Connect with us
Advertisement

सबै नेताको सम्पत्ति छानबिन होस्, सुरुवात मेरैबाट गरौं : पूर्वप्रधानमन्त्री डा. भट्टराई

Published

on

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताउनुभएको छ ।

अर्घाखाँचीको मालारानी–५ गुराँसेमा आयोजिक एक कार्यक्रममा डा. भट्टराईले नेताहरुको सम्पत्ति छानबिन गर्न पूर्वप्रधानमन्त्रीका हैसियतमा आफै‌ंबाट सुरु गर्न तयार रहेको भन्दै सरकारलाई चुनौती दिनुभयो ।

उहाँले प्रचण्ड नेतृत्वको वर्तमान सरकार असफलताउन्मुख रहेको दाबी गर्दै राजनीतिक दलहरु स्वार्थ र फाइदाका पछाडि हिँड्ने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार दिनप्रतिदिन मौलाएको टिप्पणी गर्नु भयो ।

‘वर्तमान सरकारसँग भ्रष्टाचारीलाई जेल हाल्ने तागत छैन,’ डा. भट्टराईको भनाइ थियो, ‘बाह्य लगानी घटेको छ, व्यापार घाटा बढेको छ, विकास खर्चसमेत लक्ष्यअनुसार भएको छैन । सरकार असफल भइसक्यो । त्यसैले वर्तमान सत्ता गठबन्धन पनि धेरै दिन टिक्न सक्दैन ।’  भट्टराईले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्नेभन्दा पनि आफ्ना नेतालाई जोगाउने र अरुसँग प्रतिशोध साँध्ने गरेको आरोप लगाउनु भयो ।

डा. भट्टराईले नेपालका राजनीतिक दलहरु केटाकेटी खेलेजस्तै सरकार बनाउने र भत्काउने खेलमा लाग्दा देशमा विकास हुन नसकेको बताउनु भएको छ । उहाँले अब देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्नेमा जोड दिनु भयो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चितवनमाथि पोखराको ८ विकेटको जीत

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आफ्नो अन्तिम खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको छ । चितवनले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभर ४ बलमा  विकेट गुमाएर भेटायो ।

पोखराका एडम रोसिङटनले ६५ र अर्जुन कुमालले अविजित ४३ रन बनाए । चितवनका रिजन ढकाल र सैफ जैबले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १ सय २० रन बनायो । चितवनका देव खनालले ४१ बलमा ३५, अल्पेश रामजानीले २२ बलमा ३३ रन बनाए । पोखराका धनञ्जय लक्षणले ३ विकेट लिए । पोखरा र चितवन यस अघि नै क्वालिफायर समीकरणबाट बाहिरिसकेका छन् ।

यस्तै आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै विराटनगर किङ्ग्स क्वालिफायरमा पुगेको छ । सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य ५ विकेट गुमाएर ११ ओभर ५ बलमा भेटाउँदै विराटनगरले नेट रनरेटमा काठमान्डु गोर्खाजलाई पछि पारेर शीर्ष–२ मा रहँदै क्वालिफायरमा प्रवेश गरेको हो ।

योसँगै क्वालिफायर र इलिमिनेटर समीकरण पूरा भएको छ । अब क्वालिफायरमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानमा रहेको विराटनगरबीच फेरि प्रतिस्पर्धा हुनेछ । यस्तै इलिमिनेटरमा तेस्रो स्थानको काठमान्डु र चौथो स्थानको लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

एनपीएल लिग चरणको अन्तिम खेलमा भोलि दिउँसो साढे ३ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्नेछन् ।

गएको मङ्सिर १ देखि शुरू भएको दोस्रो संस्करणको एनपीएलको फाइनल खेल यही २७ गते हुनेछ । प्रतियोगितमा ८ वटा टोली सहभागी छन् ।

Continue Reading

Banner

सुदूरपश्चिम रोकियो, विराटनगरको शानदार जित

Published

on

एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सको लगातार ६ खेलको विजयी यात्रामा आज विराम लागेको छ। कीर्तिपुरमा भएको खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै प्रभावशाली जित हात पार्‍यो।

सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.६ ओभरमै पूरा गर्‍यो। विराटनगरका मार्टिन गप्टिलले ९ बलमा २२ रन बनाए। सुदूरपश्चिमका ओपनर साम हेज्लेट (५१ रन)फाफ डु प्लेसी (५० रन) ले अर्धशतक प्रहार गरे पनि टोलीलाई ठूलो स्कोरसम्म पुर्‍याउन सकेनन्।

यससँगै सुदूरपश्चिमले लिग चरण ७ मध्ये ६ जीतसहित समाप्त गरेको छ भने विराटनगरले ५ जीत दर्ता गर्दै प्लेअफअघिको आत्मविश्वास थप बलियो बनाएको छ।

Continue Reading

Banner

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम–विराटनगर र चितवन–पोखरा आमनेसामने

Published

on

नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुदैछन् । त्रिवि क्रिकेट रंगशालामा आज हुने पहिलो खेलमा बिहान सवा ११ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले खेल्दैछन् । यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् ।

लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो । यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार रहेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा १० अंकसहित काठमान्डु गोर्खाज रहेको छ ।

त्यस्तै आजको दोस्रो खेल दिउँसो साढे ३ बजे चितवन राईनोज र पोखरा एभेन्जर्सबीच हुनेछ । यी दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जीत र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पोखरा र चितवनसहित कर्णाली र जनकपुर प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन्

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक