Banner
बैशाख २ गते पलेँटी साँझ हुने !
बिराट्चोक, मोरङ : केपी घिमिरेको एक्लो अभियानका रूपमा मोरङबाट सञ्चालित नझरेका फूलहरू कार्यक्रम दसौँ वर्षमा प्रवेश गर्दैछ। हालसम्म ४१ औँ शृङ्खला आयोजना भइसकेको पलेँटी संस्करणमा दुईसयभन्दा बढी ख्यातिप्राप्त स्रष्टालाई सम्मान गरिसकिएको छ।आजभन्दा दस वर्ष अगाडि मोरङको विराटचोकबाट केपी घिमिरे एक्लैले आफ्नै परिकल्पना, व्यवस्थापन र प्रस्तोताका रूपमा आरम्भ गरेको नझरेका फूलहरू पलेँटी साँझले यही बैशाख २ गते हरैँचामोडको रोजाइ मन्टेश्वरीको प्राङ्गणमा वार्षिकोत्सव, पलेँटी शृङ्खला, नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान,स्रष्टा सम्मान एवम् चियापान समारोह सहित ४२औँ शृङ्खला आयोजनाको तयारी गर्दैछ।
यसपटकको पलेँटी साँझमा गायक कृष्णराजा श्रेष्ठले एकदर्जन बढी विभिन्न भाषाका गीतहरू प्रस्तुत गर्ने नझरेका फूलहरूले जानकारी दिएको छ।कार्यक्रममा गायक श्रेष्ठलाई “नझरेका फूलहरू स्रष्टा सम्मान -२०८१” प्रदान गरिनेछ।
नेपाली भाषा,साहित्य,कला,संस्कृति र सङ्गीतको संरक्षण र संवर्द्धनका निम्ति ‘केपी घिमिरे सांस्कृतिक प्रतिष्ठान नेपाल’ स्थापना गरेर कलाकार राष्ट्रका गरिमा,निधि र पहिचान हुन् भन्ने मुख्य अभिप्रायले घिमिरेले यो अभियान सुरु गरेका हुन्। बैशाख २ को कार्यक्रममा प्रमुख अतिथि साहित्यकार मनु मन्जिल रहने बताइएको छ।
नझरेका फूलहरूले अहिलेसम्म गायनशिरोमणि रामकृष्ण ढकाल, मीरा राणा,ज्ञानु राणा, दीप श्रेष्ठ, मुरलीधर, गणेश रसिक, सीताराम ताजपुरिया, कविता आले, शम्भु राई, लाक्पा शेर्पा, राजु सिंह, रेखा शाह, तुलसी पराजुली, हेमन्त शर्मा, कुबेर नेपाली, नेत्र घिमिरे, लेखु विवश, मनु मन्जिल, कृष्णभक्त राई, हेमन्त शर्मा, कर्ण दास, नवल खड्का, हेमन यात्री, शिशिर योगी, एल. पी. जोशी, लक्ष्मी मादेन, मीनकुमार नवोदित श्रेष्ठ, छवि वैरागी घिमिरे, तृष्णा गुरुङ, काव्य आचार्य, राज सिग्देल, जे बी थुलुङ, श्रीकृष्ण लुइँटेल, लक्ष्मी बजगाईँ, रामा मण्डल, नवराज लम्साल, गणेश पराजुली, यशोदा पराजुली, ताराप्रकाश लिम्बू, सूयर्माराज राई, वीपी सिंह, विकास सुनार, सुरेश गन्धर्व, किरण टी लिम्बू, भीम बस्नेत, अजर जङ्गम, रेखा सुवेदी, बादलदेवी चाम्लिङ, सृष्टि हिङमाङ, सुनिता लिम्बू, पम्फा चाहार, दुर्गा पराजुली, भूमा अधिकारी, यमुना पराजुली, गणेश लामा, तिला लेकाली, राजन राई, सत्यकला राई, रमेश कार्की लगायतका स्रष्टालाई सम्मान गरिसकेको छ। कलाकार राष्ट्रका गरिमा,निधि,पहिचान र प्रतिष्ठा भएकाले जीवित छँदाछँदै सम्मान गर्नुपर्ने प्रस्तोता घिमिरेले बताएका छन्।

आन्तरिक पर्यटन प्रवर्द्धन ,कलाको प्रोत्साहन र सर्जकको सम्मानलाई मूल विषयवस्तु बनाएर नेपालको पूर्वबाट निरन्तर अभियानमा लागेका नझरेका फूलहरूका एक्लो संस्थापक, व्यवस्थापक र प्रस्तोता घिमिरेलाई साहित्य,कला र सङ्गीतप्रेमी केही शुभचिन्तकहरूको हौसला र झिनो सहयोग अलावा कुनै तह र तप्काबाट हालसम्म कुनै मद्दत नपुगेको बताइन्छ।
स्थानीय रेडियो र संस्थागत बोर्डिङ स्कुलमा नोकरी गर्ने घिमिरेले त्यसैबाट प्राप्त ज्याला खर्च गरि कार्यक्रम आयोजना गर्ने गरेको घिमिरे स्वयंले बताएका छन्।
नझरेका फूलहरूले हरेक शृङ्खलामा ख्यातिप्राप्त स्रष्टालाई नियमित नगदसहित सम्मान गर्दै आएको छ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login