Connect with us
Advertisement

अल्वानियाले गर्‍यो युरोकै छिटो गोल, साविक विजेता इटलीको पुनरागमन जित

Published

on

अल्वानियाले युरो इतिहासमै सबैभन्दा छिटो गोल गरेको खेलमा साविक विजेता इटलीले पुनरागमन जित निकाल्दै युरो २०२४ मा विजयी सुरुआत गरेको छ ।

समूह बी अन्तर्गत डर्टमण्डको सिग्नल इडुना पार्कमा भएको खेलमा इटलीका लागि बात्सोनी र निकोलस बरेलाले गोल गरे ।

त्यसअघि खेल सुरु भएको २३ सेकेण्डमा अल्वानियाका नेदिम बाजरामीले गोल गर्दै युरोमा सबैभन्दा छिटो गोल गर्नै कीर्तिमान राख्दै अग्रता दिलाएका थिए ।

उनले सन् २००४ मा रुसका दिमीत्री किरिचेन्कोले ग्रिसविरुद्ध ६७ सेकेण्डमा गरेको गोलको कीर्तिमान तोडेका हुन् । तर, अल्वानियाको अग्रता लामो समय टिकेन ।

११औं मिनेटमा अलेसान्द्रो बात्सोनीले इटलीका लागि बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि नै बरेलाले गोल गर्दै इटलीलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल नहुँदा इटलीले पुनरागमन जितसहित ३ अंक जोडेको हो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज – ११ आषाढ २०८१ मंगलवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ तर ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । प्रेममा बाधा पनि आउन सक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वास उत्पन्न हुनेछ । घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शेयर बजार, कलकारखाना र बन्दव्यापारमा फाइदा नै हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बन्न लागेको काम बिग्रन सक्छ । सामान हराउने वा चोरी हुने भय छ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना प्रबल छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन हात लाग्न सक्छ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । लगानी र व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफन्तसँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जोशजाँगर र हिम्मत बढ्नेछ । आकस्मिक धन लाभ हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

सुन्दरहरैंचा नगरपालिकाको चौधौँ नगरसभा २५ करोड ९२ लाख ६२ हजार १ सय ६७ रुपैयाँको घाटा बजेट

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८२ करोड ६१ लाख ७९ हजार २ सय ४८ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज भएको नगरको चौधौँ नगरसभामा उपप्रमुख अकली चौधरीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरले २५ करोड ९२ लाख ६२ हजार १ सय ६७ रुपैयाँको घाटा बजेट प्रस्तुत गरेको हो । विनियोजित रकममा अपुग आय २५ करोड ९२ लाख ६२ हजार १ सय ६७ रुपैयाँ आन्तरिक आय वृद्धि गरी परिपूर्ति गरिने नगरले जनाएको छ ।

विनियोजित रकममध्ये चालु खर्चमा ७५ करोड २९ लाख ४३ हजार ५ सय रुपैयाँ छ । पूँजीगत खर्चमा १ अर्ब ६ करोड ६७ लाख ३५ हजार ७ सय ४८ रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत साँवा तथा ब्याज भुक्तानी गर्न ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगरसभामा नगरप्रमुख केदारप्रसाद गुरागाईँले नगरको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगरप्रमुख गुरागाईँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासलाई प्राथमिकता क्रममा राखिएको बताउनुभयो ।

नगरले आर्थिक विकाससम्बन्धी नीतिअन्तर्गत कृषि, पशुपंक्षी विकास र साना सिँचाइसम्बन्धी २१ वटा, पर्यटसम्बन्धी ८ वटा, उद्योग, सहकारी तथा रोजगारसम्बन्धी १४ वटा नीति लिएको छ ।

सामाजिक विकास नीतिअन्तर्गत शिक्षासम्बन्धी ३० वटा, स्वास्थ्यसम्बन्धी १२ वटा, खानेपानी तथा सरसफाइसम्बन्धी ४ वटा, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी १४ वटा, भाषा, कला, संस्कृतिसम्बन्धी ३ वटा, युवा तथा खेलकुदसम्बन्धी १३ वटा नीति लिएको छ ।

सुन्दरहरैंचाले पूर्वाधार विकाससम्बन्धी नीतिअन्तर्गत भौतिक पूर्वाधारसम्बन्धी ३० वटा, सञ्चार, विद्युत तथा ऊर्जासम्बन्धी १२ वटा नीति लिएको छ ।

Continue Reading

Banner

आज – ०८ आषाढ २०८१ शनिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका काम पुनः सुरु हुन सक्छन् । ठेक्कापट्टा तथा घर जग्गाको कारोबार सफल हुनेछ । कसैकसैका लागि सन्तान सुखको योग पनि छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज समय मध्यम खालको रहनेछ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभकार्यको चर्चा चल्नेछ । स्वास्थ्य सबल रहने छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रमाइलो यात्राको सम्भावना पनि छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दबाब र तनाव बढेको महसुस हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर साँझमा शुभ समाचार मिल्नेछ, साथै शेयर बजारले साथ दिनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन पनि लाग्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्तसँग मनमुटाव बढ्ला । सामान हराउन पनि सक्नेछ, अतः सचेत रहनु होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । ज्ञान र अध्यात्मको भावना बढ्नेछ, तर शेयर बजारको लगानी लाभदायक नहोला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यप्रति सजग रहनु होला । दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा पनि हुनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक