Connect with us
Advertisement

नोवेलमा सर्जरीबाट झिकियो मुटु ढाकेको बाक्लो झिल्ली

Published

on

मुटुलाई ढाकेर बसेको बाक्लो झिल्लीको कारण मुटुको कार्य क्षमतामा कमी आई शरीरको अङ्गहरूमा समस्या आएको मोरङ्ग सुन्दरहरैचा १० का एक जना बिरामीको केही दिन अगाडि नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सफल शल्यक्रिया भएको छ ।

नोवेलको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. लोकेश यादव तथा डा. प्रमाण शर्मा नेतृत्वको शल्यचिकित्सक टोलीले बिरामीको पेरिकार्डियोक्टोमी नामक शल्यक्रिया गरेको हो ।

उनमा करिब चार पाँच महिना अगाडि देखि पेट फुल्लिने, सुन्निने समस्या देखा परेको र हिँडडुल गर्दा थकान हुने भए पछि विभिन्न स्थानमा उपचार गराउँदा ग्यास्ट्रिकको औषधी सुरु भएको थियो । तर समस्या समाधान नभए पछि उनी नोवेल शिक्षण अस्पताल आएका थिए ।

सुरुमा इण्डोस्कोपी गरिएको थियो तर चिकित्सकले उनलाई एक पटक मुटुरोग विभागमा गई जाँच गर्न सुझाएका थिए । मुटुरोग विभागमा जाँचको क्रममा उनको मुटुमा पानी जमिएको थाहा भयो । सि.टि.भि.एस. सर्जन डा. लोकेश यादवका अनुसार उनको मुटुलाई बाक्लो झिल्लीले ढाकेको कारण मुटुले राम्ररी काम गर्न नसकेको हुँदा शरीरमा समस्या देखा परेको थियो ।

यो समस्यालाई कन्स्ट्रीक्टिभ पेरिकार्डाइटिस  (Constrictive Pericarditis) भनिन्छ । उपचारको क्रममा सुरुमा डायग्नोष्टिक पेरिकार्डियोटोमी गरियो । पछि ओपन हार्ट सर्जरी मार्फत उनको मुटु वरपर भएको बाक्लो झिल्ली हटाउने शल्यक्रिया भयो । यो शल्यक्रियालाई पेरिकार्डियोक्टोमी भनिन्छ । हाल बिरामीको अवस्था सामान्य रहेको र डिस्चार्ज भई सकेको छ ।

बिरामीहरूमा यस्तो समस्या हुने कारणको बारेमा कुरा गर्दा डा। लोकेश बताउँछन् । यो नेपालमा प्राय क्षयरोगको कारणले हुने गरेको पाइएको छ । विभिन्न सङ्क्रमणले गर्दा पनि यस्तो समस्या उत्पन्न हुन सक्दछ । मुटु र नशा वरपरको झिल्लीले एक किसिमको सुरक्षाको कार्य गर्दछ । तर झिल्ली बाक्लो भएमा मुटु र नशाको तन्किने खुम्चिने कार्य अर्थात् लचकपन कम हुन्छ । अनावश्यक दबाब बढ्न जान्छ । अनि विभिन्न समस्या उत्पन्न हुन्छ ।

विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले ओपन हार्ट सर्जरी सेवा सुरु गरे यता पूर्वी नेपालका बिरामीहरूलाई स्वास्थ्य उपचार प्राप्त गर्ने भरपर्दो र आकस्मिक अवस्थामा छिटो सेवा प्राप्त गर्ने आधार भएको छ । नोवेलमा अत्याधुनिक उपकरण सहितको सुविधा सम्पन्न भौतिक पूर्वाधार एवं दश जना विशेषज्ञ चिकित्सक सहित कार्डियोलोजी र ओपन हार्ट सर्जरी सेवा सञ्चालनमा छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी

Published

on

नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।

ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।

सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।

नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

Continue Reading

Banner

विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण

Published

on

सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्‍याएको छ ।

लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।

सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्‌पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।

उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।

Continue Reading

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक