Connect with us
Advertisement

करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।

Published

on

करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एनपीएल आजदेखि : दिउँसो २ बजे शुभारम्भ, पहिलो खेल ४ बजे

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरू हुँदैछ । प्रतियोगिताको शुभारम्भ दिउँसो २ बजे हुनेछ भने पहिलो खेल ४ बजे हुनेछ ।

यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाजबीच  प्रतिस्पर्धा हुनेछ । एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् । हरेक टोलीमा विदेशीसहितका खेलाडी समावेश छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् । लिग चरणको अन्तिम खेल मङ्सिर २१ गते हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएको छ ।

प्रतियोगिताको विजेता टोलीलाई पुरस्कारस्वरूप एक करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले ५१ लाख रुपैयाँ, तेस्रो स्थान हासिल गर्नेले २५ लाख रुपैयाँ तथा चौथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् । यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने क्यानले जनाएको छ ।

Continue Reading

Banner

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल आजदेखि

Published

on

बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि शुरू हुँदैछ । उद्घाटन खेल आज दिउँसो ४ बजे अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच त्रिवि क्रिकेट रंगशालामा हुनेछ । यसपटक एनपीएल फ्ल्डलाइटमा पनि हुनेछ ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् । हरेक टोलीमा विदेशीसहितका खेलाडी समावेश छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् । लिग चरणको अन्तिम खेल मङ्सिर २१ गते हुनेछ । अंक तालिकामा पहिलो र दोस्रो हुने टोलीले पहिलो क्वालिफायरमा मङ्सिर २३ गते मंगलवार खेल्नेछन् । यो खेल जित्ने टोली सीधै फाइनलमा पुग्नेछ । तेस्रो र चौथो स्थानका टोलीबीचको इलिमिनेटर खेल मङ्सिर २४ गते बुधवार हुनेछ । यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोलीको यात्रा समाप्त हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरको विजेता टोलीबीच दोस्रो क्वालिफायर मङ्सिर २५ गते बिहीवार हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ । फाइनल खेल मङ्सिर २७ गते शनिवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी, उपविजेताले ५१ लाख रुपैयाँ, तेस्रो हुनेले २५ लाख रुपैयाँ तथा चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ पाउनेछ । जुन अघिल्लो सिजनकै पुरस्कार रकम बराबर हो ।

यसैबीच क्यानले एनपीएलको दोस्रो संस्करणबाट ३५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने अनुमान गरेको छ । प्रायोजकबाट १५ करोड ३० लाख, सहभागी टोलीहरूबाट ९ करोड, ओटीटीबाट ५ करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने क्यानको अनुमान छ । खेलको साधारण टिकट पाँच सय र प्रिमियम अर्थात् भीआईपी टिकट १५ सय रुपैयाँ तोकिएको छ ।

अन्य समूह चरणमा साधारणतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ रहनेछ भने प्लेअफ तथा फाइनलका लागि साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार रुपैयाँ तिर्नुपर्ने क्यानले जनाएको छ । साथै सिजनभरको पास १५ हजार रुपैयाँमा किन्न सकिनेछ । एनपीएल नेपालभित्र कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ भने विदेशमा स्टार स्पोट्र्सबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलले खेल क्षेत्रसँगै अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Continue Reading

Banner

एनपीएल ‘कान्तिपुर म्याक्स एचडी’ बाट प्रत्यक्ष प्रसारण हुने

Published

on

दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) नेपालभित्र ‘कान्तिपुर म्याक्स एचडी’ बाट प्रत्यक्ष प्रसारण हुने भएकाे छ ।

भाेलिदेखि शुरू हुने एनपीएलका खेलहरू नेपालका दर्शकका लागि ‘कान्तिपुर म्याक्स’ बाट प्रत्यक्ष प्रसारण हुने भएकाे हाे । विदेशमा भने ‘स्टार स्पाेर्ट्स’ बाट एनपीएलकाे प्रत्यक्ष प्रसारण हुनेछ । यस्तै एनपीएलकाे ओटीटी प्रसारण अधिकार ‘डिशहाेम गाे’ ले पाएकाे छ ।

एनपीएलकाे उद्घाटन खेलमा भाेलि दिउँसाे ४ बजे कीर्तिपुरकाे त्रिवि क्रिकेट रङ्गशालामा अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्नेछन् । यस पटक एनपीएल फ्ल्डलाइटमा पनि हुनेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल मङ्सिर २७ गते शनिवार हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक