समाचार
देशमै सबैभन्दा धेरै दुर्लभ हिउँ चितुवा डोल्पामा भेटिएको छन् ।गणना गर्दा एक सय २० वटा पुगेका छन् ।

Banner
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर वडानम्बर ३ सेतीबगरमा शनिबार राति दुर्घटना भएको हो । दुर्घटनामा भोजपुर नगरपालिका-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Banner
दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राख्न अनुमति

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडाैंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको हो ।
भारतबाट पक्राउ परेका प्रसाईंलाई पूर्वी नाकाहुँदै शुक्रबार नेपाल ल्याइएको थियो । प्रहरीका अनुसार प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने छ । तीनकुने प्रदर्शनका क्रममा प्रसाईं आफैँले चलाएको गाडीले प्रहरीलाई पेलेर अघि बढेका थिए । राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ । घटनालगत्तै फरार भएका उनी भागेर भारतको आसाम पुगेका थिए । आसाम प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । प्रसाईंलाई शुक्रबार बिहान भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो । तर, प्रसाईंले भने आफैँले गिरफ्तारी दिएको बताएका छन् ।
Banner
आगमी वर्षलाई प्रदेश सरकारले कोशी पर्यटन वर्षका रूपमा मनाउने, आज घोषणा हुँदै

कोशी प्रदेश सरकारले आउँदो वर्ष २०८२ लाई कोशी पर्यटन वर्षको रूपमा मनाउने घोषणा गर्न लागेको छ । आउँदो वर्ष कोशी प्रदेशमा १० लाख पर्यटक भित्र्याउने र २ हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यसहित पर्यटन वर्ष घोषणा गर्न लागिएको हो ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा आज कोशी पर्यटन २०८२ उद्घाटन हुन लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, अन्तिम समयमा प्रधानमन्त्री ओलीको समय नमिल्ने भन्दै उद्घाटनमा सहभागी नहुने बताइएको छ । उनको सट्टामा उपप्रधानमन्त्री प्रकाशमान सिंह उद्घाटनमा सहभागी हुनेछन् ।
कोशी प्रदेशको प्रमुख आयस्रोत पर्यटन भएकोले पर्यटन वर्ष मनाउन लागिएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए । प्रदेशको आर्थिक समृद्धिको बलियो आधार पर्यटन भएको र त्यसमा पनि धार्मिक पर्यटन प्रमुख रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
शिलापत्रसँग कुरा गर्दै कार्कीले धार्मिक पर्यटनलाई जोड दिएर भारत, भुटानका पर्यटकलाई कोशी प्रदेशका भित्र्याउने बताए ।
पर्यटन वर्षका लागि ५ सयभन्दा बढी व्यक्तिहरूको प्रतिनिधित्वमा मुख्यमन्त्री कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ । वन, पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डलको नेतृत्वमा निर्देशक समिति बनेको छ ।
कोशी प्रदेशमा खुम्बु क्षेत्र, कञ्चनसंगा, मकालु, कोशी टप्पु, हलेसी, पाथिभरा, बराहक्षेत्रजस्ता चर्चित पर्यटकीय क्षेत्र रहेका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login