Connect with us
Advertisement

कुम्भ मेलाबाट इटहरी आउँदै गर्दा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

Published

on

सुनसरीको चतरामा जारी कुम्भ मेलामा दर्शन गरेर फर्किदैँ गर्दा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका १ नेपालडाँडा घर भएका २२ वर्षीय सुजन गौतम रहेका छन् ।

सोमबार राति प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको थियो । प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका ५ जमटोकीस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

श्रोत : टाकुरा निउज

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सर्पले टोकेमा के गर्ने ?

Published

on

अब गर्मी महिना शुरु भएसँगै सर्पको बिगबिगी बढ्न थालेको छ । अझ तराईका जिल्लाहरूमा त यो समस्या व्यापक नै हुन्छ । सर्प दुई प्रकारका हुन्छन्, विषालु र विषरहित । विषरहित सर्पले टोकेमा शरीरमा कुनै किसिमको हानि हुँदैन । विषालुले टोकेमा ज्यान समेत जान सक्छ । नेपालमा गोमन, करेत र भाइपर प्रजातिका सर्पले धेरैलाई टोक्ने गरेको पाइन्छ ।

गोमन र करेत सर्पले टोक्दा न्युरो टक्सिभेनममा असर गर्ने भएकाले मस्तिष्क र स्नायुमा प्रभाव पार्छ । जसकारण मानिसको मृत्यु हुने जोखिम धेरै हुन्छ । सर्पले टोकेपछि आँखा खोल्न गाह्रो हुने, आँखा लट्टिने, खाना खान वा थुक निल्न गाह्रो हुन्छ ।

भाइपर सर्पमा हेमोटक्सिन हुन्छ, जसले शरीरमा रगतलाई खराब गर्छ । टोकेको ठाउँ सुन्निने, समयमा उपचार भएन भने घाउ बढ्दै बढ्दै जाने हुन्छ र समयमा उपचार गरिएन भने हातखुट्टा काट्नुपर्ने वा अङ्गभङ्ग हुने जोखिम बढी हुन्छ । नेपालमा सर्पदंशबाट हुने मृत्युमध्ये ९० प्रतिशत भन्दा धेरै मृत्यु करेत र गोमन सर्पको टोकाइबाट हुने गरेको पाइन्छ ।

सर्पले टोक्नासाथ के गर्ने ?

गाउँघरमा अहिले पनि सर्पले टोकेमा घरेलु उपचार नै गर्ने चलन देखिन्छ । सर्पले टोक्ने बित्तिकै टोकेको ठाउँभन्दा अलि माथि कपडाले वा अरू कुनै वस्तुले कसिलो गरी बाँध्ने, सर्पले टोकेको ठाउँमा मुखले चुसेर विष निकाल्ने, धारिलो चीजले काटेर विष मिसिएको रगत फाल्नेजस्ता घरेलु उपचार गरिन्छ, जुन एकदमै गलत हो ।

यसले फाइदाभन्दा पनि हानि पुर्‍याउँछ । सर्पले टोकेमा यसको खास प्राथमिक उपचार नै छैन । टोकेको ठाउँमा लगाउने पीआईबी (प्रेसर इमुलाइजेसन व्यान्डेजिङ) नामको ब्यान्डेज पाइन्छ, जसले घाउलाई छोप्न र नहल्लाउन सहयोग गर्छ । त्यसपछि तुरुन्तै नजिकैको अस्पताल वा स्वास्थ्य चौकीमा पुर्‍याइदिनुपर्छ ।

सर्पले कुन भागमा बढी टोक्छ ?

सर्पले प्रायः शरीरको तल्लो भागमा टोकेको देखिन्छ । हात, खुट्टा, कम्मर, ढाड, छाती, घाँटी, टाउको जुनसुकै ठाउँमा सर्पले टोक्न सक्छ । टाउको र घाँटीमा टोकेमा विषले चाँडै असर गर्छ, जसकारण मृत्यु हुने जोखिम पनि धेरै हुन्छ ।

Continue Reading

Banner

इलामको उपचुनाबमा रास्वपाको जमानत जफत

Published

on

इलाम क्षेत्र नम्बर २ को उपचुनाबमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो । उपचुनाबमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । मिलनले पाएको मत कूल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले उनको जमानत (धरौटी) जफत भएको हो ।

प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।

सुहाङ २७ हजार ७७२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाए । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका छन् ।

निर्वाचन ऐनमा प्रत्यक्षतर्फको चुनावमा उम्मेदवारहरुले १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिकतर्फको चुनावमा ५० हजार रुपैयाँ निर्वाचन आयोगमा बुझाउनुपर्छ । तर प्रत्यक्षतर्फको चुनावमा महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट पाइन्छ ।

Continue Reading

Banner

सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविरसम्म बाटो खुल्यो

Published

on

सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविरसम्म बाटो खुलेको छ । पर्यटन विभागकाअनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम चौथो शिविरसम्म सम्पन्न भएको छ । मौसमले साथ दिए वैशाख २८ गतेदेखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ ।

यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाईसकेको थियो । विभागका अनुसार सगरमाथा आरोहणका लागि अहिलेसम्म ३७ आरोही समूहका तीन सय ९० आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ रोयल्टी जम्मा भएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक