Connect with us
Advertisement

नोवेल निःशुल्क स्वास्थ्य शिविर अपडेट

Published

on

नोवेल निःशुल्क स्वास्थ्य शिविर अपडेट
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ चिकित्सक टोलीबाट मिति २०८१ जेठ २९ गते मंगलबारका दिन कानेपोखरी अस्पतालमा मुटु रोग सम्बन्धी एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कानेपोखरी अस्पतालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३८ जना विरामीको स्वास्थ्य परीक्षण तथा उपचार भएको थियो जसमध्ये ३८ जनाको इको, २० जनाको इसीजी भएको छ ।
(फोटो फिचर)
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

पाथिभरा स्वतन्त्र महीला समाजले विद्यार्थिलाई बाड्यो जुत्ता

Published

on

पाथिभरा स्वतन्त्र महीला समाजले सुन्दरहरैँचा वार्ड नं १ को सुर्यज्योति आधारभुत विद्यालयमा अध्ययनरत पैंतीस जना विद्यार्थिहरुलाइ जुत्ता र मोजा वितरण गरेको छ । पीछडिएको समुदाय आर्थिक रुपमा विपन्न समुदायका विद्यार्थि पढ्ने उक्त विद्यालयमा जाडोको समयमा ड्रेसको जुत्ता र मोजा बितरण गरिएको हो । उक्त कार्यक्रमा वार्ड नं १ वडा सदस्य धारणा खनाल, पाथिभरा स्वतन्त्र महिला समाजकी संस्थापक अध्यक्ष प्रमिला दुलाल, निवर्तमान अध्यक्ष सुनिता ढकाल पोख्रेल, संस्थाका पदाधिकारी , सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जानुका थापाले गर्नुभएको थियो भने संचालन सचिव विन्दा दाहालले गर्नुभएको थियो । पाथिभरा स्वतन्त्र महिला समाजले विभिन्न सामाजिक कार्य गर्दै आईरहेको संस्थाकी अध्यक्ष योजना शर्माले बताउनुभयो ।

Continue Reading

Banner

 महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सरको स्क्रिनिङ सेवा बेलबारीमा सम्पन्न 

Published

on

 महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सरको स्क्रिनिङ सेवा बेलबारीमा सम्पन्न 

बेलबारी नगरपालिकाको आयोजना र विराट टिचिङ अस्पतालको प्राविधिक सहयोगमा बेलबारी नगरपालिकाभित्र रहेका ११ वटै स्वास्थ्यसंस्थाबाट महिलाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी VIA  स्क्रिनिङ सेवा सम्पन्न भएको छ ।

 

VIA  स्क्रिनिङ सेवा पौष २ गतेदेखि शुरु भई पौष २९ गतेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा वडा नं. १ देखि वडा नं. ११ सम्मका  ९२५ जना महिलाहरुले सेवा लिएका थिए ।
विगत ३ वर्षदेखि नियमित हुँदै आएको यस कार्यक्रममा विगतका वर्षहरुमा जटिल समस्या केही मात्रामा देखिए पनि यस वर्ष ९२५ कै स्क्रिनिङमा कुनै जटिल समस्या रेकर्डमा नआएको हुँदा बेलबारीका लागि ठूलो सफलता हात परेको छ ।

 

क्यान्सर रोग सम्बन्धी अनुभवी विशेषज्ञ डाक्टर अस्मिता रायमाझी, गाइनो र ल्याव सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रवाह गर्दै सबै स्वास्थ्यसंस्थाहरुको कुशल व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

सेवाग्राहीहरुसँगको कुराकानीमा बेलबारी नगरले राम्रो काम गरेको छ । स्थानीयस्तरमा यो सेवा पाउनुले स्वास्थ्य सम्बन्धीे जोखिमलाई न्युनिकरण गर्नमा नगरले खेलेको भूमिकाको खुलेर प्रशंसा गरे ।

 

यसै विषयमा नगरप्रमुखसँग कुराकानी गर्दा हामी स्वास्थ्य, शिक्षा र मानव सूचांक विकासमा काम गरिरहेका छौँ यसको नतिजा सडक बनाए जस्तो नदेखिने हुँदा नतिजा पछि आउने कुरामा विश्वस्त रहेको बताउनुभयो ।

 

आधारभूत शिक्षा, स्वास्थ्य, उत्पादन र स्वरोजगार कसरी बनाउन सकिन्छ मसिनो गरी काम गरिरहेको नगरप्रमुखको भनाइ थियो । यो नगर पूर्णखोप सुनिश्चित, संस्थागत सुत्केरी र नगर अस्पतालको सेवामा ससक्त काम गरिरहेको बताउनुभयो ।

Continue Reading

Banner

हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा एक जनाको मृत्यु

Published

on

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा वडा नं. ८ स्थित सलकपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । ७१ वर्षिय हरीप्रसाद घिमिरेको हात्तीले ज्यान लिएको छ ।

सलकपुर बजारबाट ५०० मिटर भित्र बस्तीमा राती १२ः३० मा घिमिरे आफ्नै घरमा ढोका खोलेर बाहिर निस्कदा हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो।

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक