Connect with us
Advertisement

बैशाख २ गते पलेँटी साँझ हुने !

Published

on

बिराट्चोक, मोरङ : केपी घिमिरेको एक्लो अभियानका रूपमा मोरङबाट सञ्चालित नझरेका फूलहरू कार्यक्रम दसौँ वर्षमा प्रवेश गर्दैछ। हालसम्म ४१ औँ शृङ्खला आयोजना भइसकेको पलेँटी संस्करणमा दुईसयभन्दा बढी ख्यातिप्राप्त स्रष्टालाई सम्मान गरिसकिएको छ।आजभन्दा दस वर्ष अगाडि मोरङको विराटचोकबाट केपी घिमिरे एक्लैले आफ्नै परिकल्पना, व्यवस्थापन र प्रस्तोताका रूपमा आरम्भ गरेको नझरेका फूलहरू पलेँटी साँझले यही बैशाख २ गते हरैँचामोडको रोजाइ मन्टेश्वरीको प्राङ्गणमा वार्षिकोत्सव, पलेँटी शृङ्खला, नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान,स्रष्टा सम्मान एवम् चियापान समारोह सहित ४२औँ शृङ्खला आयोजनाको तयारी गर्दैछ।

यसपटकको पलेँटी साँझमा गायक कृष्णराजा श्रेष्ठले एकदर्जन बढी विभिन्न भाषाका गीतहरू प्रस्तुत गर्ने नझरेका फूलहरूले जानकारी दिएको छ।कार्यक्रममा गायक श्रेष्ठलाई “नझरेका फूलहरू स्रष्टा सम्मान -२०८१” प्रदान गरिनेछ।

नेपाली भाषा,साहित्य,कला,संस्कृति र सङ्गीतको संरक्षण र संवर्द्धनका निम्ति ‘केपी घिमिरे सांस्कृतिक प्रतिष्ठान नेपाल’ स्थापना गरेर कलाकार राष्ट्रका गरिमा,निधि र पहिचान हुन् भन्ने मुख्य अभिप्रायले घिमिरेले यो अभियान सुरु गरेका हुन्। बैशाख २ को कार्यक्रममा प्रमुख अतिथि साहित्यकार मनु मन्जिल रहने बताइएको छ।

नझरेका फूलहरूले अहिलेसम्म गायनशिरोमणि रामकृष्ण ढकाल, मीरा राणा,ज्ञानु राणा, दीप श्रेष्ठ, मुरलीधर, गणेश रसिक, सीताराम ताजपुरिया, कविता आले, शम्भु राई, लाक्पा शेर्पा, राजु सिंह, रेखा शाह, तुलसी पराजुली, हेमन्त शर्मा, कुबेर नेपाली, नेत्र घिमिरे, लेखु विवश, मनु मन्जिल, कृष्णभक्त राई, हेमन्त शर्मा, कर्ण दास, नवल खड्का, हेमन यात्री, शिशिर योगी, एल. पी. जोशी, लक्ष्मी मादेन, मीनकुमार नवोदित श्रेष्ठ, छवि वैरागी घिमिरे, तृष्णा गुरुङ, काव्य आचार्य, राज सिग्देल, जे बी थुलुङ, श्रीकृष्ण लुइँटेल, लक्ष्मी बजगाईँ, रामा मण्डल, नवराज लम्साल, गणेश पराजुली, यशोदा पराजुली, ताराप्रकाश लिम्बू, सूयर्माराज राई, वीपी सिंह, विकास सुनार, सुरेश गन्धर्व, किरण टी लिम्बू, भीम बस्नेत, अजर जङ्गम, रेखा सुवेदी, बादलदेवी चाम्लिङ, सृष्टि हिङमाङ, सुनिता लिम्बू, पम्फा चाहार, दुर्गा पराजुली, भूमा अधिकारी, यमुना पराजुली, गणेश लामा, तिला लेकाली, राजन राई, सत्यकला राई, रमेश कार्की लगायतका स्रष्टालाई सम्मान गरिसकेको छ। कलाकार राष्ट्रका गरिमा,निधि,पहिचान र प्रतिष्ठा भएकाले जीवित छँदाछँदै सम्मान गर्नुपर्ने प्रस्तोता घिमिरेले बताएका छन्।

आन्तरिक पर्यटन प्रवर्द्धन ,कलाको प्रोत्साहन र सर्जकको सम्मानलाई मूल विषयवस्तु बनाएर नेपालको पूर्वबाट निरन्तर अभियानमा लागेका नझरेका फूलहरूका एक्लो संस्थापक, व्यवस्थापक र प्रस्तोता घिमिरेलाई साहित्य,कला र सङ्गीतप्रेमी केही शुभचिन्तकहरूको हौसला र झिनो सहयोग अलावा कुनै तह र तप्काबाट हालसम्म कुनै मद्दत नपुगेको बताइन्छ।
स्थानीय रेडियो र संस्थागत बोर्डिङ स्कुलमा नोकरी गर्ने घिमिरेले त्यसैबाट प्राप्त ज्याला खर्च गरि कार्यक्रम आयोजना गर्ने गरेको घिमिरे स्वयंले बताएका छन्।
नझरेका फूलहरूले हरेक शृङ्खलामा ख्यातिप्राप्त स्रष्टालाई नियमित नगदसहित सम्मान गर्दै आएको छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading

Banner

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

Published

on

विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक