Banner
सुन्दरहरैँचा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कार्की, सबै पदमा सर्वसम्मत
सुन्दरहरैँचा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कार्की, सबै पदमा सर्वसम्मत
सुन्दरहरैँचा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कार्की सर्वसम्मत निर्वाचित हूनूभएको छ । नयाँ कार्य समीती सर्वसम्मत चयन भएको हो । निर्वाचन समितीले आज निर्विरोध निर्वाचित भएको घोषणा गर्दै सबै पदमा एकल उम्मेद्वारि परेकाले सबै पदाधिकारि सदस्य, लेखासमिती सर्वसम्मत भएको निर्वाचन समितीका संयोजक राम प्रसाद गजूरेलले जानकारि दिनूभयो । कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद ढकाल,प्रथम उपाध्यक्ष डोलेश्वर तिम्सिना (नविन) उद्योग उपाध्यक्षमा नगेन्द्रप्रसाद दाहाल,वाणिज्य उपाध्यक्षमा उज्वल थापा अन्तराष्ट्रिय उपाध्यक्षमा डिल्लीप्रसाद ढकाल महासचिवमा हरि कार्की उपमहासचिव रामकृष्ण खड्का उद्योग सचिवमा शारदा प्रसाद ढकाल वाणिज्य सचिवमा रामकुमार बस्नेत (विप्लव),एसोसिएट सचिवमा मनोज गुरागाई कोषाध्यक्षमा कृष्ण प्रसाद ओझा लेखा समिति संयोजकमा रुद्र थापा लेखा सदस्यमा धरणीधर दाहाल र कृष्ण प्रसाद आचार्य खुल्ला सदस्यहरुमा माधव शिवा,मोहन पोख्रेल,नवराज खरेल,गोपाल फुयाल ,टिकाबहादुर कडेल,प्रदिप मास्के महिला सदस्यहरुमा यसोदा चापागाईं ,अनिता अधिकारी,पद्मा भट्टराई खुद्रा व्यवसायी संघबाट कृष्ण प्रसाद पराजुली होटल तथा पर्यटन सदस्य संघबाटआकाश दुलाल,सुनचाँदी व्यवसायी संघबाट सुजाता पौडेल सदस्यमा निर्वाचित हुनूभएको हो । अहिलेको बजार आर्थिक संकटबाट गूज्रिरहेको अबस्थामा सून्दरहरैँचा उद्योग वाणिज्य संघले सर्वसम्मत रुपमा समिती चयन गर्ने निर्णय गरेको थियो । सोहि अनूरुप सून्दरहरैचामा क्रियासिल राजनैतिक दललाई पनि पाटीगत रुपमा उम्मेदवार नउठाउन र सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नका लागीआग्रह गरे अनूसार राजनैतिक दलहरुले पनि सबै राजनैतिक दलको प्रतिनिधित्व हुने गरि सहमति गरेका थिए । सोहि अनूसार सबैको सहमतिमा नयाँ कार्यसमिती चयन गरेका नवनिर्वाचित अध्यक्ष नारायण कार्कीले बताउनूभयो ।

Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login