Banner
नोवेलमा १० बर्षको बालिकाको जटिल र ठूलो ब्रेन ट्यूमरको सफल शल्यक्रिया
‘ब्रेन ट्युमर’ सुन्दा नै मानिसको आङ जिरिङ्ग हुन्छ । ब्रेन ट्युमर भएका मानिसको पीडा, घर परिवारमा आई पर्ने आर्थिक, मानसिक समस्या र त्यसमा थप बिरामीको उपचार सफल होला नहोला भन्ने डर ।
वयस्क र वृद्ध अवस्थाका बिरामी भन्दा पनि कम उमेरका बिरामी भयो भने त अझ धेरै त्रास र मानसिक पिडा । यस्तै पीडादायक अवस्थामा बाच्न बाध्य कटहरी गाउँपालिकाका एक ऋषिदेव परिवारका १० वर्षिया बालिकाको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा जटिल र ठुलो ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ ।
विगत दुई महिना देखि टाउको दुख्ने र उल्टी हुने समस्या हुँदै बिस्तारै शरीरको देब्रे भाग नचल्ने भई दुई दिनबाट पूर्णरुपमा ओछ्यान मै बेहोस रहेकी १० वर्षिया बालिकालाई उपचारको लागि नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको आकस्मिक कक्षमा ल्याइएको थियो । बिरामीको परीक्षणको क्रममा सिटी स्क्यानको रिपोर्ट अनुसार उनको टाउकोको दाहिने तर्फ ठुलो आकारको ब्रेन ट्युमर भएको पत्ता लागेको थियो ।
“बिरामीको बुबा आमाले बिरामीको अवस्थाको कारण आष मारिसकेका थिए” उपचारमा संलग्न प्रमुख न्युरो सर्जन प्रा. डा. एडमण्ड जोनाथानले भने । उनका अनुसार नोबेलको न्यूरोसर्जरी राम्रो छ भन्ने सुनेर एक पटक जाँच गर्ने भनेर बिरामीलाई ल्याएका रहेछन् । आर्थिक अवस्था पनि कमजोर र बिरामीको अवस्था दिनानुदिन बिग्रँदै गएको कारण उनीहरूले थप उपचार गर्ने कि नगर्ने निर्णय गर्न सकेका थिएनन् । बिरामीको अवस्था र उपचारको बारेमा बिरामीको अभिभावक सँग छलफल पछि बिरामीको उपचार अगाडि बढ्यो ।
बिरामीको उपचारमा अस्पतालबाट छुट समेत उपलब्ध गरिएको उनले बताए । शल्यक्रिया र उपचारमा संलग्न न्युरो सर्जन डा. प्रमोद चौधरीले भने शरीरको अङ्ग चलाउने दिमागको भागमा नै ठुलो ट्युमर पलाएको कारण बिरामीको देब्रे भाग कमजोर हुन गएको थियो । शल्यक्रिया पछि बिरामीको अवस्था ठिक छ तर देब्रे भाग अहिले अलि कमजोर छ । रिहाविलिटेशन चलिरहेको छ ।
बिस्तारै सामान्य अवस्थामा आउनेमा हामी ढुक्क छौँ । बिरामीको उपचारको सम्बन्धमा कुराकानी गर्दै बिरामीको बुबाले भने “पहिला मेरो छोरी अन्तिम अवस्था पुगिसकेको थियो । एक साइडको पुरै नचल्ने । धेरै ठाउँ देखायौँ तर कहीँ निको भएन ।
नोवेलले हामीलाई धेरै सहयोग ग¥यो । यहाँ आए पछि अपरेसन सक्सेस भयो । अहिले मेरो नानीले हिँड्ने, खाने, बस्ने गर्न थालेको छ । अस्पतालले डिस्काउन्ट पनि दिएको छ ।” डा. जोनाथानका अनुसार बालबालिकामा टाउको दुखी रहने उल्टी हुने र हात खुट्टामा कमजोरी आयो भने तुरुन्तै अस्पतालमा गई न्यूरोलोजी वा न्यूरोसर्जरी विभागमा देखाउनु पर्दछ । त्यस्तो विरामीहरुको सिटी स्क्यान गर्न जरुरी हुन्छ । अहिलेको अवस्थामा न्युरो सर्जरी सुरक्षित छ । न्युरो सर्जरीको सक्सेस रेट ९० देखि ९७ प्रतिसत सम्म रहेको छ ।
Facebook Comment
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
Banner
कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।
समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।
जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।
Banner
कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।
उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।
समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।
कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login