Banner
‘अभागी’ डम्बर, पहिले बुवासँग हारे अहिले छोरासँग

इलामको क्षेत्र नं २ बाट दुई पटक चुनाव लडेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का ‘अभागी’ सावित भएका छन्।
यस अघिको संसदीय चुनावमा संविधानसभा अध्यक्ष सुवास नेम्बाङसँग उनी हारेका थिए। उनै संविधानसभा अध्यक्ष नेम्बाङको निधनपछि भएको उपचुनावमा उनकै छोरा सुहाङसँग पनि हारेका छन्।
यसपटकको उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जित हासिल गरेर संसदीय यात्राको सुरुवात गरेका हुन्। उनले बुवाको विरासत जोगाउँदै उपचुनावमा विजयी बने।
गएको चुनावमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरू मिलेर बनाएको गठबन्धनमा पनि १४४ मतको अन्तरले खड्का चुनाव हारेका थिए। अहिले सुहाङसँग पनि हारे। यसपाली त झन् ५ हजार ८३० मतको फराकिलो अन्तरले उनले चुनाव हारेका हुन्।
सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दा कांग्रेसका खड्का २१ हजार ९४२ मत पाएका हुन्।
२०७९ मा सुवासले ३० हजार २० मत ल्याएका थिए भने खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।
Facebook Comment
Banner
सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ८६ हजार पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेर कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य वृद्धि भइरहेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको हो ।महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Banner
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर वडानम्बर ३ सेतीबगरमा शनिबार राति दुर्घटना भएको हो । दुर्घटनामा भोजपुर नगरपालिका-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Banner
हङकङसँगको खेल नतिजाविहीन हुँदा नेपाल फाइनलमा

हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । शनिबार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडे ।
३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अंक भयो । एक खेल मात्र जितेको हङकङको ३ अंक मात्र भयो । नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो । यसअघि कुवेतले कतारलाई हराएर ४ अंक जोड्दै नेटरनरेट पनि बढाएपछि यो खेल निर्णायक बनेको थियो ।
खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो ।
त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल सुरु हुन ढिलाइ भएको थियो र फेरि पानी पर्न थालेपछि खेल सुरु भएन ।
नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login