Banner
नझरेका फूलहरूमा जीवन शर्मा !
नेपाली भाषा,साहित्य,कला,सङ्गीत र संस्कृतिका क्षेत्रमा विगत १० वर्षदेखि निरन्तर स्रष्टा समान,पलेँटी शृङ्खला र सिर्जना प्रस्तुतीकरण गर्दै आएको नझरेका फूलहरूले आफ्नो ४१औँ शृङ्खलामा प्रसिद्ध गायक तथा साहित्यकार जीवन शर्मा र कवि तथा गीतकार सूयर्मा राईलाई सम्मान गर्ने नझरेका फूलहरूका परिकल्पनाकार, व्यवस्थापक एवम् प्रस्तोता केपी घिमिरेले बताएका छन्।
सुन्दरहरैँचा १० विराटचोक स्थित प्लानेट लाउञ्जको प्राङ्गणमा फागुन १९ गते शनिवार बेलुका ६:३० बजेबाट सुरु हुने पलेँटी साँझ कार्यक्रमलाई यसपटक ‘पलेँटीमा सुर-सङ्गम’ नाम दिईएको नझरेका फूलहरूका प्रस्तोता एवम् गीतकार तथा सङ्गीतकार घिमिरेले बताए।
पलेँटीमा सुर-सङ्गम कार्यक्रममा प्रसिद्ध गायक तथा साहित्यकार जीवन शर्मा र गीतकार / कवि सूयर्मा राईलाई नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिने बताइएको छ। यसभन्दा अगाडि नै सम्मान गरिसकेका सर्जक जे.बी. थुलुङलाई पनि फेरि अर्कोपटक सुन्न पाइने भएको छ। कार्यक्रममा थुलुङका सिर्जनाहरू स्थानीय कलाकार साथै अलङ्कार कला केन्द्र बेलबारीले प्रस्तुत गर्ने र सर्जक थुलुङ स्वयम् सिर्जना प्रस्तुतिका लागि मञ्च उक्लने बताइएको छ।
नेपाली लोकगीत,आधुनिक गीत, राष्ट्रिय गीत तथा गजलमा विशेष कलम चलाउने थुलुङका ‘खोटाङ जिल्ला दिक्तेल बजार, तिमी गयौ र, देश कहिले, माया बिरानी, आज खुसीको ‘ लगायतका गीतहरू चर्चित छन् ।उनको ‘नथाक्ने मान्छे’ गजल सङ्ग्रह पनि बजारमा आइसकेको छ।
मोरङकै अर्का सर्जक सूयर्मा राईका गीतहरू पनि पलेँटी साँझमा प्रस्तुत गरिने छ। उनले कविता र गीतमा धेरै कलम चलाएका छन्। उनका फुटकर कविता र गीत प्रकाशित छन्। ६० दशक अगाडिदेखि रेडियो नेपालमा बजेका उनका गीतहरू नेपालका ख्यातिप्राप्त गायक गायिकाले गाएका छन्। कवि तथा गीतकार सूयर्मा राईको रचनाका गीतहरू दीप श्रेष्ठ ,कर्ण दास, भीषण मुकारुङ, जगदीश समाल, राजेशपायल राई लगायतका आवाजमा रेकर्ड भएर बजारमा आएका हुन् । युवा राजनीतिकर्मी समेत रहेका राईलाई यसपटको उनको साहित्यिक र साङ्गीतिक योगदानलाई कदर गरी सम्मान गर्न लागिएको नझरेका फूलहरूका प्रस्तोता घिमिरेले बताए।
यसपटकको कार्यक्रमका मुख्य आकर्षणका रूपमा भने प्रसिद्ध गायक,रचनाकार,सङ्गीतकार एवम् साहित्यकार जीवन शर्मालाई प्रस्तुत गर्न लागिएको छ।शर्माले लामो समयदेखि नेपाली जनजागरणका गीतहरूमा आफूलाई समर्पित गरेका छन्। उनले गाएका अधिकांश गीतहरू सर्वाधिक लोकप्रिय र जनताका ओठमा झुन्डिएका छन्। उनले साहित्य,सङ्गीत र कलाका क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानलाई आधार मानेर सम्मान गर्न लागिएको घिमिरेले जानकारी दिए।
कार्यक्रममा गायक शर्माले एक दर्जन बढी गीत सुनाउने बताइएको छ।
शर्माको स्वरमा रहेका ‘सिमली छायामा बसी, छेकेर छेकिन्न, लिस्ने लेखमा, आकाशैमा, पाल्पा रानीवन, सुसेली हालेर वनमा, सुकेर जाँदैन, सानो सानो, सागर भेट्न, चाहिँदैन मलाई’ लगायतका गीतहरू चर्चित छन्।
कार्यक्रममा सहभागिताका निम्ति दर्शकलाई सामाजिक सञ्जालबाट निमन्त्रणा समेत गरिसकिएको र निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक घिमिरेले जानकारी दिएका छन्।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login