Banner
गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?
जब श्रीमती गर्भवती हुन्छिन्, श्रीमानको भूमिका के हुनसक्छ ? सामान्य लाग्ने यो प्रश्न दाम्पत्य सम्बन्धदेखि सन्तानसुखसम्म जोडिएको छ ।
गर्भवती बेलामा शारीरिक र भावनात्मक उथलपुथलबाट गुज्रिनुपर्ने हुन्छ । त्यसले गर्दा उनीहरुको व्यवहारमा परिवर्तन आउन सक्छ । खानपानको रुचि फेरिन सक्छ । र, धेरै कुरा बद्लिन सक्छ । साथै भावनात्मक रुपमा पनि उनीहरु स्थिर हुँदैनन् । केही डर, केही पीर, केही दुःख, केही उत्साहका कारण उनीहरुको मनोदशा बद्लिरहन्छ ।
यसरी भावनात्मक र शारीरिक रुपमा आउने अनेक उतारचढावमा उनीहरुलाई सम्हाल्न, साथ दिन, शान्त राख्न सबैभन्दा नजिकको साथी हुनसक्छन् श्रीमान् ।
श्रीमानको सामीप्य, साथ, हौसलाले गर्भवती श्रीमतीलाई धेरै सहज हुन्छ । र, यो चरण उनीहरु जति सहज र खुसी हुन्छन्, गर्भको बच्चामा पनि त्यसको सकारात्मक प्रभाव पर्छ । त्यसैले गर्भवती श्रीमतीका लागि श्रीमानले यी भूमिका खेल्न सक्छन् ।
श्रीमतीको मनोबल बढाउने
गर्भवती अवस्थामा श्रीमतीलाई बाहिरी र आन्तरिक समस्या, पीडालाई बुझेर श्रीमानले आत्मबल बढाउने र सकारात्मक कुराहरु गर्नुपर्छ । गर्भावस्थामा केही समस्या जटिलता भएपनि ‘केही हुँदैन म छु’, ‘जस्तो परिस्थितिमा पनि म तिम्रो साथमा छु’ भनी आत्मबल बढाउने र खुसी राख्ने प्रयास गर्नुपर्छ ।
गर्भावस्थामा श्रीमतीलाई सकेसम्म तनावबाट टाढा राख्ने प्रयास गर्नुपर्छ ।
गर्भावस्थामा महिलाको भावनामा उथलपुथल ल्याउनमा उनको शारीरिक परिवर्तन पनि जिम्मेवार हुन्छ । किनभने यसबेला चायापोतो आउने, मोटोपन बढ्ने, पेटको छालामा धर्सा बस्ने र कसैकसैलाई कपाल झर्ने समस्या हुन्छ । यस्तो बेला उनीहरुको आत्मविश्वास कमजोर हुने र आफूले आफैंलाई उमेर गएको महसुस गर्छन् । यस्तो अवस्थामा श्रीमानले श्रीमतीलाई जस्तोसुकै परिस्थितिमा पनि साथ नछोड्ने विश्वास दिलाउन सक्नुपर्छ ।
गर्भावस्थामा महिलामा हार्मोनको परिवर्तनले महिलाको सोच्ने शैली परिवर्तन ल्याउने गर्दछ । यस्तो अवस्थामा महिलाको भावनाहरु बदलिरहने हुन्छ । उनीहरु सानो सानो कुरामा धेरै चिन्तित हुने, तनाव, बेचैनी, डर पैदा हुने, धेरै भावुक हुने अर्थात् रुने गर्छन् । यस्तो अवस्थामा उनीहरुको छिनछिनमा परिवर्तन भएको व्यवहारलाई बुझेर उनीहरुसँग रिसाउने र बाझ्नेभन्दा पनि उनीहरुको भावनालाई बुझेर सम्झाउने वा राम्रो कुराकानी गर्नुपर्छ ।
कामकाजमा सहयोग गर्ने
गर्भावस्थाको सुरुवाती महिनादेखि नौ महिनासम्म विभिन्न समस्या देखिन्छ । त्यसकारण गर्भावस्थामा श्रीमतीलाई घरको कामकाजमा पनि सहयोग गर्नुपर्छ । यसबेला शरीर कमजोर हुने, छिनछिनमा चक्कर लाग्ने, एकै छिनमा थकान महसुस हुने, झर्को लाग्ने वा रिस उठ्ने हुन्छ ।
थोरै काम गर्दा पनि धेरै थकान महसुस वा जीउ गल्ने भएकाले गर्भावस्थामा श्रीमानले लुगा धोइदिने वा धुँदा सहयोग गर्ने, खाना पकाउने, भाँडा माझिदिने र घरको सरसफाइमा मद्दत गर्ने गर्नुपर्छ । यसले आमा र बच्चाको स्वास्थ्यमा पनि सहयोग मिल्छ । फलस्वरूप श्रीमतीलाई थकान वा अन्य पीडाबाट जोगाउँछ ।
नियमित गर्भजाँचमा साथ दिने
गर्भावस्थामा महिलालाई एक्लै चिकित्सक कहाँ पठाउने गल्ती गर्नुहुन्न। प्रत्येक पटकको जाँचमा आफू पनि श्रीमतीसँगै अस्पताल जानुपर्छ । यसले श्रीमतीलाई बलियो ढाडस दिन्छ ।
उनका लागि खानपान, समयअनुसारको लुगाकपडा किनिदिने र औषधि सेवन जस्ता कुरामा श्रीमानले ख्याल राख्नुपर्छ । यसबेला श्रीमतीसँग बस्दा वा कुराकानी गर्दा सकारात्मक र राम्रो कुरा मात्र गर्ने गर्नुपर्छ । यस्तो गर्नाले श्रीमतीले आफूलाई एक्लो र असुरक्षित महसुस गर्दिनन् ।
Facebook Comment
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
Banner
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै
विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।
विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।
Banner
सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी
नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।
ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।
सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।
नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login