Connect with us
Advertisement

आदित्यले जब फ्यानलाई माइकले हाने…

Published

on

बलिउडको चर्चित नाम हो कलाकार तथा गायक आदित्य नारायण। उनको गायकी होस वा उद्घोषणको कलाले आदित्य बलिउडमा चर्चित छन्।

तर उनै आदित्यको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त भिडियोमा आदित्यले आफ्ना फ्यानलाई माइकले हानेको देखिन्छ।

कलेजको एक कन्सर्टमा पुगेका उनले गीत गाइरहेको बेला फ्यानलाई माइकले हानेका छन्।

कन्सर्टमा उनले गीत गाइरहेका थिए। त्यतिबेलै उनी एक फ्यानको नजिक पुग्छन्। फ्यानको हातमा माइकले हान्छन्। माइकले हानेपछि आदित्यले फ्यानको मोबाइल खोसेर फालिदिन्छन्। गीत गाउँदै स्टेजमा घुमिरहेका उनले मोबाइल फालिदिएपछि पनि गीत नै गाइरहेको भिडियोमा देख्न सकिन्छ।

आदित्य नारायण गायक उदित नारायणको छोरा हुन्।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

काठमाडौं–८ : प्रारम्भिक नतिजामै विराजभक्त भारी मतले अगाडि

Published

on

काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले भारी मतान्तरसहित सुरुवाती अग्रता लिएका छन् ।

बिहीबार भएको मतदानपछि जारी मतगणनामा उनले १७२४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गरेका छन् ।

Continue Reading

Banner

प्रतिनिधिसभाको चुनाव आज : मतदाता उत्साहित

Published

on

नवयुवाको आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत आज मतदान हुँदैछ । देशभरका मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।

मतदानको लागि मतदाता उत्साहित भएका छन् । मतदान गर्नकै लागि धेरैजना गाउँघर पुगेका छन् । कतिपय विदेशबाटसमेत फर्किएका छन् । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो चुनाव हो ।

यसअघि २०७४ र २०७९ सालमा चुनाव भएको थियो । ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’को हो । प्रत्यक्षतर्फ ६१ वटा चुनाव चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको चुनावमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता छन् ।

यस्तै, १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

चुनावी सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् ।

यस्तै चुनाव गराउन २ लाख १५ हजार कर्मचारी खटिँदैछन् । यसपटकको चुनावमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् ।

Continue Reading

Banner

अफ्रिकालाई सजिलै हराउँदै न्युजिल्यान्ड पुग्यो फाइनलमा

Published

on

न्युजिल्यन्ड आइसिसी टी-२० विश्वकप २०२६ को उपाधि नजिक पुगेको छ। बुधबार भारतको कोलकतास्थित इडन गार्डेन्समा दक्षिण अफ्रिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा पुगेको हो।

अब उपाधिका लागि न्युजिल्यान्डले भारत वा इंग्ल्यान्डमध्ये एक टोलीसँग आइतबार अहमदावादमा प्रतिस्पर्धा गर्नेछ। भारत र इंग्ल्यान्डबीच दोस्रो सेमिफाइनल बिहीबार मुम्बईको वानखेडे रंगशालामा हुँदैछ।

दक्षिण अफ्रिकाले  दिएको १७० रनको लक्ष्य न्युजिल्यान्डले एक विकेटको क्षतिमा १२.५ ओभरमै पूरा गर्दै जित निकाल्यो।

उसको जितमा ओपनिङ ब्याटर फिन एलेनले शतक प्रहार गरे। उनले नटआउट १०० रन बनाउने क्रममा ३३ बलमा १० चौका र ८ छक्का प्रहार गरे। एलेनले टी-२० विश्वकपकमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान बनाएका हुन्।

अर्का ओपनर टिम सेइफर्टले ३३ बलमा ५८ रन बनाएका थिए। रचिन रविन्द्रले नटआउट १३ रन बनाए।

त्यसअघि टस जितेको न्युजिल्यान्डले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा १६९ रन बनाएको हो।

एघार ओभर चल्दासम्म दक्षिण अफ्रिका खराब स्थितिमा थियो। उसले ५ विकेट गुमाइसकेको थियो भने केवल ७७ रन जोडेको थियो।

तर छैटौं विकेटका लागि ट्रिस्टन स्टब्स र मार्को यान्सेनले उत्कृष्ट साझेदारी गरेर दक्षिण अफ्रिकाको उद्दार गरे। १९औं ओभरसम्म दुईबीच छैटौं ओभरका ७३ रनको साझेदारी भयो। स्टब्सले २९ रन जोड्ने क्रममा २४ बलमा २ चौका र  १ छक्का प्रहार गरे।

यान्सेन भने नटआउट ५५ रन जोडे। उनले ३० बलमा २ चौका र ५ छक्का प्रहार गर्दा दक्षिण अफ्रिकाको स्कोरले १६९ रनसम्म पुगेको हो।

त्यसअघि दोस्रो ओभरमा दुई विकेट गुमाएपछि दबाबमा परेको दक्षिण अफ्रिका लागि डेवाल्ड ब्रेभिसले २७ बलमा ३४ रन जोडेका थिए।

सुरुमा २ विकेट १२ रनमा र त्यसपछि ७७/५ सम्म विकेट गएपछि यान्सेन र स्टब्सको साझेदारीले १५० सम्म पुर्‍यायो।
बलिङमा न्युजिल्यान्डका म्याट हेनरी, कोल म्याककोन्ची र रचिन रविन्द्रले २-२ विकेट लिएका थिए।

कोलले एक ओभर मात्र बलिङ गर्दा ९ रन दिएर २ विकेट (डि कक र रिकलटनलाई लगातार आउट) लिए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक