समाचार
३ वर्षे स्नातक तह लागू हुन समय लाग्छ : उपकुलपति बराल
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बरालले स्नातक तह यसै वर्ष तीन वर्षे बनाउन सम्भव नहुने बताएका छन् ।
बरालले उपकुलपति पद बहाली हुँदा मानविकी तथा व्यवस्थापन संकाय चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउने घोषणा गरेका थिए ।
उपकुलपतिको घोषणाले यी संकायहरुमा अध्ययनरत विद्यार्थीहरुलाई यही वर्षदेखि तीन वर्षे हुने हो वा अर्को वर्षदेखि भन्ने अन्योल सिर्जना भएपछि उपकुलपति बरालले यो वर्षदेखि सम्भव नहुने स्पष्ट पारेका हुन् ।
उनले भने, ‘यो वर्षदेखि स्नातकलाई तीन वर्षे कार्यक्रम बनाउन सम्भव हुँदैन किनभने त्यसको लागि धेरै कामहरु गर्नुपर्ने हुन्छ ।’
चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउनको लागि पाठ्यक्रम नै परिमार्जन गर्नुपर्ने भएकोले समय लाग्ने बताए । उनले टिम बनेपछि (रेक्टर तथा रजिष्ट्रार नियुक्ति भएपछि) छलफल गरेर प्रक्रिया थाल्ने बताए ।
सञ्चालनमा रहेको चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउनको लागि पाठ्यक्रम परिमार्जनको लागि सम्बन्धित संकायहरु तथा विद्यार्थीहरुसँग छलफल गर्ने, विषय समितिहरुसँग छलफल गरेर निर्णय गर्ने बताए । निर्णय भइसकेपछि पनि विभिन्न प्रकृयाहरु पूरा गर्नुपर्ने भएकोले समय लाग्ने उनको भनाइ छ ।
छिमेकी मुलुक तथा अमेरिकामा पनि तीन वर्षे स्नातक सञ्चालन भइरहेको र नेपालको लागि पनि तीन वर्षे स्नातक नै उपयुक्त हुने भएकोले तीन वर्षे बनाउनुपर्ने उपकुलपति बरालले तर्क गर्दै आएका छन् । तर, यूरोप तथा अमेरिका जहाँ चार वर्षे स्नातक पढाइ हुन्छ त्यस्ता देश जान चाहने विद्यार्थीको लागि थप एक वर्षे कोर्ष राख्ने गरी परिमार्जन गर्ने बताए ।
Facebook Comment
Banner
छोरालाई जिउँदै जलाउनेलाई सजाय दिलाउन जो साढे १६ वर्ष लडे
छोरालाई जिउँदै जलाउनेलाई सजाय दिलाउन जो साढे १६ वर्ष लडे
Banner
स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टर विराटचोकको तेस्रो वार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टर विराटचोकको तेस्रो वार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिमहलको प्राङ्गण विराटचोकमा वृहत् खुल्ला रक्तदान कार्यक्रम भएको हाे ।
सञ्चालन : केपी घिमिरे
सभापति : दीपक गुरुङ (स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टरका सञ्चालक)
प्रमुख अतिथि : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ललित धिमाल
विशिष्ट अतिथि : समाजसेवी ललितबहादुर श्रेष्ठ
विशिष्ट अतिथि : साहित्यकार पुरन राई
विशिष्ट अतिथिहरू क्रमशः नेपाल बडी बिल्डिङ सङ्घका निर्णायक कबिरभगत श्रेष्ठ, अन्तर्राष्ट्रिय रेफ्री कुन्ती गुरुङ,
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू: मनोज सुवेदी, रिक्की थापामगर, गोविन्द बिशङ्खे,विशाल पौडेल
अतिथिहरू क्रमश: सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घ अध्यक्ष नारायण कार्की, सुन्दरहरैँचा कला साहित्य विकास समिति अध्यक्ष छवि वैरागी घिमिरे, युवा अग्रज समाजसेवी रञ्जन ओझा, मिराजजंग थापा,खगेन्द्र रिजाल, बलु विष्ट, पत्रकार खेमचन्द्र अधिकारी (शिखरबास अनलाइन), कृष्णचन्द्र सुवेदी ( पूर्वी अनलाइन) लगायत खेल र फिटनेस क्षेत्रका करिब ३ दर्जन बढी अतिथिको सहभागिता रहेको थियो।
स्वागत मन्तव्य : जिम सञ्चालक कृष्ण दाहाल।
कार्यक्रममा ६० जना भन्दा बढीले रक्तदान गरेका थिए।
विराटचोक ,मोरङ
Banner
अफताब आलमसहित चारजनालाई जन्मकैद सजाय
अफताब आलमसहित चारजनालाई जन्मकैद सजाय
कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमसमेत चारजनालाई जन्मकैदको सजाय सुनाइएको छ। जिल्ला अदालत रौतहटले लापरबाहीपूर्वक काम गरी ज्यान मारेको तथा विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान लिएको अभियोगमा सजाय तोकिएको हो।
रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले यस्तो फैसला गरेका हुन्। अदालतका स्रेस्तेदार उद्धव ढोडारीले आलमका साथै महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाइएको जानकारी दिए।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login