Connect with us
Advertisement

जीवन बिताउने सहयात्री छान्दा स्वार्थभन्दा माथि रहनुस्

Published

on

जीवन बिताउने सहयात्री छान्दा स्वार्थभन्दा माथि रहनुस्

मधु छेत्रीको केसमा ठ्याकै यस्तै भए जस्तो – सरोज कतारको एक प्रतिष्ठित कम्पनीमा सुपरभाइजरको पदमा काम गर्छन्। हेर्दा मान्छे पनि राम्रो, आनी-बानी व्यवहारमा एकदम उत्कृष्ट। उनी किसानका छोरा हुन्। आर्थिक अवस्था खासै राम्रो नभएकाले खाडी जानु उनको बाध्यता हो।

कमर्समा स्नातक गरेका उनी नेपालमा भविष्य देख्दैनन्, अनि आफ्ना ती डिग्रीका कागज लिएर र हरियो पासपोर्ट बोक्दै म्यानपावर धाउँछन्। घुम्दै जाने क्रममा सुपरभाइजर पोस्टको लागि इन्टरभ्यू पास गर्छन्। म्यानपावरमा २२०० कतारी तलबको लागि रू. ३ लाख २० हजार तिरेर २ वर्षका लागि कतार उड्छन् ।

समय बितेको पत्तै नहुने रहेछ। कति चाँडो बितेछ २ वर्ष पनि। त्यसपछि फेरि कतारको भिसा पुन दुई वर्षका लागि थप्छन्। सोही बीचमा विवाह गर्ने सोच राखेर नेपाल फर्किन्छन् कम्पनीबाट १ महिनाको छुट्टी मिलाएर। सरोज आउनुभन्दा पहिले नै केटाकेटीको कुरा चलिसकेको थियो। सरोज आउनसाथ केटी पक्षका केही मान्छेहरू केटाको घर हेर्न भनेर आउँछन्।
सबै कुरा विस्तारमा गरेपछि, केटी पक्षले केटी हेर्नेको लागि दुई दिनपछि आउन निम्तो दिएर बिदा हुन्छन्।

सरोजको परिवार पनि वरमालाको तयारी गरेर सरोज, उसको बाबालाई लिएर केटी (रमा) को घरमा पुग्छन्। रमाले उनीहरूलाई स्वागत गर्छिन् र बैठक कोठामा लगेर जान्छिन्। उनीहरू कुरा गर्दै गर्छन्। रमा चिया बनाउन भान्सामा पस्छिन्। कुरा चल्दै गर्दा हल्का लजाउँदै, डराउँदै रमा पनि चिया लिएर पुग्छिन्। सबैलाई चिया दिन्छिन्। रमाको बाबा-आमाले केटा पहिले नै मन पराइसकेको हुनाले केटाकेटीलाई कुराकानी गर्न भनेर समय दिन्छन्।
केटाकेटी दुवै केही समयको वार्तालापपछि एक अर्कालाई मन पराउँछन्। केटा-केटीको चिना पहिले नै हेरिसकेका हुनाले सोही दिनै स्वयंवर हुन्छ। केटा पक्षकाले १० दिनपछि बिहे गर्ने भनेर केटी पक्षकोमा निधो गरेर जान्छन्।

यता केटा पक्ष विवाहको बन्दोबस्तोमा लाग्छन्। त्यतिकैमा केटीको घरमा एक जना युरोप बस्ने पिआर वाला केटा केटी माग्न भनेर रमाको घरमा पुग्छन्।
रमाको आमा-बा सल्लाह गर्छन्। ‘यो केटासँग हाम्री छोरी दिन पाए त, आहा! हाम्री छोरीले पनि सख पाउँछे, युरोप जान पाउँछे, यो केटा त पिआर हेल्डर हो नि! हाम्री छोरी पनि युरोप पुग्छिन् अनि हामी पनि छोरीसँग युरोप घुम्न जान पाइन्छ’ भन्दै भलाकुसारी उनीहरू पिआर र धनको प्रलोभनमा पर्छन्। उनीहरूले वाचा फेरेर त्यही पिआर वालालाई छोरी दिन्छन्। छोरी पनि मख्ख हुन्छिन्। उनीहरूले सरोजलाई आफ्नो छोरी दिएको कुरालाई मनन नै गर्दैनन्।
सुनिल पनि उता बिहेको तयारीमा लाग्छन्। यता रमाको बाउ-आमाले बहाना गरेर छोरीको बिहे अहिले गर्न नमिल्ने भयो भनेर सरोजका बुवालाई फोन गर्छन्। रमा र सरोजको बाउको घम्साघम्सी झगडा पर्छ फोनमै।

त्यतिकैमा सरोज र उसकी आमा पनि आउँछन् सबै कुरा सुन्छन् त्यतिकै फोन काट्छन्। रमाको बाउले र उसको नम्बर ब्लकलिस्टमा राख्छन्। बिहेको अन्तिम घडीमा रमाको बुवाले यस्तो कुरा गर्दा सरोजको परिवार छाँगाबाट खसेझैं हुन्छ। सरोजका बुवाले बदला लिने भन्दै रमाको घरमा जान खोज्छन्। तर सरोजले जसोतसो गरेर रोक्छ।

भोलिपल्ट बिहानै सरोज र उसको बुवा केटीको घर पुग्छन् अनि भन्छन् ‘के भयो र हजुर? किन कुरा परिवर्तन गर्नु भयो? के देख्नु भयो हामीमा? त्यस्तो केही कुरा भए जानकारी पाऊँ न? नत्र हिजो कुन मुखले बोल्नुभएको थियो? अन्न खाएको मुखले बोल्नु भएको थियो कि अरू नै केही खाएको मुखले बोल्नु भएको थियो? तपाईंकी छोरी कहाँ छिन् आजै लिएर जान्छौं। केटीको बुवाले रमालाई अगाडि नै मावल पठाएका हुन्छन्।
‘रमा तपाईंहरूलाई दिएदेखि घरमा छैनन्, माफी पाऊँ हजुर अस्ति दिएको सबै कुरा फिर्ता गर्छु, छोरीले बिहे गर्न मन गरेकी छैन, उसलाई मन छैन भने, कसरी हामीले उसलाई तपाईंको हातमा सुम्पिनु?’ भन्छन् रमाको बुवाले।

अनि सरोजले भन्छ- मन थिएन भने पहिले नै भनेको भए भैहाल्थ्यो नि, किन हुन्छ भनेर वचन दिएकी त उनले? के तपाईंकी छोरी मानसिक रोगी छन् कि क्याहो? अहिले उनी कहाँ छिन्? उनीसँग म कुरा गर्छु।
तर केटीको अत्तोपत्तो नभएपछि रिसाउै बुवालाई लिएर सरोज घर फर्किन्छ। घर पुगेर बाबा-आमालाई भन्छ- जे जे हुनु भैगो छाडिदिम्, अब मेरो बिदा पनि धेरै छैन, हामी केही दिनको लागि घुम्न जाऔं काठमाडौं।

बाबा-आमाले पनि हुन्छ भनेर बचन दिन्छन्। केही दिनमा सबै परिवार घुम्न भनेर काठमाडौं जान्छन्। छोराले सबै ठाउँमा घुमाउँछ। ३-४ दिन सम्ममा, त्यसपछि गाउँ फर्किन्छन्। केही दिनमा रमाको बिहे पिआर वालासँग हुन्छ। त्यसको ३-४ दिनपछि सरोज आमा- बाबालाई गाउँमा छाडेर विदेश फर्किन्छ।
यता रमा पनि बिहे गरेर सुनिलसँग नेपालको प्रख्यात ठाउँ सबै घुम्न जान्छन्, कहिले हनिमुन भन्दै पोखरा जान्छन् त कहिले विविध मन्दिर धाउँछन्। एक/डेढ महिनापछि युरोप जान्छिन्। १-२ हप्ता घुम्छन् युरोपमा पनि, उनीहरूसँग पैसा सकिन लागेपछि रमा क्लिनर काम खोजेर काम गर्न जान्छिन्। सुनिल पहिलेको कम्पनी मा ड्रिसवासमा अर्थात भाँडा माझ्ने काम गर्न जान्छन्।बल्ल रमालाई थाहा हुन्छ, आफ्नो बुढाको हैसियत। दुवै व्यस्त हुन्छन् लोग्ने र स्वास्नीको भेट पनि महिनामा एकदिन हुन्छ, किनकी सुनिल त्यही कम्पनीले उपलब्ध गराएको कामदार राख्ने डिपार्टमेन्टमै बस्छ।

रमा भने सेयरिङमा बस्छिन्। सुत्ने कोठा चाहिँ दुई वटा भएको र किचेन चाहिँ कमन हुन्छ। सुनिल महिनामा एक पटक भेट्न भने आउँछ। त्यही पनि जहिल्यै टन्न बियर खाएर मातेर। उल्टै गाली गर्न थाल्छन्। रमालाई पनि रिस उठछ, ‘तँ जड्याहा पनि कुन चाहिँ गतिलो होस् र? तेरो नि परिवार पनि त कहाँ र के गतिलो छ र?’ त्यति भन्नासाथ सुनिलले रमालाई पिट्न थाल्छ।
पिटाइ खाएर अनुहार जताततै सुन्निएको हुन्छ। त्यतिकैमा दुवै अलग अलग सुत्छन्। भोलिपल्ट बिहानै, सुनिल उठेर फेरि काममा जान्छ। रमा रूँदै बस्छिन्, त्यही देशमा रहेकी आफ्नी साथीलाई बोलाउँछिन् र हस्पिटल जान्छिन्, चेकअप गरेर औषधि लिएर साथीकै रूममा फर्कन्छिन्, उनले आफ्नो आमा र घरमा नभन्नु भन्दै सबै समस्या र गुनासोको नालीबेली आफ्नी साथीलाई सुनाउँछिन्। रमाकी साथीले कसम खादै भन्छिन्- सुनाउँदिनँ हो सुनाउँदिनँ।

यता सरोज पनि एउटा योग्य व्यक्ति भएकोले खाडी भए पनि कुर्चीमा बसेर महिनाको १.५ लाख कमाउँछ। गएको १ वर्षपछि बिहे गर्न भनेर नेपाल आउँछ। साधारण तर मेहनती अनि पढाइमा पनि मास्टर गरेकी विद्यालय पढाउने अनुसँग बिहे गर्छ।
बिहे गरेको केही समयमा उनी गर्भवती हुन्छिन्। सरोज पनि अनुलाई बुबा-आमासँग छाडेर विदेश जान्छ। अनुले पनि घर र माइती दुवैलाई मिलाएर राखेकी छन्। सामाजिक कार्यमा पनि उनी गाउँकै अग्रस्थानमा छिन्। सबैले उनलाई माया र सम्मान गर्छन्। केही महिनापछि उनले जुम्ल्याहा बच्चा जन्माउँछिन् १ छोरा र १ छोरी। त्यसपछि उनले लोक सेवा आयोग पनि भिड्दै आएकोमा यस पल्ट उनको नायब सुब्बामा नाम निक्लिन्छ।
सबैतिर खुसीयाली छाउँदै गएको छ। उनी घरकी बुहारी भए पनि छोरी जस्तै बनेर बसेकी छन्। भाग्यवश उनी आफ्नै गाउँपालिकाको सुब्बा भएर आएकी छन्। छोरो-छोरीलाई पनि राम्रै बोर्डिङ स्कुलमा हालेका छन्। सरोज पनि बेला बेला आइरहन्छन्, घर र ससुराली दुवैमा उनलाई अति माया गर्छन् भने समाजका मान्छेहरूले पनि सम्मान गर्छन्। उनी सहयोगी पनि छन् दिनदुःखीको सहयोगमा कुनै कञ्जुस्याइँ गर्दैनन्।

अर्कोतिर रमा र सुनिलको सम्बन्ध चिसिँदै गएको छ। पहिलेको गल्तीलाई रमाले लोग्ने स्वास्नी झगडा परालको आगो सम्झिन्छिन्। केही दिन मिल्छन्, त्यसको ३-४ महिनापछि फेरि झगडा पर्छ। सुनिल नसुध्रिएपछि अब चाहिँ उनीहरू डिभोर्स गर्ने कुरा गर्छन्। रमाले वकिललाई डिभोर्सको पत्र लेखाउन लगाउछिन् त्यो निवेदन प्रतिनिधि पात्र बनाए डिभोर्सको निवेदन अदालतसम्म पुग्छ। यो कुरा सुनिलले थाहा पाउँछ तर उनले पनि त्यसलाई खासै मतलब राख्दैन झन् सुनिल दैनिक जसो रक्सीमा मस्त हुन्छन्। रमा पनि साथीको लहैलहैमा लागेर मदिरा पिउनेसम्म पुगेकी छन्। यो कुरा रमाको परिवार थाहा भएको दिनदेखि उनीहरूको चेत खुलेको छ। अहिले ‘न्याउरी मारी पछुतो भएको छ’। ‘रमाको जीवनमा हामीले पनि कत्रो ठूलो गल्ती गर्यौं, पिआरको पछि लागेर आफ्नै छोरीलाई बिगार्यौं। त्यो सरोज त अहिले सानदार जीवन बिताइरहेको छ। हाम्री छोरी नर्कमा गई दु:ख पाई अहिले’, रमाको बुवाआमाले आपसमा कुरा गर्छन्।
सुनिल र रमा सम्बन्ध विच्छेदको जस्तै छ। बोलचालदेखि भेटघाट पनि केही छैन। १० दिन काम गर्ने १० दिन मस्त रक्सी नसामा डुबेर बस्ने भएको छ। रमा पनि फ्रस्टेड भएर बसेको थाहा पाएर उसका बाबा- आमाले नेपाल झिकाएका छन्। सुनिल भने उतै छन् उसको बुबा-आमा बितिसकेकाले दाजुभाइलाई पनि खासै वास्ता नभएकोले कमाउने खानेमा व्यस्त छन्। एउटा विवाह जसले कसैलाई असल मान्छे बनायो त्यही विवाह जसले कसैको जिन्दगी नै बर्बादीमा पुर्यायो।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

Published

on

नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।

उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।

कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक