Connect with us
Advertisement

१२ लाख सकिंदा पत्ता नलागेको तीन वर्षीय छोराको रोग जब क्यान्सर पुष्टि भयो

Published

on

जनकपुरकी सजिना खातुन ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको चाइल्ड वार्ड अगाडि बसिरहेकी थिइन् तीन वर्षीय छोरा च्यापेर । डा. सुचारिता तुलाधर वार्डको राउन्ड लगाउन आउनै गर्दा उनी उत्सुकतापूर्ण हेरेर मुस्कुराउँछिन् ।

अस्पतालमा उनका तीन वर्षीय छोरा आसिफ आलमको आठ महिनादेखि क्यान्सरको उपचार भइरहेको छ । छोरा छिट्टै ठीक हुने आशा साँचेर बसेकी छिन् सजिना ।

दुई वर्षअघि आसिफ आँगनमा खेल्दा खेल्दै एक्कासि सानो खाल्डोमा खसे । उनलाई चोटपटक त लागेन तर एक्कासि ज्वरो आयो । ज्वरो १०२ डिग्रीभन्दा माथि आएपछि उनी आत्तिएर नजिकैको स्वास्थ्य संस्था पुगिन् ।

डाक्टरले ज्वरोको औषधि दिएर पठाए । तर औषधि खाएपछि पनि छोराको ज्वरो घटेन । उल्टै पेट फुल्न थाल्यो । त्यसपछि फेरि उनी स्वास्थ्य संस्था पुगिन् तर उनको छोराको समस्या पत्ता लागेन । त्यसैले त्यहाँका चिकित्सकले छोरालाई लिएर काठमाडौं जाने सल्लाह दिए ।

चिकित्सकको सल्लाहअनुसार सजिनाले छोरालाई लिएर काठमाडौं आइन् । महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा छोरालाई भर्ना गरिन् । त्यहाँ आसिफको सम्पूर्ण स्वास्थ्य जाँच गरियो । थेलेसिमिया हो कि भनेर त्यसको जाँच गरियो र बोनम्यारो जाँच पनि गरियो । यी सम्पूर्ण जाँचमा उनको लगभग तीन लाख रुपैयाँ खर्च भयो । २२ दिन अस्पतालमा बित्यो तैपनि रोग पत्ता लागेन ।

छोराको अवस्था झन् बिग्रिंदै गयो, पेट फुल्ने समस्या बढ्दै गयो, रगतको कमी पनि भयो, तर रोग पत्ता लाग्न सकेन । यता रोग पत्ता लाग्दैन उता छोराको अवस्था दिनप्रतिदिन बिग्रिंदै गएको देखेर सजिना आत्तिइन् । उनले डाक्टरलाई छोरालाई अन्त कतै रिफर गर्न अनुरोध गरिन् ।

डाक्टरले उनलाई दिल्लीको सर गंगाराम अस्पताल रिफर गरे । अब उनी छोराको रोग पत्ता लगाउन र उपचार गर्न श्रीमानका साथ दिल्ली पुगिन् । नयाँ ठाउँ नयाँ परिवेश त्यहाँ गएर कहाँ बस्ने के खाने केही कुराको टुंगो छैन । त्यहाँ पुगेर उनले डाक्टरलाई भेटिन् जनकपुर र काठमाडौंका अस्पतालको सबै रिपोर्ट देखाइन् ।

डाक्टरले पुरानो रिपोर्ट हेर्न मानेनन् र भने- ‘पहिलेको रिपोर्ट नदेखाउनुस् यहाँ फेरि सबै जाँच गर्नुस् म आफ्नै तरिकाले तपाईंको छोराको उपचार गर्छु । आसिफको स्वास्थ्य फेरि जाँच भयो । सम्पूर्ण जाँच गर्न लगभग सात लाख रुपैयाँ खर्च भयो । तैपनि छोराको रोग पत्ता लागेन । डाक्टरले भने- ‘केही समस्या देखा परेन । फेरि अर्को जाँच गर्नुपर्छ जसको रिपोर्ट आउन एक महिना समय लाग्न सक्छ ।’ डाक्टरको कुराले सजिनालाई थप दु:खी बनायो ।

उनको साथमा भएको सबै पैसा सकियो । अब भने उनलाई त्यहाँ थप बस्न मन लागेन, र थप अन्य जाँच पनि गर्न मन लागेन । त्यसैले उनी जनकपुर फर्किइन् ।

जनकपुर फर्किएपछि छोराको समस्या झन् बढ्दै गायो । साथै आँखा नजिक मासु पनि पलायो । अब उनी छोरालाई लिएर लहान नेत्र अस्पताल पुगिन् । आँखा नजिक पलाएको मासुलाई शल्यक्रिया गर्नुपर्ने र त्यहाँ शल्यक्रिया सम्भव नभएकाले त्यहाँबाट काठमाडौंको तिलगंगा आँखा अस्पताल रिफर गरियो ।

काठमाडौं आउने खर्च उनीसँग भएन । आफ्नो जमिनलाई धितो राखेर केही रकम जुटाएर उनी काठमाडौं आइन् । त्यसपछि पुगिन् तिलगंगा आँखा अस्पताल । त्यहाँ चिकित्सकले आसिफको आँखा नजिक पलाएको मासुको जाँच गरे । रिपोर्ट हेरेर त्यहाँ शल्यक्रिया नहुने भन्दै उनलाई पाटन अस्पताल जाने सल्लाह दिए ।

अब छोरालाई लिएर सजिना पुगिन् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान । अस्पतालमा उनको भेट बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्ट डा. सुचारिता तुलाधरसँग भयो । डा. तुलाधरले सम्पूर्ण रिपोर्ट हेरेर भनिन्, ‘तपाईंको छोरालाई क्यान्सरको जस्तो लक्षण छ बायोप्सी गरेर हेरौं । तब उनको छोराको बायोप्सी गरियो । उनको छोरालाई ‘एलसीएच क्यान्सर’ सेतो रक्त कोषिका अनियन्त्रित रूपमा बढेको कारण क्यान्सर भएको रहेछ ।’

डाक्टरको कुरा सुनेर सजिना आत्तिइन् र रुन थालिन् । छोरालाई क्यान्सर भएको सुन्नेबित्तिकै उनलाई गाह्रो भयो । डा. तुलाधरले उनलाई यो रोगको उपचार हुने भन्दै सम्झाइन्, ‘उपचारको लागि लगभग साढे दुई वर्ष लाग्छ । त्यो समयसम्म तपाई यतै बस्नुपर्छ । तपाईंको बस्ने खाने व्यवस्था यतै एउटा संस्थाको सहयोगमा हुन्छ । त्यसैले नआत्तिकन छोराको उपचार गर्नुस् ।’

डाक्टरको कुराले सजिनाको हिम्मत बढ्यो । विपन्न परिवारमा क्यान्सर भएका बालबालिकाको परिवारलाई बस्ने खाने सबै व्यवस्था मिलाउन एउटा संस्थाले सहयोग गर्ने रहेछ । उनी त्यही संस्थाको सहयोगमा छोराको उपचार गर्न काठमाडौंमा नै बस्ने भइन् ।

उपचार सुरु भयो उनको छोराको अवस्था बिस्तारै सुधार हुँदै गयो । आठ महिनादेखि उनको छोराको उपचार चलिरहेको छ । उनी एक्लै नै छोराको उपचारमा लागि परेकी छिन् । उनको श्रीमान् एक महिना अघि मात्र विदेश उडेका छन् । छोराको उपचारमा धेरै खर्च भएको हुँदा ऋण लागेको छ । त्यो ऋण तिर्न उनको श्रीमान् विदेश गए ।

‘श्रीमान् पनि साथमा छैनन्, दु:ख पर्दा रुने काँध छैन, सम्हाल्ने व्यक्ति पनि छैन,’ सजिना दु:ख पोख्छिन् ।

तीनवटा किमोथेरापी सकियो अब तीनवटा साइकल किमोथेरापी बाँकी छ । छोराको अवस्था सुधार भएसँगै उनी खुसी छिन् । उनलाई पाटन अस्पताल मन्दिर जस्तै लाग्न थालेको छ र चिकित्सक आफन्त जस्तै ।

उनी पाटन अस्पतालको उपचार र चिकित्सकको व्यवहारबाट सन्तुष्ट छिन् । रोग पत्ता लगाउनै धेरै ठाउँ भौतारिनु परे पनि छोराको उपचार भने सही ठाउँमा सही चिकित्सकबाट भइरहेकोमा उनी खुसी छिन् ।

छोराको अवस्थामा सुधार हुँदै गएको छ । उपचार कति लामो जान्छ अहिल्यै टुंगो लागिसकेको छैन । तर सजिनलाई हिम्मत भने दिएको छ, निको पारेर छोरालाई घर लैजान्छु ।

(OK HEALTH)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading

Banner

आज विश्वकर्मा मनाइँदै

Published

on

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।

Continue Reading

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक