Banner
नेपाल आइडलका किरण भुजेलको ‘तिमी सुस्तरी छेउ आइदेउन’को चर्चा

‘तिमी सुस्तरी छेउ आइदेउन’ भन्दै आए किरण र ममता
नागेन्द्र श्रेष्ठको अर्को शसक्त प्रस्तुती ‘तिमी सुस्तरी छेउ आइदेउन’
नागेन्द्रको तिमी सुस्तरी छेउ आइदेउनमा किरण, ललना, सम्राट र प्रिन्सिखा
नेपाल आइडलका किरण भुजेलको ‘तिमी सुस्तरी छेउ आइदेउन’को चर्चा
काठमाडौं : नेपाल आइडलबाट उदायका किरण भुजेल र ममता गुरुङले नयाँ गीत ‘तिमी सुस्तरी छेउ आइदेउन’ बजारमा ल्याएका छन्। नवीन श्रेष्ठको लेखेका शब्दमा नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने एरेन्ज राहुल प्रधानले गरेका छन्। गीतमा मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन्।
दुई जोडीको रमाइलो प्रेम कथालाई कलात्मक तरिकाले वर्णन गीतको भिडियो नागेन्द्र श्रेष्ठको अफिसियल युट्युब च्यालनमार्फत सार्वजनिक भएको हो। केशवराज भट्टले निर्देशन गरेको भिडियोमा किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठ फिचर्ड छन्। विशाल थापाले खिचेको भिडियोलाई कलर र सम्पादन दिनसन शाहले गरेका छन्।
Facebook Comment
Banner
सरकारका नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन दबाब दिने माओवादीको निर्णय

११ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन सरकारलाई दबाब दिने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
साथै शिक्षकका माग सम्बोधनका लागि पहल गर्न प्रतिपक्षी दलहरुसँग सहकार्य गर्ने, शिक्षा ऐन र संघीय निजामती सेवा ऐन जारी गरी संघीयता कार्यान्वयनमा पहलकदमी लिने लगायतका निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।
साथै जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको घटनाको भर्त्सना गर्ने, वैशाख १२ को भूकम्पको स्मरणमा गोरखाको बारपाकमा हुने कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने र तराई मधेश जागर अभियान वैशाख १७ गते समापनन गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।
यी निर्णयको जानकारी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पत्रकार सम्मेलनमार्फत् दिएका हुन् ।
पाण्डेका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक अवस्थाबारे सांसदहरुलाई जानकारी दिँदै माओवादी केन्द्रले खेल्नुपर्ने भूमिकाबारे निर्देशनात्मक मन्तव्य राखेका थिए ।
त्यसक्रममा प्रचण्डले सरकार शिक्षकका मागप्रति संवेदनशील नभएको र गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष सुनाएका थिए । शिक्षामन्त्री फेरबदलले पनि त्यसलाई पुष्टि गरेको भन्दै प्रचण्डले शिक्षकका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन सडक र सदनबाट भूमिका खेल्नुपर्ने बताएका थिए ।
‘शिक्षकका समस्या हल गर्नका लागि अरु प्रतिपक्ष दलहरुसँग पनि सहकार्य, छलफल र सम्वाद गरेर एउटा निचोडमा लैजाने भन्ने भएको छ,’ प्रमुख सचेतक पाण्डेले पत्रकार सम्मेलनमा भने, ‘सदन, सरकार र सडकबाट जनताका माग सम्बोधनका लागि पहल गर्ने भन्ने भएको छ ।’
बैठकको सुरुमा गोपीबहादुर अछामीले राष्ट्रिय सभाका र हितराज पाण्डेले प्रतिनिधि सभामा भएका काम र गर्न बाँकी कामबारे जानकारी गराएका थिए ।
Banner
बेपत्ताको युवकको खोजीमा गोताखोर परिचालन

बर्दिया — बुधबार बेलुकी गुलरिया नगरपालिका–५ बबई (भादा) नदी रामबागमा नुहाउन गएका एक युवक बेपत्ता भएपछि बिहीबार बिहानदेखि सशस्त्र प्रहरी बल, बाँकेबाट आएको गोताखोरले खोजी कार्य जारी गरेको छ ।
बिहान ५ बजे घटनास्थलमा ४ जना गोताखोरसहित नौ जना बेपत्ता युवाको खोजीमा परिचालित भएका छन् ।
बुधबार गुलरिया–५ का सृजन पोखरेल साथीहरुसँग भादा नुहाउन जाँदा बेपत्ता भएको सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताए ।
अन्यको शकुशल उद्धार गरिएको थियो । बुधबार साँझसम्म खोजी गर्दा फेला नपरेपछि बाँकेको शम्सेरगन्जबाट आएका सशस्त्र प्रहरीका गोताखोरले खोजी जारी राखेको उनले बताए ।
Banner
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) केही महिनाभित्र बन्द हुने भएको छ ।
विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने सो संस्थालाई एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले बन्द गर्ने निर्णय गरेको हो ।
एमसीसी परियोजना अन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ । तर ट्रम्प प्रशासनको खर्च कटौती नीति अन्तर्गत एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजनाका अन्तर्गतका काम पनि रोकिने छ ।
अमेरिकी सरकारको डज विभागले मंगलबार सबै कर्मचारीलाई पठाएको इमेलमा एमसीसी अनुदान सहयोग बन्द हुने व्यहोरा उल्लेख रहेको सीएनएनले जनाएको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login