Banner
इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी निरीक्षक डम्बर विश्वकर्मा झापाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

Banner
लस एन्जलसबाट सुरु भएको प्रदर्शन अमेरिकाका अन्य राज्यमा फैलिँदै

गत सातादेखि अमेरिकाको लस एन्जलस केन्द्रित आन्दोलन अन्य राज्यमा पनि फैलिँदै गएको छ । कतिपय अमेरिकी मिडियाले पछिल्ला घटनाक्रमले अमेरिकामा आपतकालीन अवस्था निम्तिएको विश्लेषण गर्न थालेका छन् ।
आप्रवासन नीतिविरुद्ध आन्दोलन चर्किँदै गएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अघि बढाइरहेको आप्रवासन नीतिविरुद्ध ६ दिनदेखि क्यालिफोर्निया राज्यको लस एन्जलसमा आक्रमक प्रदर्शन भइरहेको छ । जुन पछिल्ला दिनमा अन्य ठूला राज्यका मुख्य सहरमा पनि चर्किन थालेको छ ।
क्यालिफोर्नियाको लस एन्जलसका अलवा सान फ्रान्सिस्को, डेन्भर, डल्लास, अस्टिन, बोस्टन, फिलाडेल्फिया, एटलान्टा जस्ता सहरमा पनि प्रदर्शन सुरु भएको छ । प्रदर्शन चर्किंदै जाँदा लस एन्जलस र वाशिङ्टनका नगर प्रशासनले बुधबार राति कर्फ्यु लगाएका थिए । प्रदर्शनकारीले राष्ट्रपति ट्रम्पको आप्रवासन नीति र यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) विरुद्ध नाराबाजी गरिरहेका छन् ।
ट्रम्प प्रशासनले आप्रवासन नीति कार्यान्वयनको चरणमा आइसले लस एन्जलसमा बसोबास गरिरहेका कागजातविहीन आप्रवासीलाई बासस्थानमै गएर छापा मार्न थालेपछि विशेषगरी दक्षिण अमेरिकी मुलुकका आप्रवासीले आन्दोलनको सुरुवात गरेका हुन् । आन्दोलन चर्किंदै गएपछि ट्रम्प प्रशासनको निर्देशनमा २ हजार नेसनल गार्ड र सात सय सेनासमेत परिचालन गरिएको थियो ।
Banner
भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ ।
इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानी शहरमा अवस्थित विमानस्थल नजिकै एउटा विमान दुर्घटनाग्रस्त भएको हो ।
बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ ।
Banner
संसद्को अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार, यसअघि नै प्रस्ताव भएको २ बुँदे सहमतिमा टेकेर अगाडि बढ्ने प्रयास भइराखेको छ ।
उनका अनुसार, अख्तियारको छानबिनलाई सरकारले पूर्ण सहयोग गर्ने र अध्यागमनमा भइरहेका कमजोरी सच्याउन आवश्यक पहल गर्ने विषयलाई दुई बुँदामा समेटेर सहमतिको प्रयास भइराखेको हो ।
कांग्रेस र माओवादीका बीचमा दुई बुँदामा सहमति गर्नेगरी यसअघि नै मस्यौदा प्रस्तुत भएको थियो । पहिलो बुँदामा अख्तियारले अनुसन्धान सकिनेबेलासम्म सरकार र संसदले सहयोग गर्ने उल्लेख छ ।
अख्तियारले जानकारी अनुसन्धान सकाएपछि सरकारले २०६४ साल यता भिजिट भिसामा विदेश जानेसक्ने अपारदर्शी रुपमा आर्थिक लेनदेन भए/नभएको अध्ययन गर्न आवश्यक निकाय वा संयन्त्र बनाउने भनेर दोस्रो बुँदामा राख्ने गरी मस्यौदा तयार भएको छ ।
यस्तो मस्यौदामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने तयार भएको छैन ।
सुरुमा मौन रहेको एमाले पछिल्लो समय प्रस्तावित दुई बुँदे सहमतिको मस्यौदाअनुसार अगाडि बढ्न सकिने निष्कर्षमा पुगेको हो । यही विषय एमालेका सांसद भट्टराईले पत्रकारहरूसँग राखेका हुन् ।
रास्वपाले भने छुट्टै ५ बुँदे प्रस्ताव ल्याएको छ । जसमा भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने प्रस्ताव छ । यसलाई सत्तापक्षले स्वीकार गरेको छैन ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login