Banner
संखुवासभाको खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार
संखुवासभाको सदरमुकाम खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन् । खाँदबारी नगरपालिका –७ स्थित आर्मी क्याम्प नजिकै घरायसी विवादमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका हुन् । गए राति खाँदबारी–७ स्थित आर्मी क्याम्प नजिकै २६ वर्षीया विना राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेवुले जानकारी दिएका छन् ।
घरायसी विवाद हुँदा खाँदबारी नगरपालिका–११ आङ्ला घर भई खाँदबारी बस्ने २७ वर्षीय मंसिरे शेर्पाको कुटपिटबाट श्रीमती विनाको हत्या भएको प्रहरी निरीक्षक जगेवुले जानकारी दिए । शेर्पाले कुटपिट गरी श्रीमती विनाको हत्या गरेको खुल्न आएको प्रहरी निरीक्षक जगेवुले बताएका छन् ।
मृतक राईको शरीरका विभिन्न भागमा चोट र नीलडाम देखिएको छ । हत्या लगत्तै शेर्पा फरार भएकाले शेर्पाको खोजी भइरहेको प्रहरीले जनाएको छ । शेर्पा खाँदबारी नगरपालिका –११ आङ्ला घरभई खाँदबारी नगरपालिका–१ मा बस्दै आएका थिए ।घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि संखुवासभा जिल्ला अस्पतालमा राखिएको छ । शेर्पा केही वर्षयता सवारी चालक पेशामा आबद्ध थिए । प्रहरीले हत्याको विषयमा अनुसन्धान थालेको छ ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login