Connect with us
Advertisement

आज – १५ बैशाख २०८१ शनिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक यात्रा हुनसक्छ । पारिवारिक झमेला रहला । राजनैतिक कार्यमा व्यवधान आउनेछ, तर बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट पनि आउन सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक