
Banner
सुन्दर होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा उत्सब थापा सर्वसम्मत
सुन्दरहरैचा । मोरगंको सुन्दरहरैचा क्षेत्रका होटल व्यवसायीहरुको संस्था सुन्दर होटल तथा पर्यटन व्यवसायी संघ सुन्दरहरैचाको प्रथम अधिवेशनले पुनः उत्सव थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्मत रुपमा चयन भएको सुन्दर होटल तथा पर्यटन व्यवसायी संघ मोरगंको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा कुलवहादुर श्रेष्ठ ,उपाध्यक्षद्धय रामवहादुर लिम्बु र गोमा श्रेष्ठ , महासचिवमा आकास दुलाल , सचिवमा स्थीरवहादुर कटुवाल कोषाध्यक्षमा नगेन्द्रमणी पौडेल र सहकोषाध्यक्षमा चुर्णवहादुर विष्टलाई अधिवेशनले चयन गरेको हो ।
त्यसै गरी सदस्यहरुमा बबिता पोखरेल, नारायण भण्डारी , जयकुमार राई , हिमा पोखरेल ,नविन खनाल , मनु श्रेष्ठ,दुर्गा पौडेल,रेवत अधिकारी,फुलमाया तामाङ रहेका छन भने सल्लाहकारमा तेजबहादुर पुरी,कृष्ण प्रसाद रिजाल,जिवन ढुंगाना लगायतका रहेका छन् ।
होटल व्यवसायी महासंघका उपाध्यक्ष देवी गौतम रविनको प्रमुख आथित्यमा भएको पहिलो साधारण सभा तथा बनभोज कार्यक्रममा प्रमुख अथिती गौतमले होटल व्यवसायीहरुको कान्छो संस्थाका रुपमा रहेको सुन्दर होटल तथा पर्यटन व्यवसायी संघ मोरगंले आगामी दिनमा महत्वपुर्ण काम गर्ने विश्वास व्यक्त गरे । सुन्दरहरैचा नगरपालिका क्षेत्रका एक सय बढी होटल ब्यवसायीहरुको संघमा आवद्ध रहेको छ ।

सुन्दरहरैचामा पर्यटक भित्रयाउन र होटलहरु लाई चलायमान गर्नका लागी प्रदेश तथा स्थानिय सरकार संग कार्यक्रमहरु ल्याउने पहल गर्ने र होटल ब्यवसायीहरु लाइ एकजुट भएर संघलाई सहयोग गर्न पनी अध्यक्ष थापाले आग्रह गरे ।
कार्यक्रममा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरी , सचिव माधव दाहाल तथा इटहरी होटल तथा लज व्यवसायी समितिका अध्यक्ष उमानाथ दाहाल उमेश लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।

Continue Reading
Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login