Banner
युरो फाइनल : निर्णायक हुन सक्ने पाँच मोड
स्पेन र इंग्ल्यान्डबीच हुने युरो २०२४ को फाइनलका त्यस्ता पाँच मोड छन्, जसले नतिजा निर्धारण गर्नेछ । यसलाई फाइनलमा पाँच ‘ब्याटल ग्राउन्ड’ भन्दा पनि हुन्छ । यसमा जुन टिमले आफ्नो बलियो पेस गर्न सक्नेछ, त्यही टिमको पक्षमा जित जानेछ । यी सबै मोडका अलग विशेषता र महत्त्व पनि छ ।
केनविरुद्ध लापोर्टे
ह्यारी केनले केही ठूलो उपाधि जित्न गरिरहेको प्रतीक्षा असाध्यै पीडादायी छ । उत्तिकै लामो पनि । यही प्रतीक्षालाई आफ्नै ढंगले समाप्त पार्न सक्छन्, यदि उनले आफ्नो टिमलाई जितसम्म नेतृत्व गर्छन् भने । बायर्न म्युनिखका फरवार्ड केनले क्लबका लागि ४५ खेलमा ४४ गोल गरे । जर्मन भूमिमा यो उनको पहिलो सिजन थियो । उनले यही लय प्रतियोगितामा भने ठ्याक्कै देखाएका छैनन् ।
फेरि उनी अलिकति सुस्त देखिएका छन्, पूर्णतः फिट पनि छैनन् । तर उनले ३ गोल गरेका छन् । अझै गोल्डेन बुट अवार्डको प्रत्याशी रहेका छन् । इंग्लिस प्रिमियर लिगमा छँदा केनले स्पेनका आयमेरिक लापोर्टेको सामना गरेकै हुन् । टोटेनहमका लागि अहिलेसम्मकै उच्च प्रदर्शनकर्ता केनले सन् २०२२ म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट खेलेका थिए । त्यतिबेला लापोर्टे सिटीमा थिए । अहिले लापोर्टे साउदी अरेबियातिर खेल्छन् । केनको उद्देश्य हुनेछ, रक्षापंक्तिमा लापोर्टेको चुनौती काट्ने ।
‘विंग्स’विरुद्ध रक्षापंक्ति
स्पेनसँग ‘विंग्स’ बाट खेल्ने दुई माहिर खेलाडी छन् । दुवै युवा छन् । एक भए शनिबार १७ वर्ष लागेका लामिन यमल अनि अर्का निको विलियम्स । दुवैले स्पेनी आक्रमणलाई धारिलो बनाएका छन् । उनीहरूले आक्रमण बुन्दा विपक्षी टिमको रक्षापंक्तिमा प्वाल पर्ने गरेको छ । फेरि यो नै स्पेनी आक्रणमको मूल अस्त्र हो ।
यसको जवाफमा गारेथ साउथगेटले आफ्नो ‘विंग्स’ मै ल्युक श र बुकायो साकालाई उतार्न सक्छ । श दायाँ र साका बायाँ हुनेछन् । श आफैं लामो समयपछि चोटमुक्त भएर मैदानमा फर्केका हुन् । साका भने एक प्रकारले आक्रमणमै जोड दिने खेलाडी हुन् । यमल र विलियम्सलाई ठ्याक्कै रोक्ने काम भने केली वाल्करको हुनेछ ।
साकाविरुद्ध कुकुरेला
इंग्ल्यान्डका लागि बुकायो साकाले सायद दोहोरो भूमिका निभाउनुपर्नेछ, किनभने टिमको आक्रमणमा उनको पनि योगदान चाहिनेछ । आर्सनलका विङ्गर यी साकालाई रोक्ने प्रयासमा हुनेछन्, उनको छिमेकी क्लब चेल्सीका मार्क कुकुरेला । पछिल्ला केही सिजन लन्डन क्लबका लागि खासै केही गर्न नसके पनि स्पेनी टिम भनेपछि उनी राम्रो खेल्छन् ।
रोड्रीविरुद्ध बेलिङ्घम
अबको बालोन डी’अर अवार्ड कसले जित्नेछ भन्ने निर्णय रोड्रीविरुद्ध जुड बेलिङ्घमको घम्साघम्सीले गर्न सक्नेछ । स्पेन र म्यानचेस्टर सिटी दुवैका लागि रोड्री बलियो खम्बा साबित भएका छन् । विश्वास नहुन सक्छ, आफ्नो देश र क्लबका लागि उनले पछिल्ला ७९ खेलमध्ये एकैमा मात्र हार सामना गर्नुपरेको छ ।
Facebook Comment
Banner
इरान युद्धमा परेर २०० अमेरिकी सैनिक घाइते
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेयता करिब २०० अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सेनाको मध्य कमान्डका प्रवक्ता टिम हकिंसले सोमबार यसबारे जानकारी दिएका हुन् ।
हकिंसका अनुसार घाइते सैनिकहरू बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा घटनामा परेका हुन् । तीमध्ये १० जना सैनिक गम्भीर घाइते भएका छन् भने बाँकी १८० भन्दा बढी उपचारपछि फिर्ता जिम्मेवारीमा फर्किएका छन् ।
साथै, पश्चिमी इराकमा अमेरिकी के–सी– १३५ इन्धन आपूर्ति विमान दुर्घटना भएको थियो । यस दुर्घटनापछि अमेरिकी सेनामा मृत्यु हुने संख्या १३ पुगेको छ ।
यो घटनाले अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तनाव र मानवीय चुनौतीहरू अझ बढेको देखाएको छ ।
Banner
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हावाले सुकेको सालको रुख ढल्दा चौधरीको मृत्यु भएको हो ।
सोही घटनामा रुखले किचेर ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, कटारी नगरपालिका–५ आहालेडाँडा बस्ने २७ वर्षीय युवराज कार्की, कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीला बहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरी बस्ने १६ वर्षीया अस्मिता परियार रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।
यस्तै कटारी नगरपालिका–८ की मिनामाया तामाङ घरमा खसी–बाख्रा सार्ने क्रममा हावाले भाँचको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइए पनि चिकित्सकले राति ९:१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीलाबहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक दोङले बताए ।
Banner
नेप्से २६.०७ अङ्कले घट्यो
शेयर बजार परिसूचक नेप्से आज २६.०७ अङ्कले घटेर २७९८.८३ विन्दुमा झरेको छ । आज उत्पादन बाहेक सबै समूहको शेयर घट्दा बैंक, लगानी र अन्य समूहको शेयर एक प्रतिशत भन्दा धेरैले घटेको छ ।
आज सिद्धार्थ इक्युटी फण्ड र नारायणी विकास बैंकको शेयर चार प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि पाँचवटा कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको हो ।
सकारात्मक सर्किट लाग्नेमध्ये अपर हेवाखोला जलविद्युत् कम्पनी बाहेक सबै केही आईपीओमार्फत भर्खरै बजारमा कारोबार शुरू भएका कम्पनी हुन् ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १४ अर्ब ३२ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ३ सय ४५ वटा कम्पनीका ३ करोड ७ लाख कित्ता शेयर ११ अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login