरे स्कुल फाइनलमा पुगेको हो । जितको लागि सनरेको तर्फबाट अनोज खवास र जिवन यादवले १ –१ गोल गरे । म्यान अफ द म्याच सनरेका अनोज खवास घोषित भए । सोही दिन भएको दोस्रो जुनियरतर्फको खेलमा विराटनगरको डिएसपी स्कुललाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै सिद्धार्थ स्कुल फाइनलमा पुगेको हो । निर्धातिर समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । यसैगरी सिनियर तर्फ भएको पहिलो सेमिफाइनल खेलमा पथरीको भूपु सैनिक स्कुललाई २–० गोलले हराउँदै हरैचा मोडल स्कुल फाइलनमा पुगेको छ । हरैचा मोडलको तर्फबाट एलेन श्रेष्ठ र आकाश गिरीले १ –१ गोल गरे । म्यान अफ द म्याच हरैचा मोडलका एलेन श्रेष्ठ घोषित भए ।

बास्केटबलमा एभरेष्ट र बिकेभिएम फाइनलमा

बास्केटबल प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल र बिकेभिएम स्कुल फाइनलमा पुगेको छ । एभरेष्ट स्कुलको खेल मैदानमा भएको शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट स्कुलले सगरमाथा स्कुललाई ४१–३९ सेटले हराउँदै एभरेष्ट फाइनलमा पुगेको हो । प्रतियोगिताको म्यान अफ द म्याच उत्सव कार्की घोषित भए । दोस्रो सेमिफाइनल खेलमा बिकेभिएम स्कुलले सेन्टजोसेफ स्कुललाई ८७–१५ सेटले हराउँदै बिकेभिएम स्कुल फाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच सन्तोष साह घोषित भए ।
बास्केटबलको उपाधिको लागि आइतबार एभरेष्ट र बिकेभिएम भिड्नेछ ।

भलिबलमा ६ स्कुल फाइनलमा

भलिबल प्रतियोगितामा सिनीयर र जुनियर गरि ६ वटा स्कुल फाइनलमा पुगेको छ । सिनियर प्लस टु छात्रतर्फ विराटनगरको कान्तिपुर र सुन्दरहरैचाको सिद्धार्थ स्कुल फाइनलमा पुगेको छ । प्लस टु छात्रातर्फ कान्तिपुर र पथरीको एभरेष्ट स्कुल भलिबलको फाइनलमा पुगेको हो । कान्तिपुरले ब्राइट फ्यूचर स्कुललाई पराजित गरी फाइनलमा पुगेको हो । एभरेष्टले सिद्धार्थ स्कुललाई पराजित गरी एभरेष्ट फाइलनमा पुगेको हो । जुनियर कक्षा १० सम्म भएको भलिबल छात्रातर्फ बुढीगंगाको मोरङ पब्लिक र इन्द्रपुर नमूना स्कुल फाइनलमा पुगेको छ । मोरङ पब्लिकले ग्रामथानको सारदा स्कुललाई पराजित गर्यो । इन्द्रपुर नमूनाले राष्ट्र निर्माण स्कुललाई हरायो ।

सृजना र सितल सर्वाधिक पदक जित्ने खेलाडी

जारी प्याब्सन स्पोर्ट्स मिटमा सर्वाधिक पदक जित्ने खेलाडी मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क. र सीतल मगर भएकी छिन् । दोस्रो दिन शनिबारसम्म सृजना र सितलले दुई विधामा समान २–२ स्वर्ण पदक जितेकी छिन् । सृजनाले लङजम र ८ सय मिटर छात्रातर्फको दौडमा स्वर्ण पदक जितेकी छिन् । हाइजम छात्रा र ज्याबलिङ थ्रो छात्रार्फ पूर्वाञ्चल एकेडमीकै सितल मगरले स्वर्ण पदक जितेकी छिन् । शनिबारसम्म उनीहरुले समान २–२ स्वर्ण पदक जित्दै सर्वाधिक स्वर्ण जित्ने खेलाडी भएका छन् ।

(suseli)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading

Banner

आज विश्वकर्मा मनाइँदै

Published

on

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।

Continue Reading

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक