Banner
गर्मीले भारतमा ३२० को मृत्यु
तापक्रम बढेसँगै गर्मी र तातो लहरले भारतमा ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ। एजेन्सीका अनुसार पछिल्लो ४ दिनमा ३ सय २० भन्दा बढीको मृत्यु भएको हो। बिहीबारदेखि शनिबारसम्म उत्तर प्रदेशमा मात्र सबैभन्दा बढी १ सय जनाको ज्यान गएको हो।
बुधबारदेखि शनिबारसम्ममा राजस्थानमा चलेको तातो लहरका कारण ६० जनाको ज्यान गएको छ। यसैगरी झारखण्डमा ३७, ओडिसामा १८, मध्येप्रदेशमा २ र दिल्लीमा एक जनाको ज्यान गएको हो। अत्यधिक गर्मी भएपछि झारखण्डमा १ हजार ३ सय २६ जना अस्पताल भर्ना भएका छन्। पछिल्लो ३ दिनमा गर्मीकै कारण बिहारमा ६९ जनाको मृत्यु भएको तथ्यांक छ। जसमा यूपी–बिहारमा शुक्रबार मात्र ४० जनाभन्दा बढीको मृत्यु भएको छ। तीमध्ये लोकसभा चुनावी काममा खटिएका २५ कर्मचारी र अधिकारी छन्।
४८.२ डिग्री मापन, १४ राज्यमा तातो लहर
मौसम विभागका अनुसार शुक्रबार भारतमा सबैभन्दा बढी ४८.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। जुन कानपुरमा रेकर्ड गरिएको हो। यसैगरी दोस्रो गर्मी हुने स्थानमा हरियाणाको सिरसा छ। जहाँ ४७.८ डिग्री सेल्सियस तापक्रम पुगेको थियो। राजधानी नयाँ दिल्लीमा भने ४७ डिग्री सेल्सियस मापन भएको थियो। राजस्थान, उत्तर प्रदेश, पञ्जाब, हरियाणा, दिल्ली, ओडिसा, महाराष्ट्र, मध्येप्रदेश, बिहार, झारखण्ड, छत्तीसगढ, उत्तराखण्ड, आन्ध्र प्रदेश र हिमाचलमा शनिबार तातो लहरको सम्भावना देखिएको विभागले जनाएको थियो।
राष्ट्रिय संकटकाल घोषणा गर्न निर्देशन
चरम मौसमी समस्या र गर्मीले अधिक समस्या भएपछि भारतीय अदालतले एक सातामा सयौं मानिसको निधन भएको उल्लेख राष्ट्रिय संकटकाल घोषणा गर्न सरकारलाई निर्देशन दिएको छ। तापक्रम ४८ डिग्री नाघेपछि भएको अधिक गर्मीका कारण देशका विभिन्न भागमा देखिएको उष्ण लहरको समस्यालाई राष्ट्रिय संकटकाल घोषणा गर्न भनेको हो। अनुसन्धानकर्ताहरूले मानव–प्रेरित जलवायु परिवर्तनले भारतमा विनाशकारी गर्मीको प्रभाव निम्त्याएको बताएका छन्। भारत विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्र हो। जुन देश हरित गृह ग्यासहरूको तेस्रो सबैभन्दा ठूलो उत्सर्जक हो।
Facebook Comment
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
Banner
कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।
समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।
जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।
Banner
कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।
उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।
समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।
कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login