Connect with us
Advertisement

प्याब्सन स्पोर्टस मिट, चार स्वर्ण पदक सहित पूर्वाञ्चलको अग्रता कायमै

Published

on

विराटनगरमा जारी १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त प्रतियोगितामा शनिबार पनि पूर्वाञ्चलले चार स्वर्ण, १ रजत पदक सहित २३ अंकको साथ अग्रता कायमै राखेको हो । पूर्वाञ्चललाई सुन्दरहरैचामा रहेको सिद्धार्थ स्कुलले १ स्वर्ण, २ रजक पदक सहित ११ अंक ल्याएर पछ्याइरहेको छ । विराटनगरको एभरेष्ट स्कुलले १ स्वर्ण र दुई कास्य पदक ९ अंक सहित तेस्रो स्थानमा रहेको छ । यसैगरी रतुवामाइको मुनाल आर्दश, विराटनगरको मदरटेरेसा र ग्रामथानको सारदा स्कुलले समान ८–८ अंक ल्याएर चौथो स्थानमा रहेका छन् । शनिबार भएको हाइजम छात्रातर्फ पूर्वाञ्चल एकेडमीकी सितल मगरले स्वर्ण पदक जितेकी छिन् । यसैगरी रंगेलीको मिनील्याण्ड स्कुलकी जिसिका विष्टले रजत पदक र विराटनगर एभरेष्ट स्कुलकी प्रिन्सि बर्माले कास्य पदक जितेकी छिन् । यसैगरी हाइजम छात्रतर्फ ग्रामथानको सारदा स्कुलका भिम ऋषिदेवले स्वर्ण पदक जितेका छन् । पूर्वाञ्चल एकाडेमीका संगम बोहोराले रजत पदक र जनक मेमोरियल स्कुलका प्रभास चौधरीले रजत पदक जितेका छन् ।
८ सय मिटर छात्रातर्फ पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क.ले स्वर्ण पदक जितेकी छिन् । सिद्धार्थ स्कुलकी मियोङ्सा राईले रजत पदक र पथरीको एभरेष्ट स्कुलकी युनिषा बुढाथोकीले कास्य पदक जितेकी छिन् । यसैगरी सटपुट छात्रातर्फ रंगेलीको मुनाल आर्दशकी अमिसा ताजपुरियाले स्वर्ण पदक जितेकी छिन् । यस्तै विराटनगरको मदर टेरेसा स्कुलकी ज्योती महतोले रजक र इन्द्रपुर नमुना स्कुलकी आयूषमा राईले कास्य पदक जितेकी छिन् ।

फुटबलमा चार स्कुल फाइनलमा

प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा चार स्कुल फाइनलमा पुगेका छन् । मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल, सिद्धार्थ स्कुल, हरैचा मोडल स्कुल फाइनलमा पुगेको हो । सनरे र सिद्धार्थ स्कुल जुनियरतर्फबाट र हरैचा मोडल सिनियर तर्फबाट फाइनलमा पुगेको हो । जुनियरतर्फ विराटनगर जुटमिलको खेदमैदानमा शनिबार भएको पहिलो समेफिाइनल खेलमा ग्रामथान गाउँपालिकाको जनक मेमोरियल स्कुललाई २–० गोलले हराउँदै सनरे स्कुल फाइनलमा पुगेको हो । जितको लागि सनरेको तर्फबाट अनोज खवास र जिवन यादवले १ –१ गोल गरे । म्यान अफ द म्याच सनरेका अनोज खवास घोषित भए । सोही दिन भएको दोस्रो जुनियरतर्फको खेलमा विराटनगरको डिएसपी स्कुललाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै सिद्धार्थ स्कुल फाइनलमा पुगेको हो । निर्धातिर समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । यसैगरी सिनियर तर्फ भएको पहिलो सेमिफाइनल खेलमा पथरीको भूपु सैनिक स्कुललाई २–० गोलले हराउँदै हरैचा मोडल स्कुल फाइलनमा पुगेको छ । हरैचा मोडलको तर्फबाट एलेन श्रेष्ठ र आकाश गिरीले १ –१ गोल गरे । म्यान अफ द म्याच हरैचा मोडलका एलेन श्रेष्ठ घोषित भए ।

बास्केटबलमा एभरेष्ट र बिकेभिएम फाइनलमा

बास्केटबल प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल र बिकेभिएम स्कुल फाइनलमा पुगेको छ । एभरेष्ट स्कुलको खेल मैदानमा भएको शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट स्कुलले सगरमाथा स्कुललाई ४१–३९ सेटले हराउँदै एभरेष्ट फाइनलमा पुगेको हो । प्रतियोगिताको म्यान अफ द म्याच उत्सव कार्की घोषित भए । दोस्रो सेमिफाइनल खेलमा बिकेभिएम स्कुलले सेन्टजोसेफ स्कुललाई ८७–१५ सेटले हराउँदै बिकेभिएम स्कुल फाइनलमा पुगेको छ । खेलको म्यान अफ द म्याच सन्तोष साह घोषित भए ।
बास्केटबलको उपाधिको लागि आइतबार एभरेष्ट र बिकेभिएम भिड्नेछ ।

भलिबलमा ६ स्कुल फाइनलमा

भलिबल प्रतियोगितामा सिनीयर र जुनियर गरि ६ वटा स्कुल फाइनलमा पुगेको छ । सिनियर प्लस टु छात्रतर्फ विराटनगरको कान्तिपुर र सुन्दरहरैचाको सिद्धार्थ स्कुल फाइनलमा पुगेको छ । प्लस टु छात्रातर्फ कान्तिपुर र पथरीको एभरेष्ट स्कुल भलिबलको फाइनलमा पुगेको हो । कान्तिपुरले ब्राइट फ्यूचर स्कुललाई पराजित गरी फाइनलमा पुगेको हो । एभरेष्टले सिद्धार्थ स्कुललाई पराजित गरी एभरेष्ट फाइलनमा पुगेको हो । जुनियर कक्षा १० सम्म भएको भलिबल छात्रातर्फ बुढीगंगाको मोरङ पब्लिक र इन्द्रपुर नमूना स्कुल फाइनलमा पुगेको छ । मोरङ पब्लिकले ग्रामथानको सारदा स्कुललाई पराजित गर्यो । इन्द्रपुर नमूनाले राष्ट्र निर्माण स्कुललाई हरायो ।

सृजना र सितल सर्वाधिक पदक जित्ने खेलाडी

जारी प्याब्सन स्पोर्ट्स मिटमा सर्वाधिक पदक जित्ने खेलाडी मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क. र सीतल मगर भएकी छिन् । दोस्रो दिन शनिबारसम्म सृजना र सितलले दुई विधामा समान २–२ स्वर्ण पदक जितेकी छिन् । सृजनाले लङजम र ८ सय मिटर छात्रातर्फको दौडमा स्वर्ण पदक जितेकी छिन् । हाइजम छात्रा र ज्याबलिङ थ्रो छात्रार्फ पूर्वाञ्चल एकेडमीकै सितल मगरले स्वर्ण पदक जितेकी छिन् । शनिबारसम्म उनीहरुले समान २–२ स्वर्ण पदक जित्दै सर्वाधिक स्वर्ण जित्ने खेलाडी भएका छन् ।

(suseli)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक