Connect with us
Advertisement

अनकन्टार जंगलमा कसले छाड्यो वृद्धलाई ?

Published

on

तागत सकिएर बुढ्यौलीले गलिसकेको शरीर थरथर काँपिरहेको अवस्थामा एक वृद्ध मोरङको अनकन्टार जंगलमा भेटिएका छन्। सुन्दरहरैँचा नगरपालिका–१ डाँगी टोलका अन्दाजी ७५ वर्षीय जामुनलाल ऋषिदेव बेलबारी नगरपालिका १ र ४ को सिमानास्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र भेटिएका हुन्। चारकोसे झाँडीभित्र वृद्ध एक्लै कसरी पुगे भन्ने यकिन भइसकेको छैन।

काँपिरहेको बेवारिसे अवस्थामा वन हेरालुहरूले उनलाई फेला परेका थिए। उनलाई मंगलबार बिहान ११ः३० बजेतिर बेलबारी नगरपालिकाका स्वास्थ्यकर्मी, नगरप्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो। उद्धार गरेर सुरुमा उपचारका लागि बेलबारी नगर अस्पतालमा लगिएको थियो। त्यसपछि सुन्दरहरैँचा नगर अस्पतालमा भर्ना गरियो। थप उपचारका लागि बुधबार विराटनगरको कोशी अस्पताल ल्याइएको छ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की वृद्ध जामुनलाल कसरी एकान्त जंगलमा पुगेका हुन् भनेर अनुसन्धान भइरहेको बताउँछन्। उनका अनुसार थरथर काँपिरहेका र राम्ररी बोल्न नसक्ने वृद्ध सबै कुरा बताउन सक्दैनन्। नेपाली पनि राम्ररी बोल्दैनन्। वास्तविकता पत्ता लगाउन इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ। यद्यपि, कसले, कहाँबाट, कसरी वन क्षेत्रको बीच भागमा ल्याएर वृद्धलाई छाडेको हो भन्ने खुल्न बाँकी छ।

‘जंगलको बीचमा वृद्ध एक्लै फेला परेको भनेर वनका पदाधिकारीले प्रहरीलाई खबर गरेका थिए। वृद्ध आफ्नो नामसमेत भन्न सक्ने अवस्थामा थिएनन्,’ एसपी कार्की भन्छन्, ‘सबै पक्षसँग समन्वय गरेर जंगलबाट उद्धार गरी उपचारका लागि लगियो। स्वास्थ्य अवस्था ठीक भएर राम्ररी बोल्नसक्ने भएपछि धेरै कुरा खुल्छ भन्ने अपेक्षा छ।’

उनका अनुसार वृद्धले भनेको आफ्नो वतनका वडाध्यक्ष र गाउँटोलमा प्रहरी गएर फोटो देखाउँदै सोधीखोजी गरे पनि कसैले चिनेनन्। जनप्रतिनिधिलगायतसँग समन्वय गरेर थप खोजी गर्ने क्रममा सुन्दरहरैँचा–१ डाँगी टोलमा घर रहेको प्रहरीले पत्ता लगायो।

एसपी कार्की सुरुमा वास्तविक वतन र परिवारको अवस्था पत्ता लगाउनै समस्या भएको बताउँछन्। उनका अनुसार घटनाको प्रकृति हेर्दा कोही न कोहीले जंगलमा लगेर छाडिएको आशंका छ। वृद्धलाई छोरा–बुहारीले मोटरसाइकलमा ल्याएर ४ दिनअघि जंगलमा छाडिदिएको हल्लासमेत चल्यो। तर, यथार्थमा त्यस्तो नपाइएको प्रहरीले जनाएको छ।

‘कसैले जंगलमा छाडिएको हुनसक्ने अनुमान छ। तर, छोरा–बुहारीले चैं हैन,’ प्रहरी स्रोतले भन्यो, ‘वृद्ध केही समयदेखि घर छाडेर हिँडेका रहेछन्। बाहिरै बस्ने र उतै खाने गरेको खुल्यो।’ प्रहरीका अनुसार वृद्ध जामुनलालकी पत्नीको यसअघि नै मृत्यु भइसकेको छ। उनका दुई छोरा छन्।

जेठा छोरा जल्वा ऋषिदेव परिवारसहित घरमै र कान्छो छोरा दिनेश ऋषिदेव परिवारसहित भारतको हरियाणास्थित कुखुरा फार्ममा काम गरेर बस्ने गरेको प्रहरीले पत्ता लगाएको छ। सुन्दरहरैँचा नगरपालिकाकी उपमेयर अकली चौधरीका अनुसार जेठा छोरा जल्वासमेत शारीरिक रूपमा अशक्त छन्। ‘राम्ररी हिँड्डुल गर्न नसक्ने उहाँले मोटरसाइकल चलाउन सक्ने कुरै भएन। लामो समयदेखि हाइड्रोसिलको बिरामी हुनुहुँदो रहेछ,’ चौधरी भन्छिन्, ‘तर, वृद्धलाई छोरा–बुहारीले जंगलमा छाडिदिए भनेर हल्ला चलाइयो। त्यो गलत रहेछ।’

उनका अनुसार वृद्ध जामुनलालका जेठा छोरा जल्वाको नै उपचार गराउनुपर्ने अवस्था छ। ऋषिदेव परिवार आर्थिक रूपमा अति विपन्न रहेकाले उपचारमा नगरपालिकाले सहयोग गर्ने उपमेयर चौधरीले बताइन्। उपचारका लागि प्रदेश र संघीय सरकारसँग पनि समन्वय गरिने उनको भनाइ छ। ‘वृद्ध कसरी त्यहाँ पुग्नुभयो भन्ने थाहा भएन। घरमा लामो समयदेखि नबस्ने गरेको पाइयो,’ उनले भनिन्, ‘घर छाडेको धेरै भएको रहेछ। छोराले पनि हामीसँग १/१ वर्षमा मात्रै बुवाको भेट हुन्थ्यो भनेर भन्नु भएको छ।’

उनका अनुसार वृद्धले शुद्ध नेपाली बोल्न जान्दैनन्। ‘तंग्रिएर राम्ररी होसमा आइसकेपछि सबै कुरा खुल्छ होला। प्रहरीले अनुसन्धान गरिरहेको छ,’ चौधरी भन्छिन्। घर छाडेर बाहिर बस्न थालेको १५ वर्षभन्दा धेरै भयो भनेर परिवारका सदस्यले भनेका छन्। बाहुनी, होक्लाबारीलगायतका ठाउँमा विभिन्न व्यक्तिका घरमा काममा सहयोग गर्ने र त्यहीँ खानेबस्ने गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार छोराले सोधीखोजी गर्दा बाटो भुलेर म त्यहाँ पुगेँ भनेर वृद्धले भनेका छन्।

साझेदारी वनका अध्यक्ष दिनेश गिरीका अनुसार वन क्षेत्रको निगरानी र गस्तीका लागि गएकाहरूले वृद्धलाई फेला पारेका हुन्। ‘जोकोही मानिस पुग्नै नसक्ने ठाउँमा जंगलको बीचमा लगेर छाडिएको रहेछ,’ उनले भने, ‘वनको गस्ती टोलीले फेला पारेको हो।’ वृद्ध फेला परेका वन क्षेत्रमा जंगली हात्तीको ‘मुभमेन्ट’ धेरै हुने गिरीले बताए।

‘जंगलमै लगेर छाडिएको चैं पक्का हो। बुढ्यौली अवस्थामा एक्लै हिँडेर जोकोही त्यहाँ पुग्न सक्दैनन्,’ उनले भने, ‘सुरुमा त छोरा–बुहारीले छाडिदिएको भनेजस्तो लागेको थियो। तर, वास्तविक कुरा हामीलाई थाहा भएन।’

बोरामा दुईतिर घोचा हालेर बनाइएको अस्थायी स्ट्रेचरमा बोकेर वृद्धलाई गाडी चल्ने ठाउँसम्म लगिएको र त्यहाँबाट अस्पताल पुर्‍याइएको जानकारी उनले दिए।

वृद्ध फेला परेको वन अनकन्टार र डरमर्दो रहेको गिरी बताउँछन्। ‘एकान्त जंगलमा जोकोही एक्लै पुग्नसक्ने अवस्था छैन। एकदमै डरमर्दो ठाउँ छ। त्यसमाथि हात्तीको चहलपहल धेरै हुन्छ। वृद्ध फेला परेको स्थान सवारीसाधन कुद्ने सडकबाट करिब डेढ किलोमिटरभित्र पर्छ,’ उनले भने।

(sabhar: annapurna post)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक