Banner
कबड्डी टोली बंगलादेश प्रस्थान
कबड्डी टोली बंगलादेश प्रस्थान
काठमाडौं, जेठ १० गते ।
चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
मे २६ देखि जुन ३ तारिखसम्म हुने प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, श्रीलंका, इराक, मलेसिया र इन्डोनेसिया रहेका छन् । समूह ‘बी’ मा थाइल्यान्ड, जापान, पाकिस्तान, दक्षिण कोरिया, केन्या र पोल्यान्ड छन् ।

खेलाडीहरुमा घनश्याम रोक्का मगर (कप्तान), गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा रहेका छन् ।
टोलीका कप्तान घनश्याम भारतको प्रो कबड्डी लिग खेलिसकेका खेलाडी हुन् । उनी १० औं संस्करणमा हरियाणा स्लिर्समा १३ लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका थिए । घनश्यामले १० औं संस्करणमा चार टिम विरुद्ध खेल्ने अवसर पाएका थिए । उनले तेलगु टाइटन्स, गुजरात जाइन्ट्स, यु मुम्बा र बैंगलारु बुल्स विरुद्ध खेलेका थिए । घनश्याम प्रो कबड्डी लिगमा आबद्ध हुने नेपाली खेलाडी मध्ये सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन् । यसअघि सञ्जय श्रेष्ठ र जयबहादुर बोहराले समान ८–८ लाख तथा लालमोहर यादव र नागेश्वर चौधरीले समान १०–१० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएको महासचिव झाले बताए ।
विष्णुदत्त भट्ट प्रशिक्षक, महेश चन्द व्यवस्थापक तथा तर्कराज भट्ट र रमेशचन्द्र ओझा अफिसियलको भूमिका टिमसंगै बंगलादेश गएका छन् ।
महिला राष्ट्रिय कबड्डी टोलीको उपस्थितिमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे ।
सदस्य–सचिव घिसिङले १९ औं एसियाली खेलकुदमा महिला कबड्डी टोलीलाई सहभागी गराएकोमा धेरै प्रश्नको सामना गर्नु परेको स्मरण गर्दै महिला टोलीले पदक जितेर सहभागिताको औचित्य पुष्टि गरिसकेको बताए । उनले अब महिला टोलीलाई विगतको भन्दा राम्रो गर्ने चुनौती थपिएको र पुरुष टोलीलाई बंगबन्धु कप पदक जित्ने राम्रो अवसर भएको बताए ।
‘हाङझाव एसियाडमा महिला कबड्डीलाई सहभागी गराउँदा मैलै धेरै प्रश्नको सामना गर्नु परेको थियो । तर, त्यही टोलीले पदक जितरे राम्रो जवाफ दिन सफल भयो । अब महिला टोलीलाई त्यो भन्दा राम्रो नतिजा ल्यान्उन चुनौती पनि थपिएको छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘अहिलेको पुरुष टोली पनि युवा र अनुभवी खेलाडीको राम्रो संयोजन भएको जस्तो लाग्यो । यो टोलीले पनि केहि न केहि नयाँ दिन्छ भन्ने विश्वास छ ।’
सदस्य–सचिव घिसिङले खेलाडीका साथै प्रशिक्षकले समयानुकुल ‘अपडेट’ र ‘अपग्रेड’ हुनु पर्नेमा जोड दिदै खेलाडीको शारीरिक क्षमताको पहिचान गर्न परिषद्ले चाँडै स्पोर्ट्स सायन्स ल्याब स्थापना गर्ने अवगत गराए ।
चावहिलको विजयी सुरुआत
चावहिल स्पोर्ट क्लबले तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा चावहिलले सुनाखरी क्लबलाई २–१ ले पराजित ग¥यो । चावहिलका निमा लामा र ‘म्यान अफ दि म्याच’ कृष्ण शाक्यले समान १–१ गोल गरे । सुनाखरीका टीकाबहादुर पुनले १ गोल फर्काए । जितसंगै चावहिल क्वाटरफाइनलमा पुगेको छ ।
फ्रिडम ‘ए’ ले एजे भेट्रानलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित ५० मिनेटको खेल ३–३ को बराबरीमा टुंगिएको थियो । विजेताका गोलरक्षक सन्जित खड्गी ‘म्यान अफ दि म्याच’ घोषित भए । फ्रिडम ‘बी’ ले थापागाउँलाई ६–१ ले सहजै हरायो । विजयी टिमका लागि ‘म्यान अफ दि म्याच’ निलेन्द्र देवानले ४ तथा नरकुमार राई र राजु तामाङले समान १–१ गोल गरे । थापागाउँका शशि गौतमले सान्त्वना गोल गरे ।
चावहिल खेल मैदानमा जोरपाटीले बूढानीलकण्ठलाई २–० ले पाखा लगायो । विजयी टिमका लागि नितिन गुरुङ र ‘म्यान अफ दि म्याच’ रन्जित लामाले समान १–१ गोल गरे ।
नकआउट प्रतियोगितामा २० पुरुष टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट डिफेन्डर, गोलरक्षक, स्ट्राइकर र मिडफिल्डरलाई जनही ५ हजार नगद पुरस्कार पाउने छन् ।
भारत र श्रीलंका फाइनलमा
भारत र श्रीलंका एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) को गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । पाँच राष्ट्रको सहभागिता रहेको राउन्ड रोविन लिगमा भारत पहिलो र श्रीलंका दोश्रो हुँदै फाइनलमा पुगेका हुन् ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा भारतले माल्दिभ्स तथा श्रीलंकाले बंगलादेशलाई समान ३–० को नतिजामा पराजित गरे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा पनि भारत फाइनलमा पुग्न सफल भयो । भारतले श्रीलंकालाई ३–० ले हरायो । फाइनलमा भारतको भेट पाकिस्तानसंग हुनेछ । अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशमाथि ३–० को सहज जित दर्ता ग¥यो । फाइनल शुक्रबार हुनेछ ।
ब्वाइज÷गल्र्स दुवैमा फाइनल पुग्ने चारै टोली काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यु–१२ टिम प्रतियोगिताका लागि छनोट भएका छन् ।
एनटीए÷डब्लुटीएनको सुरुआत
नेपाल टेनिस संघले नेपालमा पहिलोपटक वल्र्ड टेनिस नम्बर (डब्लुटीएन) को सुरुआत गरेको छ । टेनिस संघकी अध्यक्ष ज्योति राणाले बिहीबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को सभाकक्षमा आयोजित एक कार्यक्रमबीच डब्लुटीएनको सुरुआत गरिएको घोषणा गरिन् ।
डब्लुटीएनको सुरुआतसंगै प्रतियोगिता व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गर्न सहज हुने टेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी गराए । टेनिस प्रतियोगिता आयोजकले नेपाली खेलाडीको रेटिङका लागि टेनिस संघलाई निश्चित शुल्क तिरेर ‘एक्सेस’ लिइ प्रतियोगितामा सहभागी हुने खेलाडीको नामवली डब्लुटीएनमा समावेश गर्न पाउने छन् । त्यसपछि खेलाडीले गरेको प्रदर्शनका आधारमा सम्बन्धित खेलाडीको रेटिङ हुनेछ । रेटिङ न्युनतम ४० अंकदेखि सुरु हुनेछ ।
टेनिस संघका सदस्य जयजीव हाडाले यु–९ उमेरसमूहको स्पर्धादेखि मात्र खेलाडी डब्लुटीएनमा समावेश हुने बताउदै हालसम्म १६९ राष्ट्रका राष्ट्रिय संघले डब्लुटीएनको सुरुआत गरिसकेको जानकारी दिए ।
कार्यक्रममा एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, टेनिस संघका महासचिव मनोहरदास मुल, नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटी, नेपालमा टेनिस प्रतियोगिता आयोजना गर्ने संस्थालगायतको उपस्थिति रहेको थियो ।
क्लाइम्बिड. फेस्तिवल
बिश्व सगरमथा दिवसको अवसरमा ललितपुर क्लाइम्बिड. फेस्तिवल अन्तर्गत वाल कल्लाईम्बिड. प्रतियोगीता सम्पन्न । सगरमाथा दिवस प्रत्येक वर्ष मे महिनाको २९ तारिखमा मनाइने राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिड। शेर्पाले सगरमाथा हिमालको सफल आरोण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो । ललितपुर महानगरपालिकाको १००औं स्थापना दिवशको गौरबशाली योजना र कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिकाले बिश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनलाई ललितपुरको लोगो अंकित झण्डा बिश्वको सर्वोच्च शिखरमा फराउने दायित्व सहित आर्थिक सहयोग गरेको थियो । सोहि क्रममा बिश्वकितिमानी सगरमाथा आरोही कल्पना महर्जनले सफलता पूर्वक सगरमाथा आरोहण गरी ललितपुर महानगरपालिकाको लोगो अंकित झण्डालाई सगरमाथा फ¥याएको सम्झनामा साथै बिश्व सगरमाथा दिवश मनाउने क्रममा ललितपुर महानगरपालिका वडा नं। २६ को बालअधिकार समितले आफ्नो बालबालिकाहरुलाई स्पोर्टस क्लाइम्बिड। खेल अन्र्तगत परिचायात्मक कार्यक्रमको आयोजना गरिएको छ । धुम्बाराहिमा रहेको पासाड। ल्हामु क्लाइम्बिड। सेन्टरमा बाल बालिकाले वाल क्लाइम्बिड। गरेर सगरमाथा दिवश मनाएका छन् । ललितपुर क्लाइबिड। फेस्टिफको नाममा विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनको प्राविधिक सहयोगमा ललितपुर जिल्लाका तिनवटै निकाय ललितपुर महानगरपालिका वडा नं। २६ बाल अधिकार समिति महालक्ष्मी नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले एक एक जना केटा र केटी गरेर महालक्ष्मी नगरपालिका अन्तर्गत प्रत्येक सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई १ दिने परिचायात्मक क्लाइम्बिड कार्यक्रमको समते आयोजना गरेको थियो । र गोदावरी नगरपालिका वडा नं। ८ गणेश मावि स्कुल ब्यवस्थापन समिती लगायतले फरक फरक दिनमा कार्यक्रमको आयोजना गर्दै सगरमाथा दिवश मनाइरहेको छ । सगरमाथा दिवस मनाउने क्रममा आज ललितपुर क्लाइम्बिड. प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा गोदावरी नगरपालिकाको वडा नं. ८ अवस्थित गणेश मावि का विद्यार्थीहरु बिचमा भएको थियो । प्रतियोगितामा ६० जनाले भाग लिएको थियो । यस प्रतियोगितामा केटा समूह बाट प्रथम स्थान दिपेश दनुवा, दोस्रो स्थानमा अरुण दनुवार र तेस्रो स्थानमा दिपेन्द्र दनुवार हुन सफल भएको छ । त्यसै गरी केटी तर्फबाट प्रथम स्थान सनशीला तामाड., दोस्रोमा सरिता(इन्द्र) दनुवार र तेस्रो स्थानमा मरियम ठोक्कर हुन सफल भएको छ। विजेताहरुलाई क्यास प्राइज, मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको थियो । विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले सन् २०१९ को सफल सगरमाथा आरोेहण गर्ने क्रममा ३ वटै नगरपालिकाको लोगो अंकित झन्डालाई सगरमाथाको चुचुरोमा आजको दिन फराउन सफल भएको थियो । सोही दिनको सम्झनामा यो प्रतियोगिताको आयोजना गरिएको हो ।
वादोरियो कराँतेको टोली नर्वे जाँदै
काठमाडौं । नेपाल वादोरियो कराँते डो संघको टोली वादोरियो कराँतेको “तेस्रो ग्रान्ड मास्टर हिरोनोरी ओत्सुका“बाट हुने बिशेष सेमिनारमा सहभागी हुन नर्वे प्रस्थान गर्ने भएको छ । वादोरियो कराँते डो संघका संस्थापक प्रमुख प्रशिक्षक एवं कराँते महासंघका बरिष्ठ उपाध्यक्ष हरिशरण केसी नेतृत्वको ४ सदस्यीय टोली मे २५ र २६ तारिखमा हुने विशेष सेमिनारमा सहभागीता जनाउन शुक्रबार नर्वे प्रस्थान गर्ने भएको हो ।
अध्यक्ष केसी संगै प्रशिक्षक सिमोन खत्री, टिम मेनेजर सुमन तिमिल्सिना र प्रशिक्षक विनोद तामाङ सहितको ४ सदस्यीय टोलीलाई बिहिबार राखेपका उपाध्यक्ष शिव कोईराले एक कार्यक्रमकाबीच विदाई गरे ।
उक्त प्रशिक्षण कार्यक्रम पश्चात प्रशिक्षक विनोद तामाङ नेदरल्याण्डमा हुने १४ औं रोटरड्याम कप ईन्टरनेशनल टुर्नामेन्टमा सहभागी हुने अध्यक्ष केसीले जानकारी दिए ।
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login