Connect with us
Advertisement

श्रीकृष्ण प्रणामि बाल सेवा आश्रम सलकपुरको ५२ औं बार्षिक महोत्सब सम्म्पन्न भएको छ ।

Published

on

श्रीकृष्ण प्रणामि मन्दिरको ५२ औं बार्षिक महोत्सब सम्म्पन्न भएको छ ।


श्रीकृष्ण प्रणामि बाल सेवा आश्रम सलकपुरको ५२ औं बार्षिक महोत्सब श्रीमत्त तारतम सागरको १०८ पाठ सप्ताह व्यापि पुरायण सहित बिभिन्न धार्मिक कार्यक्रम सञ्चालन गर्दै अक्षय तृतियको दिन समापन भएको छ । बाइज्युराज संघ एकाई समिति सलकपुरद्वारा आयोजित उक्त सप्ताह कार्यक्रममा १०८ तारतम सागर को पाठ स्थानिय १०८ ब्रह्ममुनिद्वारा पाठ भएको थियो । पाठ पारायण सम्पन्न पछि औपचारिक कार्यक्रम गरि अक्षय तृतिय मेला सहित बार्षिक महोत्सब मनाइएको कार्यक्रम संयोजक गंगादेवि बास्तोलाज्युले जानकारी दिनु भएको थियो । मुक्तिधाम इटहरिका श्री १०८ कृष्णदास महाराजजिको आतिथ्य साधु संत मोहनानन्द जि महाराज, हंसदास महाराज, फणिन्द्र महाराज, माताजि राधा, नर्वदा, बेनबाई, राजन महाराज, स्थानिय महाराज रंजनराज महाराज, मन्दिरका मुख्य सञ्चालक सन्त मनोज मधुकर महाराज्ज्युले कथा प्रवचन का साथ सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख केदारप्रसाद गुरागाई, पुर्व नगर प्रमुख शिवप्रसाद ढकाल, वडा अध्यक्षज्यु , मन्दिरका अध्यक्ष कृष्ण बास्तोला, पुर्व अध्यक्ष रामप्रसाद गजुरेल, उद्वब रिजाल, पुर्ण प्रसाद ढकाल, सेवा समितिका , प्रतिष्ठान नेपालका , बाईज्युराज संघका , युवा परिषदका , बाल सञ्जालका पदाधिकारि तथा सदस्य सहित बिभिन्न सामाजिक व्यक्तित्वको बृहत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम बाईज्युराज संघ मोरङ उपाध्यक्ष देवि पौडेल ज्यु ले सञ्चालन गर्नु भएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

वडाध्यक्षलाई कार्यवाहक दिने ग्रामथानका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

Published

on

वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ ।

उपाध्यक्ष गुणवतीदेवी थारूले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश ध्रुवराज नन्दको इजलासले अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।सोमबार अध्यक्ष माझीले उपाध्यक्ष गाउँपालिकामै हुँदाहुँदै वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक दिएका थिए । माझी भने चीन भ्रमणमा छन् ।

उपाध्यक्ष अध्यक्षको निर्णयविरुद्ध उच्च अदालत पुगेकी थिइन् ।

उक्त निर्णयबारे बिहीबार सुनुवाइ गर्दै जारी भएको अन्तरिम आदेशमा भनिएको छ, ‘रिट निवेदक गाउँपालिकाको उपाध्यक्षको पदमा वहाल रही रहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट वञ्चित हुने स्थिति सृजना भएको प्रथम दृष्टिबाट देखिँदा सुविधा सन्तुलन एवं कानुनको उचित प्रयोगको दृष्टिकोणबाट निवेदन माग बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गर्नुपर्ने देखिन आयो ।’

माझी मंसिरको उपनिर्वाचनमा माओवादीबाट माझी अध्यक्षमा निर्वाचित भएका थिए । उनको उपाध्यक्षसँग सम्बन्ध राम्रो छैन । गत सोमबार आफ्नो बिदाइमा पनि नआएको भन्दै उनले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।

यसअघि धरान उपमहानगर र झापाको कमल गाउँपालिकाको उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

Continue Reading

Banner

नेकपा एमाले सुन्दरहरैंचाको खुला सत्र सम्पन्न, नयाँ नेतृत्वका भोली चुनाव हुने

Published

on

विराटचोकः नेकपा एमाले सुन्दरहरैंचाको दोस्रो अधिवेशन आज विराटचोकमा शुरु भएको छ । अधिवेशनको खुला सत्र सम्पन्न भएको छ । बन्द सत्र अहिले नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको काम भइरहेको जिल्ला सदस्य मनोज दाहालले बताउनुभयो ।

नेतृत्व चयन सर्वसम्मत भए आज राति नै नेतृत्व चयन हुने र निर्वाचन प्रक्रियामार्फत् नेतृत्व चयन गर्नुपर्ने भए भोलि निर्वाचन हुने पार्टीले जनाएको छ ।

अधिवेशनका प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन सत्रलाई सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ, पार्टीका जिल्ला अध्यक्ष अजम्बर राई, सुन्दरहरैंचा इन्चार्ज धनमाया तामाङ र नेता विनोद ढकालले सम्बोधन गर्नुभएको थियो ।

नगर अध्यक्ष मातृका ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर सचिव सन्तोष घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीको नगर कमिटीलाई कार्यालय प्रयोजनार्थ निःशुल्क कोठा उपलब्ध गराउनुहुने युवराज पौडेललाई सम्मान गरिएको थियो ।

Continue Reading

Banner

पाँच बजे शिक्षक र सरकारबीच वार्ता हुँदै

Published

on

आन्दोलनरत शिक्षकलाई सरकारले बिहीबार साँझ ५ बजे वार्ताका लागि बोलाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्तामा बोलाएको हो ।

तर, शिक्षक महासंघले भने यसलाई वार्ताभन्दा पनि  आफ्नो सर्त सुनाउन जाने बताएको छ ।

‘केही वार्ताका लागि हैन, बस् हाम्रा सर्त सुनाउनका लागि आजको आन्दोलन सकिएपछि जान्छौं । सर्त सुनाउछौँ,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिलापत्रसग भने, ‘त्यसपछि सरकारले हामीले भनेअनुसार पोजिसन क्लियर गर्‍यो भने बल्ल वार्ताका लागि सोच्ने हो ।’

सरकारले वार्तामा बाेलाएपछि महासंघले बुधबार नै वार्ता समिति बनाएको छ । यसअघि भएका सहमति कार्यान्यवनकाे माग गर्दै देशभरका शिक्षकहरू काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् । २० चैतदेखि उनीहरूको प्रदर्शन जारी छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक