Banner
कृत्रिम रुपमा पकाइएका फलफूलबारे जान्नैपर्ने कुरा
ताजा अनि पाकेका फलफूलमा पर्याप्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट पाइने हुँदा यसले गर्मीमा शीतलता र तत्काल ऊर्जा प्रदान गर्न मद्दत गर्छ । पानीको मात्रा पर्याप्त हुने हुँदा ताजा फलफूलले शरीरलाई हाइड्रेटेड राख्न पनि मद्दत गर्छ ।
तर गर्मीयाम लागेसँगै पाकेको फलफूल भन्नासाथ पाकेको हो कि पकाइएको भन्ने प्रश्न नेपाली समाजमा सर्वत्र सुन्न थालिएको छ । अझ नेपाली बजारमा आउने सबै फलफूल विषाक्त छ र कृत्रिम रुपमा पकाइएका फल आउने हुँदा यसको प्रयोग गर्नु हुँदैन जस्ता छलफल हरेक वर्ष व्यापक रुपमा सुनिन्छ ।
आखिर किन पकाइन्छ त फलफूल ?
बिरुवा हुर्किने, फल लाग्ने, फल परिपक्व हुने र पाक्ने एउटा विशेष प्राकृतिक प्रक्रिया हो । बोटमै प्राकृतिक रुपमा पाकेको फल खान सबैभन्दा उत्तम भएपनि सबै ठाउँमा सबैखाले फलफूल पर्याप्त मात्रामा उत्पादन हुँदैन ।
नेपालको सन्दर्भमा अधिकांश फलफूल भारत, इटाली र नेदरल्यान्डबाट आयात हुने गरेको पाइन्छ । यसरी लामो दूरीमा ढुवानी गर्नुपर्ने छोटो आयु भएका फलफूललाई परिपक्व अवस्थामा टिपेर भण्डारण र ढुवानी गर्दा बिग्रिने र खेर जाने समस्या देखिन्छ । त्यसैले आँप, केरा र मेवा जस्ता फलफूललाई काँचो हुँदा नै ढुवानी गरी बिक्रीस्थलमा लगेर पकाउने गरिन्छ । तसर्थ, कृत्रिम रुपमा फलफूल पकाउने विधि नेपालमा मात्र नभई विश्वभरि नै अपनाइने अभ्यास हो ।
कसरी पकाइन्छ फलफूल ?
प्राकृतिक रुपमा फलफूल पकाउन पराल/सेउला/अन्न/कपडा आदिमा गुम्स्याएर राख्न, एउटा भाँडामा पाकेको र नपाकेको फल सँगै राख्न वा तातो खाल्डोमा गुम्स्याएर राख्न सकिन्छ । प्राकृतिक विधिमा पाक्न समय धेरै लाग्ने भएपनि यस विधि अपनाएर पकाइएको फलफूलले स्वास्थ्यमा कुनै प्रकारको नकारात्मक असर गर्दैन । तसर्थ, सकेसम्म प्राकृतिक विधि अपनाउनु नै उत्तम हुन्छ ।
कृत्रिम रुपमा फलफूल पकाउन मुख्यतया एथिलिन र क्याल्सियम कार्बाइड जस्ता रसायनको प्रयोग भएको पाइन्छ । क्याल्सियम कार्बाइड प्रयोग गरेको फलफूल खाँदा बान्ता हुने, छाती दुख्ने, घाँटीमा घाउ आउने, पेट पोल्ने, तिर्खा लाग्ने, निल्न गाह्रो हुने, आँखा पोल्ने, आँखामा दीर्घकालीन क्षति हुने, अल्सर हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखा पर्न सक्ने हुँदा नेपालको खाद्य नियमावली २०२७ को नियम (घ)ले फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई फलफूल पकाउन प्रयोग हुने कार्बाइड प्रयोग गर्न निषेध गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार व्यावसायिक रुपमा फलफूल पकाउने व्यवसायीहरुले रसायन प्रयोग गरी फलफूल पकाउनुपर्ने भएमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनको तोकिएको विधि अनुरुप मात्र प्रयोग गर्न पाइन्छ ।
यस्ता रसायन प्रयोग गर्दा व्यवसायीले के कुरा ध्यानमा राख्ने ?
व्यवसायीले फलफूल पकाउन कम्तीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले दिएका मापदण्ड पूरा गर्नसके धेरै हदसम्म प्रयोग गरिएको रसायनको कारणले हुने जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले आयातकर्ता, उत्पादनकर्ता, भण्डारणकर्ता तथा बिक्रेताले ध्यान दिनुपर्ने भनी दिइएका मुख्य बुँदाहरु यस्ता छन् ।
कार्बाइड प्रयोग नगर्ने
– एथिलिन ग्यासको प्रयोग गर्दा पनि यो सिधै फलको सम्पर्कमा आउन नहुने हुनाले प्याकेटलाई सानो-सानो प्वाल पारिएको प्लास्टिकको बट्टाभित्र राखेर र स्प्रे गर्दा फलफूलमा सिधै नगरेर खाली ठाउँमा ग्यासलाई स्प्रे गरेर मात्र प्रयोग गर्ने ।
– एथिलिन ग्यास प्रयोग गर्दा १०० पीपीएमसम्म मात्र प्रयोग गर्ने ।
– एथिलिन ग्यास प्रयोग गर्दा तापक्रम, ह्युमिडिटि र कार्बन डाइअक्साइडको मात्रा मिलाएर हावा नछिर्ने कोठामा २४ देखि ४८ घण्टाको लागि प्रयोग गर्ने ।
विश्वासिलो कम्पनीबाट (कम्पनीको नाम, प्रयोग गरिएको सामग्री र प्रयोग गर्ने तरिका बुझ्नेगरी लेखिएको) एथिलिन स्रोतको मात्र प्रयोग गर्ने ।
source:onlinekhabar
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login