Banner
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक भिडियो “सचेतना” सार्वजनिकिकरण
मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक भिडियो “सचेतना” सार्वजनिकिकरण
बिराटनगर, जेष्ठ २४ गते ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा निर्मित महिला हिंसा तथा मानव वेच बिखन बिरुद्ध जनचेतनामुलक भिडियो “सचेतना” को आज कार्यक्रमका प्रमुख अतिथि माननीय सामाजिक विकास मन्त्री पाँचकर्ण राईले कोशी प्रदेश प्रहरी कार्यालयको सभा हलमा आयोजित एक कार्यक्रमका बिच सार्वजानिकिकरण गर्नु भएको छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा कोशी प्रदेश प्रहरी कार्यालयद्वारा निर्मित भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री राईले समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको लागि महिला हिंसा तथा मानव बेचबिखनको बास्तविक घटनालाई उजागर गरी चेलिबेटीलाई प्रलोभनमा पारी बिभिन्न मुलुकहरुमा बेचिने गरेको तितो सत्यलाई छर्लङ्ग पारी समाजमा सचेतना फैल्याउन संदेशमुलक भिडियो निर्माण गरेकोमा प्रदेश प्रहरी कार्यालयलाई धन्यवाद ब्यक्त गर्नु भयो । वहाँले गाउँ गाउँमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी आम नागरिकमा चेतना फैल्याउने कार्य निरन्तर संचालन गर्न र त्यस्ता अपराधीहरुलाई प्रविधि समेतको प्रयोग गरी कानुनि दायरामा ल्याउन उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । वहाँले अपराध नियन्त्रणको लागि यस्ता प्रकारका सचेतनामुलक कार्यक्रम संचालन गर्न प्रदेश सरकारको सदैव साथ र सहयोग रहने कुरा समेत बताउनु भयो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुका साथै सम्पुर्ण कलाकारहरुलाई समेत विशेष धन्यबाद व्यक्त गर्नु भएको थियो । वहाँले गाउँ घरमा गरिबी र बेरोजगारीका कारण सोझा सिधा दिदी बहिनीहरूलाई कसरी ललाई फकाई बेचबिखन गरिन्छ भन्ने भिडियोमार्फत सन्देश दिन खोजिएको बताउनु भयो । अपराध रोकथाम तथा नियन्त्रणको जिम्मेवारी पाएको नेपाल प्रहरीले सामुदाय प्रहरी साझेदारीको माध्यमद्वारा यस्ता बिभिन्न सचेतनामुलक कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्दै आईरहेको व्यहोरा समेत अवगत गराउनु भएको थियो । वहाँले प्रदेश प्रहरी कार्यालयले निर्माण गरेको जनचेतनामुलक भिडियो “सचेतना” सबैले सेयर गरी गाँउ घर सम्म पुर्याई जनचेतना अभिबृद्धि गर्ने कार्यमा सहयोग गर्न सम्पुर्णमा अनुरोध समेत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी गण बिराटनगरका गणपति प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, सिनियर तथा जुनियर प्रहरी अधिकृत सहित प्रहरी कर्मचारीहरुका साथै संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login