Connect with us
Advertisement

अब नोवेलमा सुरु भयो अटोइम्यून रोगको विशेष जाँच

Published

on

विराटनगर । अटोइम्यून डिजिज अर्थात रोग प्रतिरोधात्मक प्रणालीको खराबी यस्तो विकार हो जसले गर्दा मानिसको रोग प्रतिरोधात्मक प्रणालीले रोग विरुद्ध लड्न भन्दा पनि शरिरको आफ्नै कोशिकाहरुमाथि हमला गर्दछ र शरिरको विभिन्न अङ्गमा समस्या ल्याउने गर्दछ । यो समस्यालाई समयमा नै पत्ता लगाएमा दीर्घकालसम्म कष्टकर जीवनयापन गर्न पर्ने बाध्यताबाट छुटकारा पाउन सकिन्छ ।

जसका लागि अस्पतालहरुमा विभिन्न जाँचहरु उपलव्ध छन् । ति जाँचहरु मध्ये हाल सम्म उपलव्ध प्रविधिहरुमा रगतको विषेश जाँच Immunofluorescence Assay (IFA) लाई अव्वल जाँच मानिन्छ । पूर्वी नेपालमा पहिलो पटक विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले यो प्रविधीबाट अटोइम्यून डिजिजको जाँच सुरु गरेको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्याथोलोजिष्ट डा. ओसन श्रेष्ठका अनुसार यो प्रविधिलाई सवैभन्दा उच्च स्तरको अर्थात Gold Standard को जाँच मानिन्छ । यो प्रविधिले लगभग सतप्रतिसत जाँचमा अटोइम्यून डिजिज भए नभएको पुष्टि गर्छ ।

 

के हो त अटोइम्यून डिजिज भनेको ? यसका प्रकार र लक्षणहरु के के छन् ?

डा. ओसन श्रेष्ठका अनुसार अटोइम्यून डिजिज भनेको एउटा यस्तो रोग हो जसमा हाम्रो शरिरको प्रतिरक्षा प्रणालीले असामान्य प्रतिक्रिया देखाउँछ । हाम्रो शरिरको विभिन्न किटाणुहरुसँग लड्ने र तिनिहरुलाई नास गर्ने प्रणालीहरुले भूलबस हाम्रै शरिरका सामान्य रुपमा स्वस्थकर तरिकाले काम गरिरहेका भागहरुलाई जीवाणु जस्तो सम्झी आक्रमण गरेर नष्ट गर्न प्रयास गर्दछ । हाल सम्म अटोइम्यून डिजिजका करिब ८० भन्दा बढी प्रकारका रोगहरु पत्ता लागिसकेका छन् र यी रोगहरुले शरिरका जुनसुकै भागमा असर पार्न सक्छन् ।

लुपुस रोग (Systemic Lupus Erythematosus – SLE), बाथ रोग, Sjogren’s syndrome, कलेजोको हेपाटाइटिस रोग, छाला सम्बन्धी Dermatomyositis रोग जस्ता रोगहरु अटोइम्यून डिजिजका उदाहरणहरु हुन् । डा. ओसनका अनुसार यी सवै रोगहरुको प्रारम्भिक लक्षणहरु कतिपय समान खालका हुन्छन् जस्तै विरामीहरुलाई छिटो थकानको महसुस हुने, टाउको हलुको भई चक्कर आएको जस्तो हुने, बारम्बार हलुको ज्वरो आइरहने, मांसपेसीहरु दुख्ने, छालामा रातो दागहरु देखा पर्ने, हातखुट्टामा सुन्नताको आभाष हुने, जोर्नीमा दुखाई हुने तथा सुन्निने, बिना कुनै कारण शरिरमा असहजताको महसुस हुने, रगतको कमी हुने आदि हुन सक्दछ ।

अटोइम्यून डिजिजका कारणहरु के के छन् ?

डा. श्रेष्ठले दिएको जानकारी अनुसार अटोइम्यून डिजिजको कारणहरु धेरैजसो अवस्थामा पत्ता लागिसकेका छैनन् । तरपनि विभिन्न बंशाणुगत कारण, पर्यावरणिय कारण, हर्मोनको कारण र संक्रमणहरुसंग यो रोगको सम्बन्ध रहेको पाईन्छ । पुरुषमा भन्दा प्रायजसो महिलाहरुमा यो समस्या बढी देखिएको छ र उनीहरुका बालबच्चामा समेत यो रोग देखिने सम्भावना बढी हुन्छ । विभिन्न भाइरस र ब्याक्टेरियाको संक्रमणले गर्दा पनि यो रोग उत्पन्न हुन सक्छ ।

इम्यूनोफ्ल्यूरोसेन्स एसे (आईएफए) कस्तो जाँच हो ?

डा. श्रेष्ठले दिएको जानकारी अनुसार आईएफए एउटा यस्तो विशेष प्रकारको जाँच हो जसलाई अटोइम्यून डिजिज पत्ता लगाउन हाल सम्म उपलव्ध प्रविधीहरु मध्ये अहिले सम्मकै उच्चस्तरको अर्थात Gold Standard जाँच हो किनकी यदी कुनै विरामीमा यो रोग रहेको छ भने लगभग सतप्रतिसत अवस्थामा यो प्रविधिले त्यसको पुष्टि गर्दछ । यो जाँचमा विरामीको २—३ एम एल रगतको नमुनामात्र चाहिन्छ र सो रगतको नमुनालाई निश्चित विधिहरुबाट तालिम प्राप्त प्राविधिक र विशेषज्ञ चिकित्सकहरुले फ्ल्यूरोसेन्ट माइक्रोस्कोप मार्फत जाँच गरी रोग भए नभएको र भए कुन प्रकारको रोग हो भनि पत्ता लगाउने गर्दछन् ।

इम्यूनोफ्ल्यूरोसेन्स एसे (आईएफए) जाँच गर्न कति समय लाग्छ ?

डा. श्रेष्ठका अनुसार यो जाँचको नतिजा नमुना परीक्षण गरेको लगभग तीन घण्टाभित्रै उपलव्ध गराउन सकिन्छ ।

उनका अनुसार अरु विधिहरुमा जाँच भए पनि कतिपय अवस्थामा सो रोग भएता पनि नतिजा गलत आउन सक्ने अवस्था रहन्छ । तर आईएफए प्रविधिको नतिजा लगभग सतप्रतिसत हुने भएकोले विश्वव्यापी रुपमा नै विशेषज्ञहरुले यो प्रविधीबाटै जाँच गर्न सिफरिस गर्दछन् ।

डा. श्रेष्ठका अनुसार उनी सहित थप दुई जना अनुभवी ल्याब टेक्नोलोजिष्टहरुले सिएमसि भेलोर, भारतमा आईएफएको विशेष तालिम लिएर आए पछि यो प्रविधिबाट जाँच सुरु गरिएको हो । तालिमको दौरान एक हजार भन्दा बढी रगतको नमुनाहरुको जाँच गरेको उनले बताए । डा. श्रेष्ठका अनुसार यो प्रविधिबाट यो रोगको जाँच सुरु भए पछि पूर्वी नेपालका विरामीहरुलाई अटोइम्यून डिजिजको निदान र उपचार गर्न सहज भएको छ । समयमा नै रोगको पहिचान भएपछि उपचारमा पनि सहजता हुने र विरामीले अनावश्यक दुःख पाउन नपर्ने उनको भनाइ छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

Published

on

नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।

उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।

कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।

Continue Reading

Banner

सुन्दरहरैँचामा क्विज प्रतिस्पर्धा, लभ्ली एन्जल्स प्रथम,सुबिजिमुर दोस्रो, सगरमाथा हिमाल तेस्रो

Published

on

एउटै मञ्चमा २६ विद्यालयका विद्यार्थी। प्रश्नमाथि प्रश्न, उत्तरका लागि तीव्र प्रतिस्पर्धा र सही जवाफसँगै बढ्दो उत्साह। सुन्दरहरैँचामा आयोजित अन्तरविद्यालयस्तरीय क्विज प्रतियोगिताले विद्यार्थीको ज्ञान, तर्कशक्ति र आत्मविश्वासलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर दिएको छ।
सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा सम्पन्न ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ मा सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी भएका थिए।
प्रतियोगिताका विभिन्न चरणमा विद्यार्थीले सामान्य ज्ञानसँगै सिर्जनात्मक क्षमता, तार्किक सोच र तत्काल निर्णय गर्ने क्षमताको प्रदर्शन गरेका थिए। अन्ततः १२० अङ्क प्राप्त गर्दै लभ्ली एन्जल्स इङ्लिस स्कुलले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनेको छ।
प्रतियोगितामा १०५ अङ्कसहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तेस्रो भए। ८० अङ्क प्राप्त गरेको शिशिर एकेडेमीले सान्त्वना स्थान हासिल गरेको छ।
विजेता लभ्ली एन्जल्स इङ्लिस स्कुलले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ६ हजार र ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। सान्त्वना हुने विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीको उत्साहले कार्यक्रमलाई केवल प्रश्नोत्तरमा सीमित राखेन। एउटै मञ्चमा विभिन्न विद्यालयका विद्यार्थीबीच भएको प्रतिस्पर्धाले उनीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै आफ्ना ज्ञान र क्षमता प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्‍यो।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्रीले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। पाठ्यपुस्तकको ज्ञानसँगै सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न विद्यालयस्तरीय क्विज उपयोगी हुने उनको भनाइ थियो।
विद्यार्थीलाई पढाइमा मात्र सीमित नराखी उनीहरूको प्रतिभा प्रस्फुटन हुने वातावरण निर्माण गर्न विद्यालय, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहेको क्षेत्रीले बताए। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्छ।
प्याब्सन सुन्दरहरैँचाका सचिव सूर्य दंगालले विद्यालयस्तरबाटै विद्यार्थीको ज्ञान र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिनु सकारात्मक भएको बताए। विद्यार्थीको क्षमता परीक्षाको अङ्कमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले अतिरिक्त क्रियाकलापमार्फत व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्नुपर्नेमा जोड दिए।
विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा सहभागी गराएर प्रतिस्पर्धा गराउँदा विद्यालयहरूबीचको सम्बन्धसमेत थप मजबुत हुने दंगालले बताए।
सफल सिद्धार्थ एकेडेमीका फाउन्डर सदस्य गोविन्द कार्कीले विद्यार्थीको प्रतिभा र क्षमता उजागर गर्ने कार्यक्रमले शिक्षालाई थप व्यवहारिक र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
विद्यालयका प्रिन्सिपल राजन लम्सालले सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगिताले विद्यार्थीलाई आफ्नो ज्ञान र प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर दिएको बताए। विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी सर्वाङ्गीण विकासमा विद्यालयले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि क्षमता विकास, नेतृत्व सीप, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए।
२६ विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको आयोजकको भनाइ छ। विद्यार्थीमा ‘जान्ने, सिक्ने र अघि बढ्ने’ संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता पुरस्कार वितरणसँगै सम्पन्न भएको हो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न विद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो।

Continue Reading

Banner

नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह

Published

on

शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक