Banner
कबड्डी टोली बंगलादेश प्रस्थान
कबड्डी टोली बंगलादेश प्रस्थान
काठमाडौं, जेठ १० गते ।
चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
मे २६ देखि जुन ३ तारिखसम्म हुने प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, श्रीलंका, इराक, मलेसिया र इन्डोनेसिया रहेका छन् । समूह ‘बी’ मा थाइल्यान्ड, जापान, पाकिस्तान, दक्षिण कोरिया, केन्या र पोल्यान्ड छन् ।

खेलाडीहरुमा घनश्याम रोक्का मगर (कप्तान), गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा रहेका छन् ।
टोलीका कप्तान घनश्याम भारतको प्रो कबड्डी लिग खेलिसकेका खेलाडी हुन् । उनी १० औं संस्करणमा हरियाणा स्लिर्समा १३ लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका थिए । घनश्यामले १० औं संस्करणमा चार टिम विरुद्ध खेल्ने अवसर पाएका थिए । उनले तेलगु टाइटन्स, गुजरात जाइन्ट्स, यु मुम्बा र बैंगलारु बुल्स विरुद्ध खेलेका थिए । घनश्याम प्रो कबड्डी लिगमा आबद्ध हुने नेपाली खेलाडी मध्ये सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन् । यसअघि सञ्जय श्रेष्ठ र जयबहादुर बोहराले समान ८–८ लाख तथा लालमोहर यादव र नागेश्वर चौधरीले समान १०–१० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएको महासचिव झाले बताए ।
विष्णुदत्त भट्ट प्रशिक्षक, महेश चन्द व्यवस्थापक तथा तर्कराज भट्ट र रमेशचन्द्र ओझा अफिसियलको भूमिका टिमसंगै बंगलादेश गएका छन् ।
महिला राष्ट्रिय कबड्डी टोलीको उपस्थितिमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे ।
सदस्य–सचिव घिसिङले १९ औं एसियाली खेलकुदमा महिला कबड्डी टोलीलाई सहभागी गराएकोमा धेरै प्रश्नको सामना गर्नु परेको स्मरण गर्दै महिला टोलीले पदक जितेर सहभागिताको औचित्य पुष्टि गरिसकेको बताए । उनले अब महिला टोलीलाई विगतको भन्दा राम्रो गर्ने चुनौती थपिएको र पुरुष टोलीलाई बंगबन्धु कप पदक जित्ने राम्रो अवसर भएको बताए ।
‘हाङझाव एसियाडमा महिला कबड्डीलाई सहभागी गराउँदा मैलै धेरै प्रश्नको सामना गर्नु परेको थियो । तर, त्यही टोलीले पदक जितरे राम्रो जवाफ दिन सफल भयो । अब महिला टोलीलाई त्यो भन्दा राम्रो नतिजा ल्यान्उन चुनौती पनि थपिएको छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘अहिलेको पुरुष टोली पनि युवा र अनुभवी खेलाडीको राम्रो संयोजन भएको जस्तो लाग्यो । यो टोलीले पनि केहि न केहि नयाँ दिन्छ भन्ने विश्वास छ ।’
सदस्य–सचिव घिसिङले खेलाडीका साथै प्रशिक्षकले समयानुकुल ‘अपडेट’ र ‘अपग्रेड’ हुनु पर्नेमा जोड दिदै खेलाडीको शारीरिक क्षमताको पहिचान गर्न परिषद्ले चाँडै स्पोर्ट्स सायन्स ल्याब स्थापना गर्ने अवगत गराए ।
चावहिलको विजयी सुरुआत
चावहिल स्पोर्ट क्लबले तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा चावहिलले सुनाखरी क्लबलाई २–१ ले पराजित ग¥यो । चावहिलका निमा लामा र ‘म्यान अफ दि म्याच’ कृष्ण शाक्यले समान १–१ गोल गरे । सुनाखरीका टीकाबहादुर पुनले १ गोल फर्काए । जितसंगै चावहिल क्वाटरफाइनलमा पुगेको छ ।
फ्रिडम ‘ए’ ले एजे भेट्रानलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित ५० मिनेटको खेल ३–३ को बराबरीमा टुंगिएको थियो । विजेताका गोलरक्षक सन्जित खड्गी ‘म्यान अफ दि म्याच’ घोषित भए । फ्रिडम ‘बी’ ले थापागाउँलाई ६–१ ले सहजै हरायो । विजयी टिमका लागि ‘म्यान अफ दि म्याच’ निलेन्द्र देवानले ४ तथा नरकुमार राई र राजु तामाङले समान १–१ गोल गरे । थापागाउँका शशि गौतमले सान्त्वना गोल गरे ।
चावहिल खेल मैदानमा जोरपाटीले बूढानीलकण्ठलाई २–० ले पाखा लगायो । विजयी टिमका लागि नितिन गुरुङ र ‘म्यान अफ दि म्याच’ रन्जित लामाले समान १–१ गोल गरे ।
नकआउट प्रतियोगितामा २० पुरुष टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट डिफेन्डर, गोलरक्षक, स्ट्राइकर र मिडफिल्डरलाई जनही ५ हजार नगद पुरस्कार पाउने छन् ।
भारत र श्रीलंका फाइनलमा
भारत र श्रीलंका एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) को गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । पाँच राष्ट्रको सहभागिता रहेको राउन्ड रोविन लिगमा भारत पहिलो र श्रीलंका दोश्रो हुँदै फाइनलमा पुगेका हुन् ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा भारतले माल्दिभ्स तथा श्रीलंकाले बंगलादेशलाई समान ३–० को नतिजामा पराजित गरे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा पनि भारत फाइनलमा पुग्न सफल भयो । भारतले श्रीलंकालाई ३–० ले हरायो । फाइनलमा भारतको भेट पाकिस्तानसंग हुनेछ । अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशमाथि ३–० को सहज जित दर्ता ग¥यो । फाइनल शुक्रबार हुनेछ ।
ब्वाइज÷गल्र्स दुवैमा फाइनल पुग्ने चारै टोली काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यु–१२ टिम प्रतियोगिताका लागि छनोट भएका छन् ।
एनटीए÷डब्लुटीएनको सुरुआत
नेपाल टेनिस संघले नेपालमा पहिलोपटक वल्र्ड टेनिस नम्बर (डब्लुटीएन) को सुरुआत गरेको छ । टेनिस संघकी अध्यक्ष ज्योति राणाले बिहीबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को सभाकक्षमा आयोजित एक कार्यक्रमबीच डब्लुटीएनको सुरुआत गरिएको घोषणा गरिन् ।
डब्लुटीएनको सुरुआतसंगै प्रतियोगिता व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गर्न सहज हुने टेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी गराए । टेनिस प्रतियोगिता आयोजकले नेपाली खेलाडीको रेटिङका लागि टेनिस संघलाई निश्चित शुल्क तिरेर ‘एक्सेस’ लिइ प्रतियोगितामा सहभागी हुने खेलाडीको नामवली डब्लुटीएनमा समावेश गर्न पाउने छन् । त्यसपछि खेलाडीले गरेको प्रदर्शनका आधारमा सम्बन्धित खेलाडीको रेटिङ हुनेछ । रेटिङ न्युनतम ४० अंकदेखि सुरु हुनेछ ।
टेनिस संघका सदस्य जयजीव हाडाले यु–९ उमेरसमूहको स्पर्धादेखि मात्र खेलाडी डब्लुटीएनमा समावेश हुने बताउदै हालसम्म १६९ राष्ट्रका राष्ट्रिय संघले डब्लुटीएनको सुरुआत गरिसकेको जानकारी दिए ।
कार्यक्रममा एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, टेनिस संघका महासचिव मनोहरदास मुल, नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटी, नेपालमा टेनिस प्रतियोगिता आयोजना गर्ने संस्थालगायतको उपस्थिति रहेको थियो ।
क्लाइम्बिड. फेस्तिवल
बिश्व सगरमथा दिवसको अवसरमा ललितपुर क्लाइम्बिड. फेस्तिवल अन्तर्गत वाल कल्लाईम्बिड. प्रतियोगीता सम्पन्न । सगरमाथा दिवस प्रत्येक वर्ष मे महिनाको २९ तारिखमा मनाइने राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिड। शेर्पाले सगरमाथा हिमालको सफल आरोण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो । ललितपुर महानगरपालिकाको १००औं स्थापना दिवशको गौरबशाली योजना र कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिकाले बिश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनलाई ललितपुरको लोगो अंकित झण्डा बिश्वको सर्वोच्च शिखरमा फराउने दायित्व सहित आर्थिक सहयोग गरेको थियो । सोहि क्रममा बिश्वकितिमानी सगरमाथा आरोही कल्पना महर्जनले सफलता पूर्वक सगरमाथा आरोहण गरी ललितपुर महानगरपालिकाको लोगो अंकित झण्डालाई सगरमाथा फ¥याएको सम्झनामा साथै बिश्व सगरमाथा दिवश मनाउने क्रममा ललितपुर महानगरपालिका वडा नं। २६ को बालअधिकार समितले आफ्नो बालबालिकाहरुलाई स्पोर्टस क्लाइम्बिड। खेल अन्र्तगत परिचायात्मक कार्यक्रमको आयोजना गरिएको छ । धुम्बाराहिमा रहेको पासाड। ल्हामु क्लाइम्बिड। सेन्टरमा बाल बालिकाले वाल क्लाइम्बिड। गरेर सगरमाथा दिवश मनाएका छन् । ललितपुर क्लाइबिड। फेस्टिफको नाममा विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनको प्राविधिक सहयोगमा ललितपुर जिल्लाका तिनवटै निकाय ललितपुर महानगरपालिका वडा नं। २६ बाल अधिकार समिति महालक्ष्मी नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले एक एक जना केटा र केटी गरेर महालक्ष्मी नगरपालिका अन्तर्गत प्रत्येक सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई १ दिने परिचायात्मक क्लाइम्बिड कार्यक्रमको समते आयोजना गरेको थियो । र गोदावरी नगरपालिका वडा नं। ८ गणेश मावि स्कुल ब्यवस्थापन समिती लगायतले फरक फरक दिनमा कार्यक्रमको आयोजना गर्दै सगरमाथा दिवश मनाइरहेको छ । सगरमाथा दिवस मनाउने क्रममा आज ललितपुर क्लाइम्बिड. प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा गोदावरी नगरपालिकाको वडा नं. ८ अवस्थित गणेश मावि का विद्यार्थीहरु बिचमा भएको थियो । प्रतियोगितामा ६० जनाले भाग लिएको थियो । यस प्रतियोगितामा केटा समूह बाट प्रथम स्थान दिपेश दनुवा, दोस्रो स्थानमा अरुण दनुवार र तेस्रो स्थानमा दिपेन्द्र दनुवार हुन सफल भएको छ । त्यसै गरी केटी तर्फबाट प्रथम स्थान सनशीला तामाड., दोस्रोमा सरिता(इन्द्र) दनुवार र तेस्रो स्थानमा मरियम ठोक्कर हुन सफल भएको छ। विजेताहरुलाई क्यास प्राइज, मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको थियो । विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले सन् २०१९ को सफल सगरमाथा आरोेहण गर्ने क्रममा ३ वटै नगरपालिकाको लोगो अंकित झन्डालाई सगरमाथाको चुचुरोमा आजको दिन फराउन सफल भएको थियो । सोही दिनको सम्झनामा यो प्रतियोगिताको आयोजना गरिएको हो ।
वादोरियो कराँतेको टोली नर्वे जाँदै
काठमाडौं । नेपाल वादोरियो कराँते डो संघको टोली वादोरियो कराँतेको “तेस्रो ग्रान्ड मास्टर हिरोनोरी ओत्सुका“बाट हुने बिशेष सेमिनारमा सहभागी हुन नर्वे प्रस्थान गर्ने भएको छ । वादोरियो कराँते डो संघका संस्थापक प्रमुख प्रशिक्षक एवं कराँते महासंघका बरिष्ठ उपाध्यक्ष हरिशरण केसी नेतृत्वको ४ सदस्यीय टोली मे २५ र २६ तारिखमा हुने विशेष सेमिनारमा सहभागीता जनाउन शुक्रबार नर्वे प्रस्थान गर्ने भएको हो ।
अध्यक्ष केसी संगै प्रशिक्षक सिमोन खत्री, टिम मेनेजर सुमन तिमिल्सिना र प्रशिक्षक विनोद तामाङ सहितको ४ सदस्यीय टोलीलाई बिहिबार राखेपका उपाध्यक्ष शिव कोईराले एक कार्यक्रमकाबीच विदाई गरे ।
उक्त प्रशिक्षण कार्यक्रम पश्चात प्रशिक्षक विनोद तामाङ नेदरल्याण्डमा हुने १४ औं रोटरड्याम कप ईन्टरनेशनल टुर्नामेन्टमा सहभागी हुने अध्यक्ष केसीले जानकारी दिए ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login