Banner
नझरेका फूलहरूमा जीवन शर्मा !
नेपाली भाषा,साहित्य,कला,सङ्गीत र संस्कृतिका क्षेत्रमा विगत १० वर्षदेखि निरन्तर स्रष्टा समान,पलेँटी शृङ्खला र सिर्जना प्रस्तुतीकरण गर्दै आएको नझरेका फूलहरूले आफ्नो ४१औँ शृङ्खलामा प्रसिद्ध गायक तथा साहित्यकार जीवन शर्मा र कवि तथा गीतकार सूयर्मा राईलाई सम्मान गर्ने नझरेका फूलहरूका परिकल्पनाकार, व्यवस्थापक एवम् प्रस्तोता केपी घिमिरेले बताएका छन्।
सुन्दरहरैँचा १० विराटचोक स्थित प्लानेट लाउञ्जको प्राङ्गणमा फागुन १९ गते शनिवार बेलुका ६:३० बजेबाट सुरु हुने पलेँटी साँझ कार्यक्रमलाई यसपटक ‘पलेँटीमा सुर-सङ्गम’ नाम दिईएको नझरेका फूलहरूका प्रस्तोता एवम् गीतकार तथा सङ्गीतकार घिमिरेले बताए।
पलेँटीमा सुर-सङ्गम कार्यक्रममा प्रसिद्ध गायक तथा साहित्यकार जीवन शर्मा र गीतकार / कवि सूयर्मा राईलाई नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिने बताइएको छ। यसभन्दा अगाडि नै सम्मान गरिसकेका सर्जक जे.बी. थुलुङलाई पनि फेरि अर्कोपटक सुन्न पाइने भएको छ। कार्यक्रममा थुलुङका सिर्जनाहरू स्थानीय कलाकार साथै अलङ्कार कला केन्द्र बेलबारीले प्रस्तुत गर्ने र सर्जक थुलुङ स्वयम् सिर्जना प्रस्तुतिका लागि मञ्च उक्लने बताइएको छ।
नेपाली लोकगीत,आधुनिक गीत, राष्ट्रिय गीत तथा गजलमा विशेष कलम चलाउने थुलुङका ‘खोटाङ जिल्ला दिक्तेल बजार, तिमी गयौ र, देश कहिले, माया बिरानी, आज खुसीको ‘ लगायतका गीतहरू चर्चित छन् ।उनको ‘नथाक्ने मान्छे’ गजल सङ्ग्रह पनि बजारमा आइसकेको छ।
मोरङकै अर्का सर्जक सूयर्मा राईका गीतहरू पनि पलेँटी साँझमा प्रस्तुत गरिने छ। उनले कविता र गीतमा धेरै कलम चलाएका छन्। उनका फुटकर कविता र गीत प्रकाशित छन्। ६० दशक अगाडिदेखि रेडियो नेपालमा बजेका उनका गीतहरू नेपालका ख्यातिप्राप्त गायक गायिकाले गाएका छन्। कवि तथा गीतकार सूयर्मा राईको रचनाका गीतहरू दीप श्रेष्ठ ,कर्ण दास, भीषण मुकारुङ, जगदीश समाल, राजेशपायल राई लगायतका आवाजमा रेकर्ड भएर बजारमा आएका हुन् । युवा राजनीतिकर्मी समेत रहेका राईलाई यसपटको उनको साहित्यिक र साङ्गीतिक योगदानलाई कदर गरी सम्मान गर्न लागिएको नझरेका फूलहरूका प्रस्तोता घिमिरेले बताए।
यसपटकको कार्यक्रमका मुख्य आकर्षणका रूपमा भने प्रसिद्ध गायक,रचनाकार,सङ्गीतकार एवम् साहित्यकार जीवन शर्मालाई प्रस्तुत गर्न लागिएको छ।शर्माले लामो समयदेखि नेपाली जनजागरणका गीतहरूमा आफूलाई समर्पित गरेका छन्। उनले गाएका अधिकांश गीतहरू सर्वाधिक लोकप्रिय र जनताका ओठमा झुन्डिएका छन्। उनले साहित्य,सङ्गीत र कलाका क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानलाई आधार मानेर सम्मान गर्न लागिएको घिमिरेले जानकारी दिए।
कार्यक्रममा गायक शर्माले एक दर्जन बढी गीत सुनाउने बताइएको छ।
शर्माको स्वरमा रहेका ‘सिमली छायामा बसी, छेकेर छेकिन्न, लिस्ने लेखमा, आकाशैमा, पाल्पा रानीवन, सुसेली हालेर वनमा, सुकेर जाँदैन, सानो सानो, सागर भेट्न, चाहिँदैन मलाई’ लगायतका गीतहरू चर्चित छन्।
कार्यक्रममा सहभागिताका निम्ति दर्शकलाई सामाजिक सञ्जालबाट निमन्त्रणा समेत गरिसकिएको र निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक घिमिरेले जानकारी दिएका छन्।
Facebook Comment
Banner
सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी
नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।
ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।
सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।
नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।
Banner
विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण
सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।
संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्याएको छ,’ उनले भने ।
१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्याएको छ ।
लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।
सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।
उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।
Banner
नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै
नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।
त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।
यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login