Connect with us
Advertisement

प्याब्सन स्पोर्ट्स मिटको उपाधि पूर्वाञ्चल र सगरमाथालाई

Published

on

१३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार सम्पन्न भएको प्रतियोगितामा जुनियर तर्फ पूर्वाञ्चल र सिनियर तर्फ सगरमाथा स्कुलले उपाधि जितेको हो । जुनियर तर्फ साविक विजेता पूर्वाञ्चलले १० स्वर्ण, ५ रजत सहित ६५ अंक ल्याएर प्याब्सन स्पोर्ट्स मिटको उपाधि जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त प्रतियोगितामा जुनियर तफ ३ स्वर्ण र चार रजत सहित ३० अंक ल्याएर सुन्दरहरैचाको सिद्धार्थ सेकेण्डरी स्कुल द्धितीय र सगरमाथा स्कुल तृतीय भएको छ । यस्तै विराटनगरको एभरेष्ट स्कुलले ३ स्वर्ण, ३ कास्य पदक सहित २१ अंक ल्याएर चौथो भएको छ । यसैगरी सिनियर तर्फको द्धितीय १५ अंक ल्याएर बिकेभिएम स्कुल र १३ अंक ल्याएर तेस्रो पथरीको एभरेष्ट स्कुल भएको छ ।

प्रतियोगिताको छात्रातर्फको उत्कृष्ट खेलाडी पूर्वाञ्चल एकेडेमीकी सृजना बि.क. घोषित भइन् । उनले खेलभरीमा ५ वटा स्वर्ण पदक जितेकी थिइन् । यसैगरी छात्रतर्फको उत्कृष्ट खेलाडी सिद्धार्थ स्कुलका सुवोध चौधरी घोषित भए । उनले २ स्वर्ण र १ रजत पदक जितेका थिए ।

बास्केटलमा बिकेभिएम च्याम्पियन ।

विराटनगरको बिकेभिएम स्कुलले बास्केटबलको उपाधि जितेको छ । एभरेष्ट स्कुललाई ५७–३५ सोझो सेटले हराउँदै बिकेभिएमले बास्केटबलको उपाधि जितेको हो । बास्केटबलको तेस्रो विराटनगरको सगरमाथा स्कुल भयो । सगरमाथाले सेन्टजोसेफ स्कुललाई ४८–१४ सेटले हरायो । खेलको उत्कृष्ट खेलाडी बिकेभिएमका गुणनन्द यादव घोषित भए ।

भलिबलको उपाधि चार स्कुललाई ।

भलिबलको जुनियर र सिनियर गरी चार स्कुलले उपाधि जितेको छ । जुनियरतर्फको छात्रातर्फको प्रथम बुढीगंगाको मोरङ पब्लिक स्कुल र जुनियर छात्रतर्फ विराटनगरको मोर्डन एरो स्कुलले जितेको छ ।
यसैगरी सिनियरतर्फ छात्रमा विराटनगरको कान्तिपुर कलेज र छात्रातर्फ पथरीको एभरेष्ट स्कुल प्रथम भएको छ ।

फुटबलको उपाधि सनरे र हरैचा मोडललाई

मोरङको रंगेलीमा रहेको सनरे बोर्डिङ स्कुल र हरैचा मोडल स्कुलले फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सनरेले जुनियरतर्फ र हरैचा मोडलले सिनियरबाट फुटबलको उपाधि जितेको हो । फाइनलमा सुन्दरहरैचाको सिदार्थ स्कुललाई २–० गोलले हराउँदै सनरेले फुटबलको उपाधि हात पारेको छ । जितको लागि सनरेको तर्फबाट जिवन यादव र अनुज खवासले गोल गरे । सिनियरमा टाइब्रकेरमा सेन्टजोसेफ स्कुललाई ५–४ गोलले हराउँदै हरैचा मोडलले फुटबलको उपाधि जितेको हो । निर्धारित समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको थियो ।

जुनियरतर्फको बेस्ट गोलकिपर सनरेका इशान्त धिमाल, बेस्ट डिफेन्टर साहिल थारु, बेस्ट मिड फिल्डर जिवन यादव, बेस्ट फरवार्ड सिद्धार्थ स्कुलका प्रशान्त न्यौपाने भए । म्यान अफ द म्याच सनरे स्कुलका अनोज खवास र बेस्ट कोचमा सनरे स्कुलका प्रशान्त खवास घोषित भए । माघ २६ देखि २८ गतेसम्म संचालन भएको प्याब्सन स्पोर्ट्स मिटमा जिल्लाभरीका २१० वटा प्याब्सनमा आवद्ध सदस्य विद्यालयबाट ३ हजार बढी विद्यार्थीहरूले एक दर्जन बढी प्रतियोगितामा भाग लिएको अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए । बिजेता हुने विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथ मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, राष्ट्रिय परीक्षा बोर्डका निर्देशक नरेन्द्र ढकाल, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकारम ढकाल, प्याबसन मोरङको निर्वतामान अध्यक्ष सीतला सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए ।

(सुसेली)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक