Connect with us
Advertisement

अब नोवेलमा सुरु भयो अटोइम्यून रोगको विशेष जाँच

Published

on

विराटनगर । अटोइम्यून डिजिज अर्थात रोग प्रतिरोधात्मक प्रणालीको खराबी यस्तो विकार हो जसले गर्दा मानिसको रोग प्रतिरोधात्मक प्रणालीले रोग विरुद्ध लड्न भन्दा पनि शरिरको आफ्नै कोशिकाहरुमाथि हमला गर्दछ र शरिरको विभिन्न अङ्गमा समस्या ल्याउने गर्दछ । यो समस्यालाई समयमा नै पत्ता लगाएमा दीर्घकालसम्म कष्टकर जीवनयापन गर्न पर्ने बाध्यताबाट छुटकारा पाउन सकिन्छ ।

जसका लागि अस्पतालहरुमा विभिन्न जाँचहरु उपलव्ध छन् । ति जाँचहरु मध्ये हाल सम्म उपलव्ध प्रविधिहरुमा रगतको विषेश जाँच Immunofluorescence Assay (IFA) लाई अव्वल जाँच मानिन्छ । पूर्वी नेपालमा पहिलो पटक विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले यो प्रविधीबाट अटोइम्यून डिजिजको जाँच सुरु गरेको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्याथोलोजिष्ट डा. ओसन श्रेष्ठका अनुसार यो प्रविधिलाई सवैभन्दा उच्च स्तरको अर्थात Gold Standard को जाँच मानिन्छ । यो प्रविधिले लगभग सतप्रतिसत जाँचमा अटोइम्यून डिजिज भए नभएको पुष्टि गर्छ ।

 

के हो त अटोइम्यून डिजिज भनेको ? यसका प्रकार र लक्षणहरु के के छन् ?

डा. ओसन श्रेष्ठका अनुसार अटोइम्यून डिजिज भनेको एउटा यस्तो रोग हो जसमा हाम्रो शरिरको प्रतिरक्षा प्रणालीले असामान्य प्रतिक्रिया देखाउँछ । हाम्रो शरिरको विभिन्न किटाणुहरुसँग लड्ने र तिनिहरुलाई नास गर्ने प्रणालीहरुले भूलबस हाम्रै शरिरका सामान्य रुपमा स्वस्थकर तरिकाले काम गरिरहेका भागहरुलाई जीवाणु जस्तो सम्झी आक्रमण गरेर नष्ट गर्न प्रयास गर्दछ । हाल सम्म अटोइम्यून डिजिजका करिब ८० भन्दा बढी प्रकारका रोगहरु पत्ता लागिसकेका छन् र यी रोगहरुले शरिरका जुनसुकै भागमा असर पार्न सक्छन् ।

लुपुस रोग (Systemic Lupus Erythematosus – SLE), बाथ रोग, Sjogren’s syndrome, कलेजोको हेपाटाइटिस रोग, छाला सम्बन्धी Dermatomyositis रोग जस्ता रोगहरु अटोइम्यून डिजिजका उदाहरणहरु हुन् । डा. ओसनका अनुसार यी सवै रोगहरुको प्रारम्भिक लक्षणहरु कतिपय समान खालका हुन्छन् जस्तै विरामीहरुलाई छिटो थकानको महसुस हुने, टाउको हलुको भई चक्कर आएको जस्तो हुने, बारम्बार हलुको ज्वरो आइरहने, मांसपेसीहरु दुख्ने, छालामा रातो दागहरु देखा पर्ने, हातखुट्टामा सुन्नताको आभाष हुने, जोर्नीमा दुखाई हुने तथा सुन्निने, बिना कुनै कारण शरिरमा असहजताको महसुस हुने, रगतको कमी हुने आदि हुन सक्दछ ।

अटोइम्यून डिजिजका कारणहरु के के छन् ?

डा. श्रेष्ठले दिएको जानकारी अनुसार अटोइम्यून डिजिजको कारणहरु धेरैजसो अवस्थामा पत्ता लागिसकेका छैनन् । तरपनि विभिन्न बंशाणुगत कारण, पर्यावरणिय कारण, हर्मोनको कारण र संक्रमणहरुसंग यो रोगको सम्बन्ध रहेको पाईन्छ । पुरुषमा भन्दा प्रायजसो महिलाहरुमा यो समस्या बढी देखिएको छ र उनीहरुका बालबच्चामा समेत यो रोग देखिने सम्भावना बढी हुन्छ । विभिन्न भाइरस र ब्याक्टेरियाको संक्रमणले गर्दा पनि यो रोग उत्पन्न हुन सक्छ ।

इम्यूनोफ्ल्यूरोसेन्स एसे (आईएफए) कस्तो जाँच हो ?

डा. श्रेष्ठले दिएको जानकारी अनुसार आईएफए एउटा यस्तो विशेष प्रकारको जाँच हो जसलाई अटोइम्यून डिजिज पत्ता लगाउन हाल सम्म उपलव्ध प्रविधीहरु मध्ये अहिले सम्मकै उच्चस्तरको अर्थात Gold Standard जाँच हो किनकी यदी कुनै विरामीमा यो रोग रहेको छ भने लगभग सतप्रतिसत अवस्थामा यो प्रविधिले त्यसको पुष्टि गर्दछ । यो जाँचमा विरामीको २—३ एम एल रगतको नमुनामात्र चाहिन्छ र सो रगतको नमुनालाई निश्चित विधिहरुबाट तालिम प्राप्त प्राविधिक र विशेषज्ञ चिकित्सकहरुले फ्ल्यूरोसेन्ट माइक्रोस्कोप मार्फत जाँच गरी रोग भए नभएको र भए कुन प्रकारको रोग हो भनि पत्ता लगाउने गर्दछन् ।

इम्यूनोफ्ल्यूरोसेन्स एसे (आईएफए) जाँच गर्न कति समय लाग्छ ?

डा. श्रेष्ठका अनुसार यो जाँचको नतिजा नमुना परीक्षण गरेको लगभग तीन घण्टाभित्रै उपलव्ध गराउन सकिन्छ ।

उनका अनुसार अरु विधिहरुमा जाँच भए पनि कतिपय अवस्थामा सो रोग भएता पनि नतिजा गलत आउन सक्ने अवस्था रहन्छ । तर आईएफए प्रविधिको नतिजा लगभग सतप्रतिसत हुने भएकोले विश्वव्यापी रुपमा नै विशेषज्ञहरुले यो प्रविधीबाटै जाँच गर्न सिफरिस गर्दछन् ।

डा. श्रेष्ठका अनुसार उनी सहित थप दुई जना अनुभवी ल्याब टेक्नोलोजिष्टहरुले सिएमसि भेलोर, भारतमा आईएफएको विशेष तालिम लिएर आए पछि यो प्रविधिबाट जाँच सुरु गरिएको हो । तालिमको दौरान एक हजार भन्दा बढी रगतको नमुनाहरुको जाँच गरेको उनले बताए । डा. श्रेष्ठका अनुसार यो प्रविधिबाट यो रोगको जाँच सुरु भए पछि पूर्वी नेपालका विरामीहरुलाई अटोइम्यून डिजिजको निदान र उपचार गर्न सहज भएको छ । समयमा नै रोगको पहिचान भएपछि उपचारमा पनि सहजता हुने र विरामीले अनावश्यक दुःख पाउन नपर्ने उनको भनाइ छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक