Banner
दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी
नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बनेका छन् ।
ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन् । दीपेन्द्र टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बनेका छन् ।
दीपेन्द्रले ओमानको अल अमरेत क्रिकेट मैदानमा कतारका कमरान खानलाई २० औं ओभरका सबै बलमा छक्का प्रहार गरेका हुन् । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको इनिङ खेले । उनको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।
Facebook Comment
Banner
गोवास्थित नाइटक्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु
भारतको गोवामा रहेको एक नाइटक्लबमा गएराति भएको भीषण आगलागीमा कम्तीमा २३ जनाको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
मृतकमध्ये धेरैजसो नाइटक्लबका कर्मचारी रहेका छन् भने केही पर्यटक पनि परेका छन्। आगलागी उत्तरी गोवाको अर्पोरा क्षेत्रमा रहेको क्लबमा भएको बताइएको छ।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तका अनुसार मृतकमध्ये धेरैजना क्लबको भान्छामा काम गर्ने कर्मचारी रहेका छन्। घटनापछि स्थानीय प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ।
Banner
एनपीएल: लिग चरणको अन्तिम खेलमा आज जनकपुर र कर्णाली आमनेसामने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ।
दुवै टोली प्ले–अफको दौडबाट बाहिरिसकेकाले आजको खेल ‘प्रतिष्ठाको खेल’ मात्र हुनेछ। ६ खेलमध्ये १ जीतसहित कर्णाली सातौँ स्थानमा छ भने समान नतिजासहित साविक विजेता जनकपुर तालिकाको पुछारमा छ।
Banner
आज २०८२ मंसिर २१ गतेको राशिफल
आज २०८२ साल मंसिर २१ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर ७ तारिख । पुस कृष्णपक्षको तृतिया तिथि । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ।
मेष – आम्दानी बढ्ने, लगानीमा फाइदा। कर्तव्यपालन गरे दिन सहज। शिक्षा क्षेत्र अनुकूल।
वृष – मिष्ठान्न खाने योग, परिवारसँग घुमफिर। स्वास्थ्य सुधार, आय वृद्धि।
मिथुन – उद्देश्य परिवर्तनले सफलता। विदेश–सम्बन्धी लगानी लाभदायी। प्रेम सम्बन्ध राम्रो।
कर्कट – सामान्य दिन। पश्चिमतर्फको लामो यात्रा टार्नु राम्रो। उपचारमा सुधार।
सिंह – विपक्षीबाट प्रशंसा तर खर्च बढ्ने। स्वास्थ्यमा जोखिम, परिवारमा खटपटी।
कन्या – कार्य सहज, शिक्षा तथा विदेश लगानी लाभदायी। राजनीतिमा अवसर।
तुला – शिक्षा/परीक्षामा सफलता। खानपानमा लापरबाहीले रोग जोखिम। व्यापार लाभदायी।
वृश्चिक – दाजुभाइको सहयोग। निर्णयमा साथीको सल्लाह उपयोगी। स्वास्थ्यमा समस्या।
धनु – सहज दिन, रोगसँग लड्ने क्षमता वृद्धि। राज्यबाट जिम्मेवारी पाउने योग।
मकर – सञ्चित धन खर्च, स्वास्थ्य समस्या। परिवारमा विवाद सम्भावना।
कुम्भ – मन शान्त। दैनिक काम सफल। आजको लगानी दीर्घकालीन फाइदायुक्त।
मीन – सामान्य दिन। बोलचालमा सचेत हुनुपर्ने। प्राविधिक शिक्षामा प्रगति।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login