Connect with us
Advertisement

ब्यक्तिगत पहिचानको अनधिकृत प्रयोगबाट ठगी गर्ने संगठित गिरोह सुन्दरहरैँचाबाट पक्राउ

Published

on

ब्यक्तिगत पहिचानको अनधिकृत प्रयोगबाट ठगी गर्ने संगठित गिरोह सुन्दरहरैँचाबाट पक्राउ
मोरङको सुन्दरहरैचा नगरपालिका ८ सलकपुरका स्थानिय ब्यक्तिहरूलाई नि:स्वार्थ आर्थिक सहयोग गर्ने र आफु परोपकारी संस्था डब्लु बि.एस.सी कम्पनीबाट आएको भन्ने प्रलोभनमा पारी ३० जना भन्दा बढि ब्यक्तिहरूलाई जनही १ हजार र १ हजार ५ सयका दरले रकम उपलब्ध गराई सम्बन्धित स्थानीय ब्यक्तिहरूको नागरिकताको प्रतिलिपी र फोटो लिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे छ ।
गैह्र कानूनी क्रियाकलाप सम्बन्धी सूचना प्रहरीलाई प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ नयाँबजार बस्ने २३ बर्षिया सुनिता खत्रीलाई नियन्त्रणमा लिएको हाे ।
उनीहरूले ब्यक्तिगत पहिचानको आधिकारिक कागजपत्र प्राप्त गरी सोको दुरूपयोग गर्दै अनधिकृत रूपमा इसेवा, खल्ती लगायतका डिजिटल वालेटहरूको खाता खोल्ने र अनलाइन माध्यमबाट ठगी गर्ने कार्यमा संलग्न विदेशी नागरिक समेतलाई पक्राउ गरेकोे हाे ।
पक्राउ ब्यक्तिहरू बंगलादेश पल्लाबी ढाका बस्ने बर्ष ४९ को बंगलादेशी नागरिक महमद महबुर हुसेन , बंगलादेश सितागन्ज बस्ने बर्ष ३७ को बंगलादेशी नागरिक महमद तानबिर हुसेन रहेका छन् ।
उनीहरूका साथबाट सिमकार्ड १५ थान, राहदानी २ थान , नगद रू ५ हजार १ सय ५०, एटीएम कार्ड २ थान , मोवाईल ४ थान बरामद गरेको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत माेरङमा बुझाई अनुसन्धान अघि बढाईएकाे प्रहरीले जनाएको छ ।
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

छोरालाई जिउँदै जलाउनेलाई सजाय दिलाउन जो साढे १६ वर्ष लडे

Published

on

छोरालाई जिउँदै जलाउनेलाई सजाय दिलाउन जो साढे १६ वर्ष लडे

२२ वर्षे छोरा त्रिलोकलाई जिउँदै इाटाभट्टामा हालेर मार्ने कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमसहितलाई सजायको माग गर्दै अनवरत अदालत धाएका श्रीनारायण सिंह (८३) ले खर्च धान्न ३ बिघा जमिनसमेत बेचे
Continue Reading

Banner

स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टर विराटचोकको तेस्रो वार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

Published

on

स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टर विराटचोकको तेस्रो वार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिमहलको प्राङ्गण विराटचोकमा वृहत् खुल्ला रक्तदान कार्यक्रम भएको हाे ।

सञ्चालन : केपी घिमिरे
सभापति : दीपक गुरुङ (स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टरका सञ्चालक)
प्रमुख अतिथि : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ललित धिमाल
विशिष्ट अतिथि : समाजसेवी ललितबहादुर श्रेष्ठ
विशिष्ट अतिथि : साहित्यकार पुरन राई
विशिष्ट अतिथिहरू क्रमशः नेपाल बडी बिल्डिङ सङ्घका निर्णायक कबिरभगत श्रेष्ठ, अन्तर्राष्ट्रिय रेफ्री कुन्ती गुरुङ,
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू: मनोज सुवेदी, रिक्की थापामगर, गोविन्द बिशङ्खे,विशाल पौडेल
अतिथिहरू क्रमश: सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घ अध्यक्ष नारायण कार्की, सुन्दरहरैँचा कला साहित्य विकास समिति अध्यक्ष छवि वैरागी घिमिरे, युवा अग्रज समाजसेवी रञ्जन ओझा, मिराजजंग थापा,खगेन्द्र रिजाल, बलु विष्ट, पत्रकार खेमचन्द्र अधिकारी (शिखरबास अनलाइन), कृष्णचन्द्र सुवेदी ( पूर्वी अनलाइन) लगायत खेल र फिटनेस क्षेत्रका करिब ३ दर्जन बढी अतिथिको सहभागिता रहेको थियो।
स्वागत मन्तव्य : जिम सञ्चालक कृष्ण दाहाल।

कार्यक्रममा ६० जना भन्दा बढीले रक्तदान गरेका थिए।

विराटचोक ,मोरङ

Continue Reading

Banner

अफताब आलमसहित चारजनालाई जन्मकैद सजाय

Published

on

अफताब आलमसहित चारजनालाई जन्मकैद सजाय

कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमसमेत चारजनालाई जन्मकैदको सजाय सुनाइएको छ। जिल्ला अदालत रौतहटले लापरबाहीपूर्वक काम गरी ज्यान मारेको तथा विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान लिएको अभियोगमा सजाय तोकिएको हो।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले यस्तो फैसला गरेका हुन्। अदालतका स्रेस्तेदार उद्धव ढोडारीले आलमका साथै महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाइएको जानकारी दिए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक