Connect with us
Advertisement

अब लाइसेन्सको काम राष्ट्रिय परिचय पत्रले गर्ने, त्यो पनि पाउन मुस्किल

Published

on

यातायात व्यवस्था विभागले ट्रायल पास गरेका २० लाखभन्दा बढीलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिन सकेको छैन ।

अहिले एउटा मास प्रिन्टरबाट दैनिक करिब २५ सयदेखि ३ हजार लाइसेन्स छपाइ भइरहेको छ । यही गतिमा काम गर्ने हो भने नयाँ, नवीकरण वा अपग्रेड गरेको लाइसेन्स आउन वर्षाैं लाग्छ ।

विभागले २०७२ देखि स्मार्ट लाइसेन्स वितरण गर्न सुरु गरेको थियो । तर विभागले समयमा स्मार्ट लाइसेन्स दिन सकेको छैन । त्यसैले धेरैको हातमा राजस्व तिरेको कागज छ, लाइसेन्स छैन ।

ट्रायल पास गरेको वर्षाैंसम्म लाइसेन्स प्रिन्ट गरेर दिनसमेत नसक्ने भएपछि विभागले राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्ने प्रयास थालेको छ ।

यो प्रयोग सफल भएमा चालकहरूले लाइसेन्स बोकिराख्नुपर्ने छैन भने विभागले लाइसेन्स छाप्ने प्रक्रिया नै बन्द गर्ने योजना बनाएको छ । ‘ढिलोचाँडो लाइसेन्सको आवश्यकता नपर्ने नै हो, अहिले नै त्यो निर्णयमा पुगेका छैनौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, ‘साउनबाट कार्यान्वयनमा आएपछि केही समय हेरौं, अनि थप निर्णय हुन्छ ।’

१ करोड परिचय पत्र छापिन बाँकी

लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत गरेपछि छपाइको समस्या भने समाधान हुने देखिँदैन ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार १ करोड ५० लाख व्यक्तिले राष्ट्रिय परिचय पत्रका लागि निवेदन दर्ता गराएका छन् ।

अहिले नयाँ राहदानी बनाउन र नवीकरणका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएको छ । सरकारले १ साउनदेखि सामाजिक सुरक्षा भत्ताका लागि पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको छ ।

त्यसैले राष्ट्रिय परिचय पत्रमा आवद्ध हुनेहरूको संख्या निरन्तर बढ्दो छ । तर पञ्जीकरण विभागले पनि समयमा राष्ट्रिय परिचय पत्र दिन सकेको छैन । विभागका अनुसार हालसम्म करिब ४० लाखले मात्रै राष्ट्रिय परिचय पत्र प्राप्त गरेका छन् ।

बाँकी एक करोडभन्दा बढीले पाएका छैनन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका निर्देशक दिलकुमार तामाङका अनुसार अहिले दैनिक २५ हजार हाराहारी परिचय पत्र दैनिक छापिँदै आएको छ । नियमत यही गतिमा छपाइ हुने हो भने पनि यसकै लागि एक वर्षभन्दा बढी समय लाग्ने देखिन्छ

ट्राफिकले कसरी चेकजाँच गर्ला ?

विभागको योजनाअनुसार लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत भयो र पञ्जीकरण विभागले छपाइ गरेर दियो भने पनि सडकमा ट्राफिक प्रहरीले कसरी चेकजाँच गर्ने भन्ने अलमल कायमै छ ।

स्मार्ट लाइसेन्स वितरण सुरु गर्दा विभागले ट्राफिक प्रहरीलाई रिडेबल मेसिन दिने बताएको थियो । तर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिलेसम्म स्मार्ट लाइसेन्स रिड गर्ने मेसिन पाएको छैन ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार सडकमा खटिएका ट्राफिक प्रहरीहरूले स्मार्ट लाइसेन्समा उल्लेख भएको विवरण आँखाले हेरेर चेकजाँच गर्ने गरेका छन् ।

अब राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्दा कसरी चेकजाँच गर्ने भन्ने अन्योल हुनेछ । किनकि राष्ट्रिय परिचय पत्रमा नाम, परिचयपत्र नम्बर, जारी भएको मिति लगायतका विवरण मात्र उल्लेख हुन्छ ।

थप विवरणका लागि क्यूआर कोड छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को पहिलो दिन अर्थात १ साउनदेखि लाइसेन्सलाई राष्ट्रिय परिचय पत्रमा एकीकृत गर्ने बताएका यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार पनि ट्राफिक प्रहरीले कुन माध्यमबाट परिचय पत्रको क्यूआर स्क्यान गर्छन् भन्नेमा विभाग अहिलेसम्म निर्णयमा पुगेको छैन ।

भन्छन्, ‘प्राविधिक काम भइरहेको छ । एप्लिकेसन बनाएर मोबाइलबाट हेर्ने वा ट्राफिकलाई नयाँ डिभाइस दिने निर्णय भइसकेको छैन ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

Published

on

नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।

उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।

कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक