Banner
मिर्गौलामा पत्थरी के–कारणले हुन्छ ? के खाने के नखाने ?
पछिल्लो समय पत्थरीको समस्या धेरैलाई देखिरहेको छ । मुख्य कुरा खाना,खाजा र पानीको राम्रोसँग ब्यालेन्स नमिल्दा यो समस्या निम्तन्छ । पत्थरी शरीरको विभिन्न भागहरूमा हुनसक्छ ।
जस्तै मिर्गौलामा पत्थरी, पित्त थैलीमा पत्थरी वा मुत्रथैली जहाँ पनि पत्थरी हुने डर रहन्छ । यसैमध्येको एक हो मिर्गौलामा पत्थरी । मिर्गौलामा उत्पन्न हुने विविध समस्यामध्ये पत्थरी पनि एउटा हो ।
अव्यवस्थित जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुने गर्छ । त्यसैले सही खानपानले पनि यस्तो पत्थरीबाट बच्न सकिन्छ । तर, पत्थरी बढ्दै गइसकेको अवस्थामा भने औषधी वा शल्यक्रिया गर्नुको विकल्प हुँदैन ।
मृगौलाले रगतलाई फिल्टर गर्दा त्यसबाट सोडियम र क्याल्सियमका अलावा अन्य मिनरल्सका अवशेष राम्रा कणहरूको रूपमा निस्किएर यूरेटरको माध्यमबाट ब्लेडरसम्म पुग्छ, जुन पिसाबसँगै शरीरबाट बाहिर निस्किन्छ ।
तर कहिलेकाहीँ रगतमा यी तत्त्वहरूको मात्रा बढेर गयो भने यो किड्नीमा जम्मा भएर बालुवाको कण वा ढुङ्गाको टुक्राजस्तो आकार ग्रहण गर्छ र यसबाट ब्ल्याडरसम्म पिसाब पुग्ने बाटोमा रोकावट उत्पन्न हुन्छ र पत्थरी हुन्छ ।
कस्तो खानेकुरा खाने ?
गहतले पत्थरी रोग नियन्त्रणको लागि निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यसलाई उत्तम औषधीको रूपमा लिँदा पनि फरक पर्दैन ।
यसले पत्थरी हुन नदिनुका साथै भएको पत्थरीलाई पनि गलाउने काम गर्छ । जसले गर्दा मिर्गौलामा बनेको पत्थरी सहजै बाहिरिन्छ ।
भुईँकटहरको जुसले पनि पत्थरीको बिरामीलाई राहत मिल्छ । यसमा पत्थरीलाई गाल्ने इञ्जाइम हुन्छन् । पत्थरी भएका व्यक्तिले साबिकको भन्दा बढी पानी पिउनु जरुरी हुन्छ । बढी पानी पिउँदा पिसाबको मात्रा पनि बढ्छ । र, यसले मिर्गौलामा बनेको पत्थरलाई बगाएर फ्याँक्न मद्दत गर्छ ।
यस्तै पत्थरी भएमा नरिवल पानी निकै लाभदायक मानिन्छ । नरिवलको पानीमा पत्थर बन्न रोक्ने र बढ्न नदिने गुण हुन्छ । यति मात्रा नभएर बनिसकेको पत्थरलाई समेत हटाउने विशेष रसायन नरिवलको पानीमा हुन्छ । यसमा प्रशस्त प्राकृतिक पोटासियम पाइने भएकाले यसले मिर्गौलामा पत्थरी बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ ।
गाजरबाट पायरोफा स्फेट र वनस्पतीय अम्ल प्राप्त हुन्छ । यसले पनि पत्थरी बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ । यसका साथै गाजरमा पाइने केरोटिन नामक पदार्थले मूत्रनलीमा हुने घाउ निको पार्नको लागि पनि मद्दत पुर्याउँछ ।
पत्थरी भएका मानिसले हरियो मकैको चिया पिउँदा पनि फाइदा हुन्छ । यस्तो मकैमा प्रोटीन, कार्बोहाइड्रेट्स, भिटामिन र मिनिरल्सको मात्रा प्रशस्त हुन्छ ।
जसले मूत्र उत्सर्जनलाई पनि बढाउने काम गर्छ । त्यस्तै, यो चियामा टाट्रेट्स नामक तत्व पनि हुन्छ । जसले पत्थरी बन्ने क्रियालाई रोक्ने काम गर्छ । मकैको चियाले मिर्गौलाको इन्फेक्सन कम गर्न र मुत्रथैलीलाई सशक्त बनाउनको लागि पनि मद्दत गर्छ ।
तपाईँलाई थाहा नहुन सक्छ कि पत्थरीका बिरामीलाई केराले पनि फाइदा पुर्याउने गर्छ । केरामा भिटामिन ९ र बी ६ पाइन्छ । जसले अक्जलिक एसिडलाई तोडेर आक्जेलेट क्रिस्टल बन्नबाट बचाउँछ । जसले गर्दा पत्थरीको समस्याले भयावह रूप लिन पाउँदैन ।
कागती भिटामिन सी को निकै राम्रो स्रोत हो । यसबाट सिट्रेट नामक तत्व पनि प्रशस्त मात्रामा पाइन्छ । जुन अम्लले क्याल्सियम अक्जलेट पत्थरी हुनबाट बचाउने काम गर्छ ।
Facebook Comment
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
Banner
कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।
समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।
जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।
Banner
कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।
उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।
समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।
कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login