समाचार
ट्राफिक प्रहरीले फेला परेका सवारी साधन सम्पर्कमा आएका सम्बन्धित सवारी धनीलाई हस्तान्तरण
हराएका सवारी साधन फेला पारी सम्वन्धित सवारी धनीलाई हस्तान्तरण
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीमा आयोजित एक कार्यक्रम बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले ट्राफिक प्रहरीले फेला परेका सवारी साधन सम्पर्कमा आएका सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्नु भएको छ । बिहिबार बिहान भएको हस्तान्तरण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले ट्राफिक प्रहरीले फेला पारेको सवारी साधनहरु मध्ये ३ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्नु भएको हो ।
हस्तान्तरण कार्यक्रममा वहाँले सम्पुर्ण सवारी धनी तथा चालकहरुलाई आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न तथा सवारी पार्किङ गरे पश्चात ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक अनिवार्य लगाउन र सुरक्षा साइरनहरु सवारीमा जडान गर्नका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा सवारी पार्किङ नगर्न समेत अनुरोध गर्नु भयो । उक्त कार्यक्रममा सम्वन्धित सवारी धनीले आफ्नो हराएको सवारी साधन फेला पारी आफुहरुलाई जिम्मा दिएकोमा ट्राफिक प्रहरीको प्रसंसा गर्नु भएको थियो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा प्राप्त भएको निवेदनका आधारमा हराएको सवारी साधन खोजी गर्ने क्रममा कोशी प्रदेशका बिभिन्न स्थानमा नक्कली नम्बर प्लेट राखेर चलाएको तथा सवारी साधनको आवश्यक कागज पत्र नभएको २१ वटा मोटरसाईकल, ६ वटा चारपाङ्ग्रे साना सवारी र एउटा अटो टेम्पो ट्राफिक प्रहरीले फेला पारेको छ भने ९ वटा मोटरसाईकल र २ वटा चारपाङ्रग्रे सवारी साधन सम्वन्धित सवारी धनीलाई जिम्मा बुझाई सकेको छ ।
:कोशी प्रदेश कार्यालय
Facebook Comment
Banner
इलाम २ मा एमालेका सुहाङको फराकिलो अग्रता
इलाम २ मा एमालेका सुहाङको फराकिलो अग्रता
समाचार
उर्लाबारीमा नोवेल शिक्षण अस्पतालको स्वास्थ्य शिविरमा, २८५ जनाको गरियो मुटु परीक्षण
मोरङ / नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र सामुदायिक विकास मञ्च, उर्लाबारी ६ को आयोजनामा बिहिबार गते उर्लाबारी ६ स्थीत महारुद्र शिवालय मन्दिरको प्राङ्गणमा एक दिवसिय निःशुल्क मुटु रोग परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । सामुदायिक विकास मञ्चको आयोजनामा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मुटुरोग विशेषज्ञ डा. सुशान्त कटुवाल नेतृत्वको मुटु विभागका चिकित्सक सहितको स्वास्थ्य टोलीले स्वास्थ्य उपचार सेवा प्रदान गरेको हो।
स्वास्थ्य शिविरमा ११५ जना पुरुष र १७० जना महिला गरी २८५ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त क्रममा २८५ जना विरामीको निःशुल्क इकोकार्डियोग्राम, ई. सि. जि. गरिएको छ ।
Banner
शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिले बिरामीलाई सहजता, के हो ए. एस. डी. क्लोजर प्रविधि ?
मोरङ । लेटाङका एक जना २३ वर्षका युवकको मुटुको प्वाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ निवासी अमिस मगरको विना शल्यक्रिया नोबेलका मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर प्रविधिबाट मुटुको जन्म जात प्वाल टालेको हो ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login