Connect with us
Advertisement

सिटी लगातार च्याम्पियन

Published

on

म्यानचेस्टर सिटीले नयाँ इतिहास रच्दै आइतबार इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । सिजनको अन्तिम दिन सिटीले वेस्ट ह्यामलाई ३–१ ले हरायो र लगातार चौथोपल्ट लिग उपाधि जितेको हो । त्यसमा फिल फोडेनले दुई गोल गरे ।

सिटी लगातार च्याम्पियन

इंग्लिस फुटबलको अहिलेसम्मकै इतिहासमा कुनै पनि टिमले माथिल्लो डिभिजनको उपाधि लगातार चौथोपल्ट जितेको यो नै पहिलो पटक हो । यो जितपछि पेप ग्वार्डिओलाको सिटीको ९१ अंक भयो । उपाधिको रक्षा गर्नका लागि सिटीलाई जित पर्याप्त रह्यो । अन्तिम दिनसम्म चुनौती कायम राखेको आर्सनल भने ८९ अंकमै रोकियो । उसले एभरटनलाई २–१ ले पराजित गरेको हो ।

सिटी पराजित भएको भए आर्सनलले उपाधि आफ्नो बनाउने सम्भावना थियो । तर भाग्य फेरि एकपल्ट उसको पक्षमा रहेन । तेस्रो स्थानमा रहेको लिभरपुलले दस खेलाडीमा सीमित उल्भ्सलाई २–० ले हरायो र ८२ अंकसँगै लिगमा पूर्णविराम लगायो ।

यो व्यवस्थापक योर्गन क्लोपका लागि लिभरपुलको अन्तिम खेल रह्यो । सिजनको अन्त्यसँगै क्लोपले लिभरपुल छाड्ने यसअघि नै घोषणा गरिसकेका थिए । अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा छनोट भइसकेको एस्टन भिल्ला भने क्रिस्टल प्यालेसको हातबाट अविश्वसनीय रूपमा ५–० ले पराजित रह्यो । तर यो नतिजाले भिल्लाको चौथो स्थानलाई धक्का पुगेन । भिल्ला ६८ अंकमा रह्यो । टोटनहमले भने सेफिल्ड युनाइटेडलाई ३–० ले हराएर पाँचौं स्थान निश्चित गर्‍यो ।

यससँगै टोटनहम अर्को सिजनको युरोपा लिगका लागि छनोट भयो । टोटनहमको ६६ अंक भएको छ । उसको पछाडि चेल्सी ६३ अंकमा रह्यो । चेल्सीले भने बर्नमाउथमाथि २–१ को जित रच्यो । यस्तै न्युकासल युनाइटेड सातौं र म्यानचेस्टर युनाइटेड आठौं स्थानमा रहे । दुवै टिमको समान ६० अंक रह्यो । न्युकासल गोल अन्तरमा अगाडि रह्यो । न्युकासलले ब्रेन्टफोर्डलाई ४–२ ले पराजित गर्‍यो भने युनाइटेडले ब्राइटनलाई २–० ले पन्छायो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

Published

on

नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।

उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।

कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक